निर्णय नं. ३३५ - बाली दिलाई चलन चलाई पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३५ - बाली दिलाई चलन चलाई पाउँ भन्ने भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०६/२५ २२३२ निर्णय नं. ३३५ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री कालीप्रसाद उपाध्याय सम्वत् ०२२ सालको देवानी फुल नम्बर १५३ निवेदक : रम्भा रञ्जीतकार विरुद्ध विपक्षी : निरकुमारी मानन्धरनी मुद्दा : बाली दिलाई चलन चलाई पाउँ भन्ने (१) कुनै पक्षलाई दायित्व गराउन कुनै सबुद अर्को पक्षबाट पेश भएमा त्यो काममा सरिक भएका अरू मानिसलाई पेट बोलीका मानिस भन्न पर्ने र अ.ब.१३९ नं.बमोजिम हुनु बुझ्न पर्ने । प्रतिवादीलाई दायित्व गराउने कुनै सबुद वादी तर्फबाट पेश भएकोमा लेखबाट त्यो काममा सरिक भएका अरू मानिसलाई पेट बोलीको मानिस भनी बुझ्नलाई अ.बं.१३९ नं.को प्रयोग हुन्छ । (प्रकरण नं. ११) (२) कस्तो ब्यहोरा पुग्न नसक्ने ? मोही लागेको छ भनी थाहा हुँदाहुँदै पनि मोही खोजी पत्ता लगाउने दावी गरी जग्गा कमाउने मोहीहरूसँग बाली भराई पाउँ भन्ने दावी नगरी प्रतिवादीले वादीलाई लिखत गरी दिई सकेपछिका सालको बालीमा मुद्दा परी पाउने ठहर भएको छ भन्ने जस्तो भान पारी प्रतिवादी निरकुमारी उपर वादीले दावी गरेको ब्यहोरा पुग्न आएको देखिंदैन । (प्रकरण नं. ११) (३) भोगबन्धकीको लिखतमा साहुले भोग नगरी छाडेमा बालीको हक नरहने । कपाली गराउनै खोजेको भएमा पनि लिखतवालाले मोही लगी कबुलियत गराउन नमिल्ने । बाली बुझाउँला भन्ने कबुलियत नभएमा र बाली खाएको सबुदसमेत नभएमा बाली खाएको भन्न नमिल्ने । लिखत दुरुस्त भए पनि भोगबन्धकीमा साहुले भोग नगरी छोडेमा मोहीको दरकार रहँदैन । बाली पाउने हक पनि रहँदैन । यदी वादीले कपाली सरह गराउन खोजेको रहेछ भने लिखतवाला दिव्यमान सिंले मोही लगी कबुलियत गराउन पनि सक्दैन । बन्धकीमा धनीले चलन गर्न चाहेमा मात्र मोहीलाई खोज्छ । नखोजेसम्म चलन गरेकै हुँदैन । बाली बुझाउँला भन्ने कबुलियत पनि नभएको निजले बाली खाएको छ भन्ने सबुद पनि नभएको कारणले समेत निरकुमारी उपर बालीमा दावी लाग्न सक्दैन । (प्रकरण नं. १३) फैसला १. अन्यायवालाको मात्र हक लाग्ने निजका नाउँमा लुभुनु ३१९ नं.का पोतामा दर्ता भएको देहाएबमोजिमका ४ किल्ला भित्रको बिर्ता खेत रोपनी ३४।।३ मबाट रु.३६०५ कर्जा लिई भोग बन्धीको तमसुक गरी ०१०।२।१९।२ मा दिएको र निजका लोग्ने दिव्यमानले मोहीको कबुलियत गराई दिउँला भनी ०१०।२।१९।२ मा मञ्जुरी कागजसमेत गरी दिएको । सो भाग बन्धकी तमसुक पास गरी नदिँदा उजुर परि सर्वोच्च अदालत लगायतबाट फैसला भई १४।९।१०।३ मा रजिष्ट्रेशन पास भएकोले सो जग्गा चलन चलाई दिनु पर्ने नछाडी मोहीसँग मुद्दा गरी रा.का.दे.पै.का.१४।१२।५।३ का फैसलाबाट बाली उठाई खाएको ठहरेको हुनाले नालेस दिन आएको छु । लिखत भएको मिति १०।२।१९ देखिकै पाउँने, पाउँदैन भने ऐनबमोजिम १२ साल देखि १४ सालसम्म वर्ष ३ को वर्ष १ को धान मुरी ३४।८।४ ले ३ वर्षको धान मुरी खेत १३९५।४ मुरी १ को रु.३० ले जम्मा बिगो मोहरू४१७८।२५ भराई थैली नबुझाएसम्म निजबाट चलन छुटयाई निजले गराई राखेको मोहीयानी कबुलियत मलाई दिलाई पाउँ भन्ने समेत ०१५।६।६।१ को रम्भा रञ्जीतकारको फिरादपत्र । २. वादीले म आफैले जग्गा चलन गरेको भन्न नसके पछि काहाँ बस्ने कसले कती कुतमा जग्गा कमाएकोछ ? लिखतमै त्यसको फाँट खुलाई लेखी मोहीको कबुलियत समेतको पुबा लिनु वा मेरो मात्र हक लाग्ने जग्गा भने पछि मोहिको कबुलियत गराई दिउँला भन्ने मेरो कबुलियत गराउन पर्ने अथवा सालको यति