निर्णय नं. १४७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३८/०५/१६ २६६७ निर्णय नं. १४७३ ने.का.प. २०३८ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३७ सालको रि.नं. १०५३ आदेश भएको मिति : २०३८।५।१६ मा निवेदक : महोत्तरी जि.धर्माराभवानीपुर गा.पं. वडा नं. ८ बस्ने सुरेशप्रसाद सिंह राजपुत विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी प्रेमकुमार वान्तवा भू.सु.का.महोत्तरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) पक्षहरूले पेश गरेको प्रमाणहरूको उचित मूल्यांकन गरी भूमिसुधार अधिकारीले निर्णय गर्नुपर्नेमा नगरी गरेको निर्णयमा अ.बं.१८४क. को त्रूटि भएको देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना विपक्षतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश न्या. बासुदेव शर्मा : नेपालको सम्बिधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी मिति ०३७।६।८।४ मा रिट निवेदन दर्ता हुन आएको रहेछ । २. रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : हाल सर्वे नापीमा कायम भएको महोत्तरी जिल्ला धमौरा भवानीपुर गा.प.वडा नं. ९ कि.नं. १६७ जग्गा विगाहा ५–१२–१७ समेतका जग्गाहरू साविक देखि नै दर्तावाला म निवेदक रही आफ्ना श्रम परिश्रमले उपभोग गर्दै आएको छु । भूमिसम्बन्धी ऐन, २०२१ र नियमावली, ०२१ लागू भएपछि नियमावलीको नियम ३ ले निर्दिष्ट गरे अनुसार म निवेदक जग्गाधनिले जग्गाधनि र जोताहा रहेको अनुकूलको कार्यविधि पुरा गरेको र नियमावलीको परिच्छेद २ अन्तर्गतको कार्यविधि सुसम्पन्न भई मैले जग्गाधनी र जोताहाको हैसियतमा ४ नं. जोताहाको अस्थायी निस्सा समेत मिति ०२३।८।९ गतेमा प्राप्त गरेको छु । २०२४ सालमा सर्वे नापी हुँदा म निवेदक जग्गाधनी र जोताहा रहेकै कुरा उल्लेख भई सर्भे नापी भएको र तदनुकुल जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेको थिए । म निवेदक स्वयंम जग्गाधनी र जोताहा रहेको कुरा निवेदनको अद्यापी सम्मको जोताहा जोत भोगको सबै निवेदकले प्राप्त गरेको ५ नं. जो.अ.नी.र जग्गाधनी र दर्ता प्रमाणपूर्जा यसमा निवेदक जोताहा रहेको भनी जनिएकोले निर्विवाद तुल्याएको छ । विपक्षीले लुटपिट गर्दै आएकोमा विपक्षी उपर लुटपिट मुद्दा चल्दै छ । यसै बीच शंकर मल्लले जग्गाधनी नै नरहेको व्यक्तिको जग्गाको र मोहीमा कमाउन लिएको ०–१४–० जग्गा हाल कि.नं. १६७ मा कायम भई नापी भएकोले कि.नं. १६७ को ५–१२–१७ मध्ये ०–१४–० जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षी कार्यालयमा निवेदन दिएको रहेछ । ३. विपक्षी मोही नभई म स्वयं जग्गाधनि तथा जोताहा रहेको कुरा प्रष्ट हुँदा हुँदै घरमुनीको हैसियतले जग्गाधनि कामेश्वर सिंहको नाउँबाट प्रमाण लिएको र सो प्रमाण उपर उजूर बाजुर नगरी स्वीकार गरी बसेको एवं वीरबहादुर समेत उपर वेदलखली फैसला भएको हुँदा साविकमा वीरबहादुर सिंहका नाउँमा दर्ता भएको कि.नं. १६७ को ५–१२–१७ मध्ये निवेदकको माग दावी अनुसार ०–१४–० जग्गाको मोहियानी हकको प्रमाणपत्र बनाई दिने ठहर्छ भनी मिति ०३७।२।१६।२ मा विपक्षी भूमिसुधार कार्यालय महोत्तरीबाट भएको निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ । ४. जिकिर : म निवेदक साविक र हाल दुवै अवस्थामा जग्गा र जोताहा स्वयं रहेको कुरा साविक श्रेस्ता भूमिसम्बन्धी ऐन, ०२१ र नियमावली ०२१ लागू हुँदा नियम ३ अनुसार जग्गाधनि र जोताहाको है