निर्णय नं. १४७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३८/०५/२२ २२८० निर्णय नं. १४७२ ने.का.प. २०३८ अङ्क ५ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नम्बर १६७९ आदेश भएको मिति : २०३८।५।२२ मा निवेदक : का.जि.काठमाडौं नगरपञ्चायत फसिकेब स्थित मारबाडी सेवा समिति नेपालको तर्फबाट अधिकार प्राप्त सभापति विहारीलाल खेतानसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयसमेतं विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गा प्राप्ति ऐन, २०१८ को दफा ४(२) बमोजिम जग्गामा गर्नु पर्ने टाँस पूर्जि नै नगरी दफा ७(१) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले निर्णय गरेको देखिएकोले जग्गा प्राप्त गर्ने गरेको गैरकानूनी निर्णय उत्प्रेषणको आदेश जारी भई बदर हुने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य र निवेदन जिकिर यस प्रकार छ : काठमाडौं जिल्ला का.न.पं.वार्ड नं. २२ को पूर्व कि.नं. २६ को तथा कि.नं. २७ को घर जग्गा पश्चिम सडक उत्तर चक्रपथको सीमाना दक्षिण कि.नं. ३३ को हाम्रो जग्गा तथा कि.नं. ३४ को दुर्गा सराफीको जग्गा यति ४ किल्लाभित्रको घर जग्गा हाम्रो हक भोगचलनको २०१६ सालमा मारवाडी विद्यालयको नामबाट स्कूल सञ्चालन गरी आएकोमा त्यसलाई आवासिय स्कूलको रूपमा चलाउन चन्दा गरी उक्त चारकिल्लाभित्र जिर्णवस्थामा रहेको पक्किघर र जग्गासमेत ०१८ सालमा खरीद गरी लाखौ रुपैयाँ लगाई ठिक गरियो २०२२ साल ज्येष्ठ १६ गते देखि मारवाडी विद्यालयको सञ्चालन समेत भई आएको छ । मारवाडी विद्यालयको नामबाट आवासिय स्कूल चलाउन शिक्षा मन्त्रालयमा स्वीकृतिका लागि अनुरोध गरी राखेकोमा स्वीकृति प्राप्त नभएबाट २०३३ सालमा चालु स्कूल बन्द गर्नु पर्‍यो तर यो एउटा सामाजिक संस्था नै भएको हुँदा उल्लिखित घर जग्गालाई गतः वर्ष त्यसमा प्राकृतिक चिकित्सा खोली सेवा क्षेत्र विस्तार गर्ने भन्ने निर्णय भई श्री ५ को सरकार स्वास्थ्य सेवा विभागबाट स्वीकृति समेत प्राप्त गरी हालै रू.दुई अढाई लाख खर्च गरी सो घर कोठाहरूको पुनः नवीकरण गरी विरामीहरूका लागि पलंग टेबुल र डाक्टर नर्स बस्नलाई घर समेत बनाई पूर्व दक्षिणतर्फ पर्खाल लगाएको र उत्तरतर्फको केही भागमा चक्रपथको नियमानुसार पर्खाल लगानउ नमिल्ने भएको र पश्चिमतर्फ बुढानीलकण्ठ जाने मूल सडक चौडा हुने भएकोले पर्खाल लगाउने काम पुरा हुन सकेको थिएन यस्तैमा जिल्ला कार्यालय काठमाडौंबाट ०३३ साल फागुन ४ गतेको गोरखापत्रमा जग्गा अधिग्रहणको सूचना प्रकाशित भएको र सो सूचनामा काठमाडौं जिल्ला, काठमाडौं नगरपञ्चायत वार्ड नं. २२ मा पर्ने उक्त जग्गा उपत्यकामा निर्माण भइरहेको चक्रपथको सुरक्षाको लागि ट्राफिक प्रहरी चौकी स्थापना गर्नको लागि प्राप्त गरेकोले जग्गा प्राप्ति गर्ने २०१८ को दफा १० बमोजिमको १५ दिने सूचना प्रकाशित गरिएको भन्ने उल्लेख भएकोले बुझ्दा विपक्षीबाट पनि दफा ७(१) बमोजिमको सूचना नेपाल राजपत्रमा ०३३ साल माघ ४ गते प्रकाशित भएको रहेछ । ३. गोरखापत्रमा सूचना प्रकाशित भएपछि १५ दिनको म्याद भित्रै हामीलाई परेको मर्का उल्लेख गर