निर्णय नं. १४६९-१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४६९-१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३८/०५/१६ २२९८ निर्णय नं. १४६९ क ने.का.प. २०३८ अङ्क ५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको रि.फु.नं. ५२ आदेश भएको मिति : ०३८।५।१६।३ मा निवेदक : बर्दीया जिल्ला नेउलापुर गा.पं.वार्ड नं. १ बस्ने कौशलेश्वरी देवी उपाध्यय विरुद्ध विपक्षी : जिल्ला कार्यालय बर्दीयाका प्रमुख जिल्ला अधिकारी श्री माधवदास श्रेष्ठसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कानूनी व्यवस्था अनुसार भूमिप्रशासन कार्यालयमा थैली धरौट राखी हक निखन्न पाउँ भनी दरखास्त दिने निवेदिकाले हक निखनी लिन पाउने ठहराएको भू.प्र.का.बर्दीयाको निर्णयलाई बदर गरी घरसारमा रुपैयाँ“ बुझाई लिनेको रजिष्ट्रेशनको ४४ नं. को अधिनमा रही रजिष्ट्रेशनको ३७ नं. बमोजिम अड्डामा रहेकाको श्रेष्ता सच्याई लिन पाउने ठहर्छ भन्ने गरेको विपक्षी जिल्ला कार्यालय बर्दीयाका प्रमुख जिल्ला अधिकारीको निर्णय कानूनी त्रुटिपूर्ण निर्णय देखिन आएकोले उत्प्रेषणको आदेश जारी भई सो निर्णय बदर हुने । (प्रकरण नं. १३) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लिखित मुद्दा : आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहोर्याई पाउँ भनी निवेदकले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहोर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य र निवेदन जिकिर यस प्रकार छ : भतिजा नरेश उपाध्यायले नरेन्द्रराजलाई रू.२२७५०।– मा बिक्री गरी दिएको ०३१।१२।२६ मा रजिष्ट्रेशन पास भएको बर्दीया नेउलापुर गा.पं. वडा नं. १ कित्ता नं. २८ को ज.वि.९–२–० लाई मुलुकी ऐन लेनदेन व्यहोराको ११ नं. बमोजिम हकसफा गरिपाउँ भन्ने निवेदिकाको दावी भई थैली रू.२२७५०। र कोर्टफी समेत मिति ०३२।६।१७ मा बर्दीया भू.प्र.का.मा राखी दर्ता भएको रहेछ । मेरो सखेत छोरा नरेश उपाध्यायले बुझी लिएको थैली मैले घरसारमा ०३२।१।२८ मा रजिष्ट्रेशनको ३७ नं. बमोजिम बुझाई सोको दरपीठ समेत गराई लिएकोले रजिष्ट्रेशनेको ४४ नं. का म्यादभित्र कागज श्रेष्तामा जमाई माग्न आएको छु भन्ने समेत सुशीलादेवीको ०३२।८।२४ को निवेदन र नरेश उपाध्यायको एकाघर सँगको आमा सुशीलादेवीले ऐनका म्यादभित्र ०३२।१।२८ भित्र घरसारमा मलाई थैली बुझाएकोले मैले जग्गा छाडी सकेको हुँदा हकसफा हुन पाउने होइन भन्ने समेत नरेन्द्रराजको कागज बयान भएकोमा एकाघर सगोलको आमाले तमसुकमा ऋणी छोराको संरक्षकर साक्षी बसी सही गरी दिएपछि सुशीलादेवीले बकस गर्न पाउँदैन लेनदेन व्यवहारको ११ नं. बमोजिम कौशलेश्वरी देवीले हकसफा गरिपाउने ठहराई भू.प्र.का.बर्दीयाबाट फैसला गरे उपर सुशीलादेवी र नरेन्द्रराजको पुनरावेदन परेकोमा संरक्षक कर्ताले साक्षीको रूपमा सही गरी दिएपछि पुनः सो कुरामा हकदावी गर्न नपाउने कानूनीव्यवस्था भएको देखिँदैन । कानूले पनि हकदार जेठी आमा भन्दा सखेत आमालाई ऋणिको नजीक हकदार देखिएकोले सखेत आमाले नै प्राथमिकता पाउने देखिन्छ ऋणी नरेशको सखेत आमा सुशीला देवीको म्याद भित्रको दावीमा अर्को