निर्णय नं. ३४० - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४० - भ्रष्टाचार भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०६/१४ २८४० निर्णय नं. ३४० ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री लोकराज जोशी २०१४ सालको पहिलो डिभिजन फौ.फु.नं.१ निवेदक : शंकरलाल माडवारी विरुद्ध विपक्षी : सु.जनकलाल श्रेष्ठ समेत मुद्दा : भ्रष्टाचार (१) निवेदकको भनाइ अन्य तरिकाबाट समर्थित नभएमा एकपटकको महसुल नलिई दोश्रो पटकको माल नछाड्नु भन्ने सनद रहेमा कानूनबमोजिम भन्सार बुझाएको निस्सा प्रमाण देखाउन नसकेमा माल छोडाएर ल्यायो भन्ने आधारबाट नै महसुल तिरी छुट्टाएर ल्याएको भन्न नमिल्ने । महसूल बुझाएको रसिदका हकमा वि.फारामको नक्कल साथ भन्सार डयूटि फाँटमा दाखेल गरेको माल पास गराई छुटाई ल्याईसकेपछि सो रसिदको दरकार नपर्ने हुँदा सो वि.फारामको नक्कल साथै छाडी राख्ने चलन गरेको, हाल खोज्न जाँदा सो वि.फारामको नक्कल समेत सडाई सकेकोले रसिद मसँग छैन भनी निवेदकले बयान गरेकोमा अर्थ मन्त्रालय भन्सार तथा अन्तशुल्क विभागलाई बुझ्दा १९६० नोभेम्बरमा भारतसित भएको सम्झौता अघि समुन्द्रपारबाट पैठारी हुने मालको महसुल कलकत्ता कष्टममा नै लिई वि.फाराम बनाई पठाउने हुँदा महसुल बुझाएको रसिद दाखिल गर्ने प्रश्नै उठदैन भन्ने समेत जवाफ दिएकोले वि.फारामको नक्कल साथ छाडी राखेको भई सडाई सकेकोसमेत हुँदा मिसिल नभएको भन्ने निबदेकको भनाइ समर्थित हुन नआएको । उसमा पनि एकपटकको महसुल नलिई दोश्रो पटकको माल नछाड्नु भन्ने किटानी सबाल भएको भन्ने निवेदकको श्री ५ महाराजधिराज सरकारका हजुरमा चढाएको निवेदनमा उल्लेख गरेको । त्यसबाट दोश्रो पटकको माल दिनु अघि पहिलेको महसुल बाँकी रहन सक्ने सम्भावना देखिन आउने र महशुल बुझाउन आफू स्वयं गएको नभई आफ्नो मानिस पठाएको निजले उपरोक्त किसिमबाट पनि माल छुटाई ल्याउन सक्ने हुँदा कानूनको रीतबमोजिम रूपैया बुझाई छुटाई ल्याएको हो होइन ? महसुल बुझाउनको निमित्त आफूले दिएको रकमको हिसाब मिल्यो मिलेन ? भन्ने जानकारीको अलावा कुनै किसिमको पछि पक्राउ भएछ भन्ने देखाउनाका निमित्त पनि रसिदहरू निवेदकले लिई सुरक्षित तवरले राख्नु र एकैपटकको मात्र नभई कैयौं पटक बुझाईएको महसुलको रसिद मध्ये कुनै निवेदकबाट पेश हुन आउन सक्नुपर्ने रसिद बिलकुलै पेश हुन नसकेकोले समेत माल छोडाएर ल्यायो भन्ने आधारमा मात्र अनिरुद्रले महसुल अड्डामा लगी कानूनबमोजिम बुझाएको रसिद प्राप्त गरेको समेत थियो भन्न मिलेन । (प्रकरण नं. ३४) (२) प्रष्ट सबुदको अभावमा अड्डामा दाखिलै नभएको रूपैया हाकिम लगायत अन्य कर्मचारीले भ्रष्टाचार गरी खाए भन्न नमिल्ने । इन्कारी गर्न नआउने कर्मचारी र माल धनीका माल छोडाउन आउनेसम्म दुवैको सहयोगबाट भ्रष्टाचार गरेकोसम्म देखिने छ । प्रष्ट सबुदको अभावमा अड्डामा दाखेल भएको देखिन नआएको रूपैया हाकिम लगायतका अन्य कर्मचारीले भ्रष्टाचार गरी लिए खाएका हुन भन्न मिलेन । हाकिम तहरिरले दृष्टि पुर्याउन सकेको भए मौकैमा पक्राउ भई असुल उपर हुन सक्ने थियो । सो हुन नसकेबाट यस किसिमको भ«ष्टाचार सम्भव हुन गएको देखिन आउँछ । लगत फाँटको ना.मु.गणेशबहादुर र अनिरुद्रको हकमा उपरोक्त उल्लेख गरिएबमोजिम लगत नकसी महसुल असुल नगरी माल छुटाइ लगे पठाएको देखिएकोमा गणेशबहादुर इन्कार गर्न आउनै नसकेको । सो काम गर्नमा निजहरू दुबैको सहयोग बेगर काम हुनसम्म सम्भव नभएको समेतबाट निजहरूले भ«ष्टाचार गरी गराई महसुल नबुझाइ माल छुटाइ लगे पठाएको प्रष्ट देखिएको छ ।