निर्णय नं. ३३७ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३७ - अंश भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०६/२५ २१६१ निर्णय नं.३३७ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्रि क्षत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२० सालको पहिलो रिभिजन दे.फु.नं.२५२ निवेदक : धनाई गन्गाई समेत विरुद्ध विपक्षी : मंगलु महत्त्व गन्गाई मुद्दा : अंश (१) जग्गाको दर्ता भोग गरेको भन्ने कुरा प्रतिवादी जिकिरबमोजिम नै समर्थित भएमा र वादीले बण्डा पाउने सबुद केही गुजार्न नसकेमा अंशको दावी पुग्न नसक्ने । नौचा १ आदावारी १ सोहल १ समेत मौजा ३ को ७० सालको मेठबन्दीमा पनि निज ठकनुको नाउँ देखिएको र अरुका नाउँबाट सरेर आएको पनि श्रेस्ताबाट नदेखिएको र जि.प.ले दाखेल गरेको ९८ सालको बिलेबन्दीमा पनि निज ठकनुकै नाउँ भएको भन्ने समेत मो.बि.मालले १४।८।१७ मा जवाफ दिएको देखिएको समेतबाट पहिले दुगु त्यसपछि कुढानु र त्यसपछि ठकनुका नाउँमा दर्ता सरेको भन्ने वादीको भनाइ समर्थित नभई ६५।६६ सालमा आई जग्गा आवाद गरी ७० सालमा ठकनुका नाउँमा जग्गा दर्ता भई भोग गरेको भन्ने प्रतिवादीहरूको जिकीर समर्थित हुन आएको छ । (प्रकरण नं. १२) (२) ठकनुले दर्ता गरेको जग्गाको निज वादीले बण्डा पाउन सक्ने सबुद कुनै पनि गुजार्न नसकेको र ७० साल अघि दुगुका नाउँमा दर्ता रहेको प्रमाण केही भए सो समेत लिई छलफलमा उपस्थित हुनु भनी निज वादीलाई ०२३।३।२४।६ का आदेशानुसार सुनाई दिएको र ०२३।६।२८।६ का आदेसानुसार समय दिएकोमा समेत त्यस्तो केही सबुद वादीले ल्याउन नसकेकोले अंश पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन । (प्रकरण नं. १३) निवेदक तर्फवाट : एडभोकेट श्री कृष्णप्रसाद घिमिरे प्रतिवादी तर्फबाट : सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट श्री कृष्णप्रसाद पन्त फैसला १. बुढाबाजे दुर्गाको छोरा जेठा कुधानु माहिला लक्ष्मण कान्छा छगौरी र कुढानुको छोरा जेठा अन्यायीका केकुं धनाई मनाईका बाबु ठकनु माहिला ठकनु कान्छा लेदबु औ लक्ष्मणको छोरा ढीलाई छगौरीको छोरा मेरो बाबु लुहाई हुन । सगोलैमा बसी बुढा बाजे दुगुका आर्जनको निज मर्दा जेठाबाजे कुढानुका नाउँमा दर्ता सरेको मौजे कटहरी मौजाको अं. १७ विगहा जग्गा र हाँडा भाडासमेत सगोलैबाट भोगी आएको । बाजेहरू मरी जेठाबाजे कुढानुका नाउँमा दर्ता भएको जग्गा निजको छोरा ठकनुका नाउँमा दर्ता सरेको थियो । ठकनु लेदबु ढिलाई र मेरो बाबु लुहाई समेत मरेपछि करिब १० वर्ष जती भयो म ससुरालीमा गई बसी अन्यायवालाहरू सँग मानुसम्म छुट्टिएको । सम्पति सगोलैमा राखी आयस्ता फाँट लागी १२ सालतक खाई आएको । १३ साल देखि मेरो आयस्ता फाँट नदिई रोकेका र फाँट पाउँदैन भनी नदिएको, अंश पनि नदिएकोले अन्यायवालाहरूबाट फाँट लिई माहिला बाजे लक्ष्मणको अपुताली परेको । जेठा कुढानुका सन्तान अन्यायीहरू र कान्छाको सन्तान म भएकोले २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत वादी । २. मैले अंश दिनु पर्ने होइन । केकुं धनाई मनाईले ३ भागको १ भाग अंश दिनु पर्ने हो भन्ने ठकनुको प्रतिवादी । ३. जीजुबाजे दुगुका शेषपछि सयकडौं वर्ष अघि नै भिन्न भईसकेको हुँदा वादीलाई अंश दिनु पर्ने होइन । बाबा ठकनु काका लेदाई ठकनुहरू ६५।६६ सालमा मझारेमा आई केही जग्गा अबाद गरी ७० साल देखि आफ्ना नाउँमा कटहरी मौजे मौजामा केही जग्गा र कटहरी मौजे सोहलमा केही जग्गा औ आदाबारीमा केही जग्गा दर्ता गराई भोगी आउनु भएको । बाबा ठकनु ११ सालमा परलोक भए पछि हामीहरूले जग्गा भोगी आएको छौ भन्ने समेत केकं धनाई मना