निर्णय नं. १४७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३८/०५/१२ २८५६ निर्णय नं. १४७० ने.का.प. २०३८ अङ्क ५ फुल बेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको रि.फु.नं. ४९ आदेश भएको मिति : ०३८।५।१२।६ मा निवेदक : का.जि. का.न.पं. वडा नं. २३ झोछे बस्ने सानुमैया श्रेष्ठसमेत विरुद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत बैठक विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) घर बनाउने जग्गामा तेरो मेरो परी हक बेहक छु्याउनु पर्ने देखिन आएमा हक बेहक छुट्याई आएपछि मात्र नक्सा गर्नुपर्नेमा सो बमोजिम नगरी साझा बाटो कायम गरी नक्सा पास गरी दिने गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. १०) आदेश न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दा मिति ०३५।८।१५।५ मा स.अ.डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भन्ने सानुमैया श्रेष्ठ समेतको निवेदन परेकोमा न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : का.न.पं.वडा नं. ७ अन्तर्गत का.जि.झोछे बस्ने विपक्षी मध्ये तुल्सीमायाले घर बनाउन नक्सा पासको निमित्त का.न.पं.मा दरखास्त दिँदा बाटो साझा भनी उल्लेख गरेकोमा विपक्षी समेत कसैको साझा होइन हामीहरूको मात्र हक भोगचलनको हो भन्ने उत्तमलाल सानुमैयाको उजूरी दरखास्त परेकोमा उक्तबाटो आफ्नो एकलौटी हक प्राप्त गरी राखेको कुनै सबूत प्रमाण वादीबाट पेश हुन आइरहेको नदेखिएकोले वादीको घर मुनिको साझाबाटोलाई एकलौटी भन्ने प्रतिवादी जिकिर मनासिव देखिएन भन्दै ओभरसेरको प्रतिवेदन बमोजिम पूर्व ३–० बीचमा २–१ र पश्चिम ४–० को साझाबाटो मुनी वादीले साझा र प्रतिवादीहरूले अरू एकलौटी भनी विवाद गरेको बाटो प्रतिवादीहरूको एकलौटी हक भोगको कायम गरी अरू नक्सा बमोजिम वादीले घर बनाउन पाउने ठहर्छ भन्ने समेत विपक्षी का.न.पं.को ०३५।२।११।४ को फैसलाको प्रकरण १ बमोजिम कानून विरुद्ध अधिकार बाहिर गई अनाधिकार निर्णय गर्नुभएको कानूनी त्रुटिपूर्ण छ । नगरपञ्चायत ऐनको दफा ४९(२) बमोजिम हक बेहक छु्याउन पर्ने देखिए हक बेहक छुट्याई आए पछि नक्सा पासको कारवाई गर्ने पर्चा गरी सूचना दिनु पर्ने र ऐको दफा १७ को उपदफा १ को खण्ड (ढ) बमोजिम हक बेहकको उजरी जाँच र किनारा गर्न नपाउने प्रष्ट हुँदा त्यसको विपरीत काम भएकोले कानूनी त्रुटि हुने प्रष्ट छ नेपालको संविधानको धारा १० धारा ११ को उपधारा (२) को खण्ड (ङ) धारा १५ को संवैधानिक हकमा आघात परेको र अन्य उपचार नभएकोले संविधानको धारा ७१ अन्तर्गत आदेश जारी गरिपाउँ भन्ने निवेदकको वा गणेश मान डंगोलको निवेदन । ३. यसमा के भएको हो विपक्षीहरू बाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३५।३।२५।१ को आदेश । ४. विपक्षीहरूले जुन हकको हरण हुन गई संवैधानिक हकमा आघात पुग्न गयो भनेको छ त्यो हक नै विपक्षीहरू लाई कसरी प्राप्त भएको छ सो कुराको सबूत प्रमाण सहित रिट निवेदनमा उल्लेख हुन पथ्र्यो सो कुनै कुरा उल्लेख नगरी कानूनको तौर तरीकासम्म मिलाई रिट निवेदन दिएको र का.न.पं.ले प्रचलित नेपाल कानूनबमोजिम प्राप्त अधिकारभित्र रही कसैलाई कुनै किसिमको हानी नपुग्ने गरी तथ्य निर्णय गरे