निर्णय नं. ३३९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०९/१२ २२६९ निर्णय नं. ३३९ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वासुदेव शर्मा २०२२ सालको रीट नं.४४ निवेदक : गंगा लक्ष्मी मल्लनी विरुद्ध विपक्षी : रूपन्देही जिल्ला उखडा ट्राईव्यूनल (भैरहवा) मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) उखडासम्बन्धी ऐन, २०२१ को दफा ७–ट्राईब्युनल गठनबारे ऐनको दफा ५ (४) र दफा ९ बमोजिमको मुद्दा मात्र कारवाही गरी अन्तिम किनारा लगाउने भन्ने ट्राईब्युनलले नेपाल विशेष अदालत ऐन, २०१३ को कार्यविधी अपनाउनु पर्ने, नेपाल विशेष अदालत ऐन, २०१३ को ८ (२) मा ट्राईव्युनलको आदेशका फैसला उपर सर्वोच्च अदालतमा अपील लाग्ने भन्ने हुँदा नेपाल विशेष अदालत ऐन, २०१३ को अधिकार प्रयोग गर्ने ट्राईव्युनलले किनारा गरे उपर अपील नलाग्ने भन्न नमिल्ने हुँदा उखडा ट्राईव्युनलको आदेश फैसलामा अपील लाग्ने । उखडासम्बन्धी ऐन, २०२१ को दफा ७ मा ट्राईव्युनलको गठन बारे व्यवस्था भएको । उक्त व्यवस्थाअनुसार दफा ५ को उपदफा (४) र दफा ९ बमोजिम मुद्दा मामिला मात्र ट्राईब्युनलले कारवाही गरी अन्तिम किनारा लगाउन पाउने उल्लेख भएको पाइन्छ । त्यस्तो गठित ट्राईव्युनलले कार्यविधि अपनाउँदा नेपाल विशेष अदालत ऐन, २०१३ को कार्यविधि अपनाउने सबै अधिकार उक्त ऐनको दफा ८ को उपदफा (१) ले किटान गरेको देखियो । उक्त दफा ८ को उपदफा (२) मा ट्राईब्युनलले गरेको केही आदेश वा फैसला उपर स.अ.मा अपील लाग्ने व्यवस्था भएको देखियो । तर ऐ ऐनको दफा ९ बमोजिम गरी आएको मुद्दामा अपील नलाग्ने भनी किटानी व्यवस्था कतै भएको देखिन्न । यस्तो स्थितिमा नेपाल विशेष अदालत ऐन, २०१३ को अधिकार प्रयोग गर्न ट्राईव्युनलले किनारा गरे उपर अपील नलाग्ने भन्न मिलेन । उखडा ऐन, २०२१ को दफा ७ मा उल्लेख भएको अन्तिम किनारा भन्ने वाक्यांशले अपील नलाग्ने होकि भन्ने केही शंका गुज्रन आउँछ । तर अपील नपरेसम्म जुनसुकै तहको अदालतले गरेको फैसला वा आदेश अन्तिम हुने नै भएको भन्ने न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १० बाट देखिएकोले उक्त वाक्यांशबाट ऐनमा प्रष्ट व्यवस्था नभएसम्म अपील नलाग्ने भनी भन्न मिलेन। (प्रकरण नं. १२) निवेदक तर्फबाट : ए. मधुप्रसाद विपक्षी तर्फबाट : सि.ग.ए.रमानन्दप्रसाद सिंह आदेश १. उखडासम्बन्धी ऐन आदेश, २०२१ को दफा ९ ले उखडा जग्गाको हक बेहक मुद्दा यो ऐन प्रारम्भ भए पछि दफा ७ अनुसार गठित ट्राईब्यूनलमा सरी कारवाही हुनेछ भन्ने छ । २. उक्त जग्गामा यै हालको उजुरवाला थगनीका लोग्ने मोनल ईनलका बाबु विदेशीले पोत नबुझाई बाँकी राखेमा मेरो परासी ई.अ.र नालिस परेकोमा ई.अ.बाट र जि.अ.तौलिहवाबाट जिती पाएबमोजिम जग्गा चलन समेत पाएको छु । ३. सो विदेशीसँगको पोत मुद्दामा हामी गंगालक्ष्मी किस्मतबहादुरको जग्गाबाट निष्काशित गरी पाउँ । घर बनाउन नपाओस् भन्ने म किस्मतबहादुरको र ईन्साफ दोहोर्‍याई पाउँ भन्ने विदेशीको समेत निवेदन परी हदमुनीको हुँदा ईन्साफ जाँच हुने श्री प्र.न्यायाधीशका आदेशबमोजिम स.अ.मा मुद्दा दायरै छ र विष्णुकुमारी विदेशीका मुद्दामा विदेशीको अपील परेबाट मुद्दा ऐ.मा दायरै छ । ४. मालामा रु.२३२ । ७५ विदेशीले धरौटी राखी चलको मुद्दा ०२०।५।२३ मा आय र कर अदालतबाट फैसला भएको हाल सर्वोच्च अदालतका आदेशबमोजिम आय र कर अदालतमा छ । ५. उक्त लेखिए मुताविक मुद्दा चल्दै आएको अन्तिम निर्णय हुन बाँकी नै भएको कुरामा लोग्ने बा