निर्णय नं. ३३८ - डाका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८ - डाका भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०७/२३ २१९३ निर्णय नं. ३३८ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मिनबहादुर थापा न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री कालीप्रसाद सम्वत् २०२३ सालको फौ.फु.नं. १८ निवेदक : तौलिहवा जेलमा थुनिएको कैलास पासी विरुद्ध विपक्षी : रागाही थारु मुद्दा : डाका (१) एकै मुद्दामा बिभिन्न पक्ष भएमा आफ्नो–आफ्नो सफाईको पृथक–पृथक सबुद पेश भएका भए, गरेका भए सबुदको तुलनामा कसैलाई सफाई र कसैलाई गढाउ हुन सक्ने भएपछि परेको अपील उपर निर्णय गर्दा सफाई हुन सक्ने नै । सो को आधारबाटै रुलिङमा बाझिएको भन्न नमिल्ने । अभियुक्तलाई गढाउ हुने गरी दुबैलाई समान स्तरको पोल भए पनि अभियुक्तहरूले आफ्नो सफाइको सबूद पृथक–पृथक पेश गरेका छन, अभियुक्तहरूको हकमा निर्णय हुँदा निज विरुद्धको र निजतर्फको सबूदको तुलना भई कोहीलाई सफाई र कोहीलाई गढाउ हुन सक्ने हुन्छ । प्रस्तुत मुद्दामा पहिले सुलतानको अपील सुनी निजलाई गढाउ गर्ने ठहर भएको कैलासको इन्साफ भएको नदेखिएको । माथि लेखिएबमोजिम बिभिन्न सबुद प्रमाणका आधारमा बिभिन्न अभियुक्तहरूलाई बिभिन्न ठहर हुन सक्ने हुँदा पछि पेश भएको कैलासको अपील उपर निर्णय गर्दा सफाई हुनसक्ने नै भएकोले यस मुद्दामा रुलिङ्ग बाझिएको नदेखिएको । (प्रकरण नं. १६) अपीलाट तर्फबाट : प्लीडर श्री ठाकुरप्रसाद खरेल, वैतनीक वकिल श्री मिनमर्दन फैसला १. १७।७।१३।७ का राती ११।१२ बजेका टायममा बन्दुकको आवाज सुनेबाट डाका नै आएका हुन भन्ने लागेको र ठुलो मद्दत नहुनाले डाकासँग भिड्न सकिंन । मेरो घरबाट पूर्व गल्ली भई भाग्दा बदमासहरूको संख्या १०।१२ जना जतिको थियो । घरमा गई केटाकेटीहरूलाई सोध्दा डाकाहरूलाई चिनेनौं भने । जाहेर नगर्दा वारदात बढ्ने संभावना भई धनमालको बिगो तपसीलमा खुलाई दर्खास्त दिन आएको छु । ठहरेको डाकुबाट बिगो भा.रु.११४ भराई पाउँ भन्ने समेत तम्पे बड्ही छाप मौजे सिउपुर तीन घरमा बस्ने रोगाही थारुको १७।८।९।५ को दर्खास्त । २. ०१७।७।१३ गते राती डाकुहरू आई बन्दुको फायर गरी डकैती गरी पूर्व किनारातर्फ भाग्दा आगोको उज्यालोबाट सुतलान गछी १ ले हातमा बन्दुक लिई हिंडेको, कैलास पासीको रातमा लाठी लिएको चिनेका र अरु १०।१२ जना नचिनेका थिए भन्ने समेत ढेडे थारुसमेत जना १० को एकै व्यहोरा । वारदातमा आउन सकेनौं पछि बुझ्दा सुल्तान गछि कैलास पासीले डाका गरेको शंका लाग्छ भन्ने समेत तपेसोर थारु समेत जना १२ को भनाइ समेत भएको ०१७।८।२४।६ को मुचुल्का । ३. गेलहे मुसलमानले मलाई बोलाई मैले सुल्तान गछि समेतका साथिलाई खबर दिई बोलाएको हुँ । रात अन्दाजी १० बजेको टायम पचमाई मौजामा १८।१९ जना बसीरहेको देखी गेल्हे मुसलमान १ नद्यागोडीया १ सुल्तान गछि मुसलमान १ अधारे अहिर १ समेत चिनेको र अरु नचिनेको १४ जना समेत देखि अधारे अहिरले भरुवा बन्दुक लिएको र अरुले लाठी, दण्डा, लाईट समेत लिएको थियो । तिनघरेबामा डाका मार्नुपर्छ भनी गेल्हे मुसलमानले भनेकोले सबैले मञ्जुरी गरी नाउँ नजानेको थारुको घरमा पसी धनमाल डाका गरी गेल्हे मुसलमानको घरमा जम्मा गरी ४।५ दिन जाँदा तेरो भाग भनी भा.रु.१० हिस्सा दिएको थियो । ऐन सवालबमोजिम होस भन्ने समेत कैलास पासीले १७।८।२८।३ मा पुलिसमा गरेको कागज । ४. १७।७।१२ गतेको दिन गेल्हे मुसलमानले खबर दिई मलाई बोलाएमा गई भोली डाका गर्नुपर्छ भनी गेल्हेले भन्दा मैले मञ्जुरी गरी नन्दा गोडीयालाई