निर्णय नं. ३४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०८/१४ २५२५ निर्णय नं. ३४५ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री बब्बरप्रसाद सिंह ०२२ सालको रीट नम्बर ४६ निवेदक : मधुसुदन बास्कोटा विरुद्ध विपक्ष : रुपन्देही जिल्ला उखडा ट्राईबुनल मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) उखडासम्बन्धी ऐनको दफा ६ मा सजायको व्यवस्था भई उक्त दफाले दफा ५ बमोजिम झुठ्ठा विवरण वा जालसाजी सबुद प्रमाण पेश गरेमा पनि सजायको व्यवस्था गरेको हुँदा उखडासम्बन्धी मुद्दा कारवाही हुँदा उठेको कीर्ते जालसाजी मुद्दा हेर्न मिल्ने नै । उखडा ट्राईब्युनलले यस्तो कीर्ते जालसाजी मुद्दाहरू समेत हेरी छिनेको अनाधिकार भन्ने तर्कतर्फ विचार गर्दा, उखडा जग्गा जोतेको भन्ने दावी भएकोमा कीर्ते जालसाजीको समेत तहकिकात गर्नपर्ने हुन आएमा उसै उखडासम्बन्धी मुद्दाबाट कारवाई गर्न नहुने कुनै कानूनी अडचन भएको नदेखिने मात्र होइन । उखडासम्बन्धी ऐनको दफा ६ मा सजायको व्यवस्था गर्दा दफा ५ बमोजिम विवरण पत्र पेश गर्दा कुनै पक्षले अर्को पक्षको हकमा मर्का पर्ने गरी जानी जानी झुठ्ठा विवरण वा जालि सबुद प्रमाण पेश गरेमा निजलाई रु.१००० सम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुबै सजाय हुन सक्नेछ भन्ने शब्द परेकाबाट पनि त्यस्तो उखडासम्बन्धी मुद्दाबाट उठेको कीर्ते जालसाजी मुद्दा हेर्न तहकिकात गर्न मिल्ने देखिंदैन । (प्रकरण नं. १०) (२) उखडासम्बन्धी ऐनको दफा ८ (२) ले दफा ६ (१) र (२) लाई मात्र उल्लेख गर्ने । दफा ८ (२) मा दफा ६ (१) र (२) बमोजिमको आदेशलाई उल्लेख भएको ऐनको दफा ५ (४) मा उपदफा २ बमोजिम प्रकाशित सूचनामा चित्त नबुझे अधिकारी समक्ष उजुर गर्नु भन्ने भई अधिकारीले सम्बन्धित मिसिल ऐनको दफा ७ बमोजिम गठित ट्राईब्युनलमा पठाउने दफा ६ को कुरामा दफा ८ (२) मा अपीलको व्यवस्था दफा ९ बमोजिम ट्राईब्युनलले सरेपछि ट्राईवुनलले नेपाल विशेष अदालत ऐन, २०१३ बमोजिम कार्य प्रणाली अपनाउनु पर्ने दफा ११ मा ऐनमा लेखिएमा ऐनबमोजिम अरुमा प्रचलित कानूनबमोजिम हुने भएबाट ऐनको दफा ९ बमोजिम सरेका मुद्दामा नेपाल विशेष अदालत ऐनबमोजिम अपील दिन पाउने । उखडा ट्राईब्युनलले छिने उपर अपीलको व्यवस्था उखडासम्बन्धी ऐनको दफा ८ को उपदफा (२) मा पाइन्छ जुन उपदफा (२) ले प्रष्ट शब्दमा उखडासम्बन्धी ऐनको दफा ६ को उपदफा (१) र (२) लाई मात्र उल्लेख गर्दछ । उक्त दफा ८ को उपदफा (२) मा यो ऐन अन्र्तगत ट्राईब्युनल भएको आदेशमा रु.१००००।–भन्दा बढी बिगो भएको मुद्दामा ट्राईब्युनलले गरेको फैसला वा निर्णय उपर स.अ.मा अपील लाग्नेछ भन्ने वाक्याशं नभई किटान गरी दफा ६ को उपदफा १ र (२) बमोजिमको आदेशलाई मात्र उल्लेख गर्दछ उपदफा (१) मा ट्राईब्युनलको नाम उल्लेख भएको पाइन्न दफा ६ ले दफा ५ लाई उल्लेख गर्दछ र दफा ५ को उपदफा (४) मा उपदफा (२) बमोजिम प्रकाशित भएका सूचनाको कुनै व्यहोरामा चित्त नबुझ्ने व्यक्तिले सो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आफूँग जो भएको सबुद प्रमाण समेत सामेल राखी तोकिएको अधिकारीका समक्ष उजुर गर्न सक्नेछ र कुनै जग्गा सम्बन्धमा हक बेहकसम्बन्धी खिचोला उठेमा सो अधिकारीले यस उपदफा (१) बमोजिम प्राप्त भएको प्रमाण को साथै सोसम्बन्धी मिसिल कागजात ईन्साफका निमित्त दफा ७ बमोजिम श्री ५ को सरकारद्वारा गठित ट्राईब्युनलमा पठाई दिनु पर्छ भन्ने उल्लेख भएको देखिन्छ यसरी दफा ५ बमोजिम विवरण आदि पेश गर्दा गराउँदा केही झुट्टा विवरण