निर्णय नं. ३४४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४४ - लेनदेन भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०५/२१ २७७० निर्णय नं. ३४४ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री लोकराज जोशी ०२० सालको पहिलो रिभिजन दे.फु.नं.३१९ निवेदक : रणबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : भुरामल माडवारी समेत मुद्धा : लेनदेन (१) शर्तनामा अन्य लिखितद्वारा निस्कृय भएसम्म र अन्य उपायबाट बदर नगराएसम्म शर्तनामाको मान्यता रहिरहने । दुबै थरले शर्तनामा कागज गरेको मुद्दामा जबसम्म कुनै लिखत निस्कृय हुँदैन तवसम्म क्रियाशील रहन्छ । त्यो लिखतलाई दरपिठ समेतको कुनै लिखत गरी बदर गराउन सक्तैन भने त्यो लिखतको मान्यता रही नै रहन्छ । (प्रकरण नं. २६) (२) साझेदारको रोहवरमा काम नभएको र नोक्सानीतर्फ बखतमै जाँचको काम कारवाही नचलाएको भएमा त्यस्तो नोक्सानी कट्टा हुन नसक्ने । कपडाको नोक्सानी ३६१२ मिन्हा हुनु पर्ने भन्ने जिकिरलाई साझेदारलाई रोहवरमा नराखी काम गरेको र नोक्सानी बखतमा जँचाएको कारवाइ चलाएको निस्सा देखाउन नसकेकोले सो कट्टा हुन सक्तैन । (प्रकरण नं. २८) (३) काम गर्दा भएको शर्तनामाबमोजिम नै भएको मानिए अन्यथाबमोजिम भए गरेको भए सो को समर्थित लिखत कागज हुनु पर्ने । त्यसरी चण्डिप्रसादको माध्यमबाट कपडा लिईसकेको भएपछि पहिले नै निज चण्डिप्रसाद हस्ते पठाएको रूपैयाको हरहिसाब नमिलाई त्यसै राख्ने अवस्था पर्दैन । शर्तनामामा चारहजार कपडा झिकाउने राख्ने र दाम बुझाएपछि मात्र कपडा लैजाने बोली रहेकोले कपडा उठाउन निमित्त दाम बुझाउनु पर्ने र बुझाएको दामको कपडा दिएको हुनुपर्ने देखिन्छ । सो बाहेक दाम वा माल घटिबढी पारी व्यवहार चलाउँछन् भन्ने दुवै पक्षको विश्वास र ईमानको काम हो । चण्डिप्रसाद जिम्मा गरी पठाएको रूपैयाको माल नलिई निज जिम्मेदारले दाम मात्र छोड्न नसक्ने हुन जान्छ कि दाम छोडेको त्यस्तै लिखत गराउनु पर्छ । डिपोजित बाँकी राख्नु पर्ने कुरा माथिको दफामा लेखिएकै छ । बुझाउँला भन्ने बोली परेको लिखत बेगर सो रु.१२००० को हिसाब बाँकी रहेको दिलाई पाउँ भन्ने वादी दावी लाग्न सक्तैन । (प्रकरण नं. ३०) निवेदक तर्फबाट : प्लीडर इच्छाहर्ष बज्राचार्य विपक्षी तर्फबाट : सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी फैसला १. भोजपुरका निमित्त सन ५२ को फरवरी, महिनाको ४० गाँठ कपडाको लाईसेन्स मेरा नाउँमा उठेपछि भुरामलसँग लाभांस आधी गर्ने बन्दोबस्त भई डिपोजिट उनैले राखी पछि मैले भर्ना दिने दोहरी लिखत भई भगतप्रसाद श्रेष्ठका हात कंरु.५०००।–पठाई दिएको । लिखतबमोजिम बिल्टी आई माल छुटेपछि मेरो भागमा लाग्ने जति रूपैयाँ मौकैमा नपठाइ दिए ब्याज लाग्ने हुनाले ०९ साल चैत्रमा कंरु–१२००० चन्द्रप्रसादलाई दिई पठाएको । सो रूपैया बुझेको ज्ञानबहादुर सर्बजीत समेतको भरपाई छ । सो ४० गाँठ मालको बम्बे खरिदी रूपैया र बिराटनगरतकको आउँदा लाग्ने भरौट र ईम्पोटर्सले पाउने मुनाफा समेत दररेट गरी डिष्ट्रीब्युटरको पनि उनैले बिक्री वितरण गर्ने दोहरी लिखतबाट देखिने हुँदा मेरो गएको कं रु.१७००० र मुनाफा ३७३६।। को आधी कं रु.१८८६८ भराई पाउँ भन्ने समेत रणबहादुर श्रेष्ठको फिराद । २. वादीले आफ्नो हस्ताक्षरबाट कागज लेखी दिएबमोजिम डिपोजित रकम समेत सबै मेरो तर्फबाट लगाई झिकाई बिराटनगरमा गोश्वारामा वादीकै नाउँमा जाँच पास गराई कपडा धरानमा पुर्‍याई लिन आएको अवस्था वादीकै प्रतिनिध चण्डीप्र