निर्णय नं. ८८८४ - नापी दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८८४ - नापी दर्ता बदर दर्ता भाग: ५४ साल: २०६९ महिना: पौस अंक: ९ फैसला मिति :२०६९/०२/०४ ५५०० ने.का.प. २०६९, अङ्क ९ निर्णय नं. ८८८४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६८–DF–००१६ फैसला मितिः२०६९।२।४।५ मुद्दाः– नापी दर्ता बदर दर्ता । पुनरावेदक वादीः जिल्ला ताप्लेजुङ्ग, फुङलिङ्ग गाउँ विकास समिति वडा नं. ५ बस्ने डम्बरकुमार नेयोङहाङ लिम्बू समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला ताप्लेजुङ्ग, फूलबारी गा.वि.स.वडा नं ८ घर भई जिल्ला मोरङ्ग, उर्लाबारी गाउँ विकास समिति वडा नं. ४ बस्ने गंगामाया सेन्दाङ लिम्बू शुरू फैसला गर्नेः मा.न्या. श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्ने : का.मु.मुख्य न्या.श्री ऋषिराज मिश्र मा.न्या.श्री पुरूषोत्तम भण्डारी यस अदालत संयुक्त इजलासमा रायवाझीः मा.न्या.श्री अवधेशकुमार यादव मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की § थाहा पाएको कुराको निर्धारण दर्ता बदरको दावी लिने पक्षको अनुकूलता वा सुविधाअनुसार हुने नभई सो कुरा प्रत्येक मुद्दाको तथ्य, सम्बन्धित पक्ष वा व्यक्तिले सो दर्ताको तथ्य थाहा पाउन सक्ने घटना, अवस्था र परिस्थितिको विद्यमानताबाट हुने कुरा हो । त्यसैले जग्गा पजनीको १७ नं. बमोजिम कुनै जग्गाको दर्ता बदर तर्फ नालिस गर्ने प्रयोजनको लागि वादी या दावीकर्ताले यो यस परिस्थिति र अवस्थाले यस मितिमा सो कुरा थाहा पाएको भन्ने तथ्यलाई प्रथमतः आधार प्रमाणसहित स्थापित गर्न सक्नुपर्ने । § आफ्नो सुविधा र अनुकूलताअनुसार कुनै अमुक मितिमा सम्बन्धित लिखतको नक्कल सारी थाहा पाएको भन्ने देखाई जग्गा पजनीको १७ नं. को हदम्याद समाई जहिलेसुकै पनि दर्ता बदरको दावी लिन नपाइने । (प्रकरण नं.४) § थाहा पाएर पनि निर्धारित समयावधिभित्र कानूनी उपचारप्रति उदासीन रहने व्यक्तिलाई आफूखुशी वा काल्पनिक घटनाक्रम देखाई जहिलेसुकै अदालत प्रवेश गर्न वा नालिस गर्न दिने व्यवस्था भने होइन । त्यसैले अदालतले आफूसमक्ष पेश भएको विवादको विषयवस्तुको निरोपण गर्नुभन्दा अगाडि सो विवाद कानूनद्वारा निर्धारित समयसीमा वा हदम्यादभित्र आफूसमक्ष प्रस्तुत गरिएको छ, छैन भन्ने प्राथमिक प्रश्नको निरोपण गर्नुपर्ने । § कानूनको परिधि वा हदम्यादभन्दा बाहिर गई वा हदम्यादविहीन अवस्थामा अदालत प्रवेश गराइएको विवादमा अदालतले अन्य तथ्यभित्र प्रवेश गरी विवादित प्रश्नहरूको निरोपण गर्नुपर्ने अवस्था नहुने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता दिलीप मादेन प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता हरिकृष्ण कार्की अवलम्बित नजीरः § नेकाप २०४३, नि.नं. २९२३ पृष्ठ ११३८ § नेकाप २०६२, नि.नं.७५१९, पृ.४०१ सम्बद्ध कानूनः § जग्गा पजनीको १७ नं. § जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) (ख) बमोजिम पुनरावेदन अदालत इलामको फैसलाउपर मुद्दा दोहोर्याई पाऊँ भनी वादीको तर्फबाट निवेदन परी दोहोर्याई हेर्ने निस्सा प्रदान भई संयुक्त इजलासमा पेश हुँदा सो इजलासका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी नियमानुसार यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : १९५० सालको जाँचमा हाम्रा चेव्जु सुव्वा ओजाहाङ्ग जिम्मा निजै तिरो रू.६।५० मा दर्ता भई शेषपछि आमा ओजाहाङ्गमा लिम्बुनीले ७ नं. फाराम भ