निर्णय नं. १४७४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४७४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३८/०५/०९ २६१३ निर्णय नं. १४७४ ने.का.प. २०३८ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको रिट नं. ८६४ आदेश भएको मिति : ०३८।५।९ मा निवेदक : कञ्चनपुर जिल्ला देखिन मुली गा.पं. वडा नं. ६ जाइबस्ने कल्लु राणा विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने छत्र राणा थारुसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) दावी भन्दा बढी कुराको निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मण भक्त रिसाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर उल्लिखित मुद्दा : आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि गरी विपक्षी कार्यालयको २०३७।१।३०।२ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३७।४।१४।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : मेरा नाउँमा दर्ता भएको जि.क.साविक शंकपुरा गा.पं. वडा नं. ६ (क) र ८(क) को कि.नं. ३५ र २६ ज.वि.१–१७–१० र १–१३–१३ को मोहिया घुईरा राणा थारु भएकोमा निज घुईरा राणा थारु २०२६ सालमा परलोक भई अहिलेसम्म मोहीको नाउँ रही रहेकोले र निज पछि निजका पत्नी छोराहरूसँग पनि हद भन्दा बढी जग्गा भई जग्गाधनीले मोहियानीमा निजहरू मध्येमा पुर्याउनु पर्ने आवश्यकता नभएकोले मेरो जग्गाधनि दर्ता प्रमाणपूर्जाबाट मोहीको लगत कट्टा गरिपाउँ भन्ने मेरो निवेदन । उक्त निवेदन उपर भू.सु.कार्यालयबाट कारवाहीको सिलसिलामा सूचना सरजमीन भई मोही हक कटाउन मञ्जूर नगरी उजूरी परेको गाँउ सरजमीन मुचुल्काबाट घुईरा राना कै छोराहरूले हालसम्म कमाई रहेका छन भन्ने देखिएको र मोही हक कटाई दिए हुन्छ भनी कसैले पनि नकाटेकोले भू.सं.ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोही मरेपछि निजको हक निज पछि पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने लेखिएकोले मोहीको लगत कट्टा गर्न नमिल्ने भनी मिति २०३७।१।३०।२ मा भू.सु.कार्यालयले निर्णय गरी दिएकोले अन्य उपचार नभई यस सम्मानीत अदालत समक्ष आएको छु । ३. मेरो म्ूलभूत उजूरीको दावा भू.सं.ऐन, २०२१ को दफा ८ बमोजिम मोहीले राख्न पाउने हद भन्दा बढी जग्गा मृतक मोहीका पत्नी छोराहरूसँग छ । त्यसो हुँदा निज मृतक मोहीको नाम मोहियानी लगतबाट कट्टा गरिपाउँ भन्ने मेरो दावी हो । भू.सु.कार्यालयले निर्णय गर्दा हद भन्दा बढी जग्गा छ वा छैन छ भने त्यसको के कार्यविधि अपनाउनु पर्छ त्यसतर्फ र छैन भने हद भन्दा बढी जग्गा छैन भनी निर्णय दिनु पर्ने विषय हो । त्यसतर्फ ध्यान नदिई अ.बं.१८४(क) को समेत त्रुटि गरी निर्णय भयो । ४. उपयुक्त दुई बु“दामा नै निर्णय आधार बनाई निर्णय गर्नु पर्ने कानूनले बाध्यता गरेको छ । विषय भन्दा बाहिर नै अर्थात वादीको दावा भन्दा बाहिर गई निर्णय गर्न पाउने विपक्षी भू.सु.कार्यालयलाई प्रचलित कानूनले अख्तियार दिएको पाइँदैन । उजूरी दावा भन्दा बाहिर गई गरेको निर्णयलाई प्रत्यक्षतः कानूनी त्रुटि भन्नु पर्छ । यसै सम्मानीत अदालतबाट वादी दावी नै नभएको कुरामा अदालतले निर्णय दिन नमिल्ने भनी फु.बे.१२७ धर्मबहादुर विपक्षी ठूलो कान्छो भु.मोहियानी निर्णय मिति २०२८।१०।२८।६ मा निर्णय भएको छ । यसै गरी अरू प्रशस्त मुद्दामा यो सिद्धान्त अनुसार निर्णय भएको छ सर्वोच्च अदालतबा