निर्णय नं. १४७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३८/०५/२६ २३०८ निर्णय नं. १४७१ ने.का.प. २०३८ अङ्क ५ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३४ सालको रि.फु.नं. ४१ आदेश भएको मिति : ०३८।५।२६।६ मा निवेदक : जि. धनकुटा गा.पं.धनकुटा बजार वडा नं. ४ बस्ने दुर्गा पोखरेल विरुद्ध विपक्षी : श्री उपकूलपति त्रिभुवन विश्वविद्यालय किर्तिपुरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कर्तव्यमा लापरवाही के कुन कारणबाट भयो भन्ने कुराको आधार र कारणमा विद्यार्थीहरू लाई भड्काउने, दलगत राजनीतिमा लाग्ने, हड्तालमा विद्यार्थीहरूका तर्फबाट पर्चा लेखी छपाउन मद्दत गर्ने भन्ने उल्लेख भएको देखिन्छ । यसबाट उचित र पर्याप्त कारण नै उल्लेख नगरी डिनले निर्णय गरेको भन्न सकिने अवस्था रहेन । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा ०३४।७।१८ को डिभिजन बेञ्चबाट निर्णय हुँदा ०३३।११।१३ को डिभिजन बेञ्चको आदेशसँग रुलिङ नमिलेको भनी फुल बेञ्चको लगतमा दर्ता भई ०३६।८।७।६ को फुल बेञ्चमा पेश भएको सो फुल बेञ्चमा रहनुभएका सम्माननीय प्रधान न्यायाधीश सहितका ३ जना न्यायधिशको ३ तीन राय भई वृहत फुल बेञ्चमा पेश गर्नु भन्ने भएको आदेशानुसार निर्णयार्थ आज यस बेञ्च समक्ष पेश हुन आऐका रहेछ । २. रिट निवेदनमा लिनु भएको जिकिर यस प्रकार छ : मैले त्रिभुवन विश्वविद्यालय सेवामा नियुक्ति पाई योग्यतापूर्वक सेवा गर्दै आएकोमा मलाई लगाइएका दोषारोपणमा रा.वि.सेवाबाट फर्की आएको विद्यार्थिहरू लाई भड्काउने दलगत राजनीतिमा लाग्ने हड्ताल गर्न पर्चा लेख्ने मद्दत गर्ने आफ्नो कर्तव्यमा लापरवाही गरेको भन्ने समेतका अनेक तरहका आधारहिन कुराहरू उल्लेख गरी सेवाबाट हटाइएकोमा विपक्षी उपकूलपति समक्ष ३५ दिनभित्र पुनरावेदन गर्दा जुन काम निमित्त सजाय दिइएको थियो सो काम भएको होइन भन्ने कुरामा शंका गर्न पर्ने कुनै आधार प्रस्तुत गर्नु र विश्वास दिलाउन सकेको नहुनाले अख्तियारवालाले गरेको सजायमा परिवर्तन गर्नु पर्ने देखिएन भनी श्री उपकूलपतिको निर्णयको जानकारी मलाई मिति ०३३।२।२९ को पत्रद्वारा दिइएको । ३. त्रिभुवन विश्वविद्यालय सजाय र पुनरावेदन सम्बन्धी विनियमहरू, ०३२ को नियम १०–३ अन्तर्गतको अधिकार आत्मनिष्ठ र स्वेच्छाचारी हैन उचित र पर्याप्त कारण बेगर अख्तियारवालाले कुनै कर्मचारीलाई सेवाबाट हटाउन नसक्ने उक्त नियममा सजायँका विभिन्न प्रकारहरू तोकिएका छन् जो वास्तविक र मनासिव आधारमा मात्र प्रयोग हुन सक्छन् । मेरो हकमा कुनै उचित र पर्याप्त कारण प्रकट हुन सकेको छैन । ४. मेरो आचारण र नियतमा दोष देखाई सजाय गर्दा मलाई सफाइको मौका प्रदान गर्नु पर्ने उक्त विनियमको सामान्य व्यवस्था निर्विवाद छ । अधिकारको दुरूपयोग गरी अनुचित तरीकाबाट मलाई सजाय गरिएको हुनाले प्राकृतिक न्यायका सर्वमान्य सिद्धान्तहरूका अतिरिक्त न्याय र सदविवेकको प्रतिकूल निर्णय गरिएको छ । ५. मेरो विरुद्धमा लगाएको सबै आरोपहरू लाई मैले खण्डन गरी अस्वीकार गरिरहेकोमा पुनरावेदन सुन्ने अधिकारीले सो सबै बु“दाहरूका विवेचना गरी निर्णय गर्