निर्णय नं. ३४७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/१२/२९ २४२६ निर्णय नं. ३४७ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा २१ सालको रीट नम्वर १४/६० निवेदक : गोपाल चौधरी विरुद्ध विपक्षी : बिरगन्ज गोश्वाराका वडाहाकिम लिलानाथ विष्ट समेत मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) अधिकार बिना गरेको काम निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिने । भूमिसम्बन्धी ऐनको दफा १४ ले अदालतलाई किसानलाई निष्कासन गर्ने अधिकार प्रदान गरेको । ऐजन ऐनको दफा १८ बमोजिम गठित इजलासबाट किसानलाई निष्कासन गर्न नमिल्ने । निष्कासन गरेको आदेश बदर हुने । भूमिसम्बन्धी ऐन दफा १४ ले किसानलाई निष्काशन गर्ने बारेमा अदालतलाई अधिकार प्रदान गरेको प्रष्टै देखिएको र यस्तो हटक गरेको विषय हेर्ने अधिकार छैन भन्ने बारेमा निवेदक मेघविक्रम राणा विपक्ष म.स.गो.का वडाहाकिम समेतले गर्ने गरेको कारवाही निर्णय बदर गर्ने गरी उत्प्रेषणको आदेश जारी गर्ने गरी फुल बेञ्चबाट ०२१।४।२७।२ मा निर्णय भएको समेत देखिनाले भूमिसम्बन्धी ऐनको दफा १८ बमोजिम गठित माल गोश्वाराको इजलासबाट हेर्ने छिन्न नमिल्ने देखिँदा ०२१।७।१६।१ को बिरगन्ज गोश्वारा र पर्सा मालको निर्णय बदर गर्नुपर्ने देखिन्छ । (प्रकरण नं. १०) निवेदक तर्फवाट : ए.कृष्णप्रसाद भण्डारी विपक्षी तर्फ : ग.सि.ए.रमानन्दप्रसाद सिंह आदेश १. औराहाको जिमिदारी साथको जग्गा विगाहा ७।।४।।। मध्ये विगाहा २।। श्री रामराजाको जिमिदारी अवस्था ८३ साल देखि पश्चिम पृथक हुँदा त्यसको आधा १ मैले र आधा १ सिउदत्त महत्त्वले जोति १८ सालको बाली जिमिदार दिपकुमारीलाई र १९ सालको बाली राजिनामाबाट महीपत चौधरीलाई बुझाई भरपाई लिएका २० सालको बाली तिडगोड गरी बिउ समेत छरी सकेपछि २०।२।२५ गते महिपत चौधरीले हटक गरी बिउ माथि बिउ छरि खिचोला गरेको दफा १४ अन्तर्गत सुरक्षित किसानबाट हटक गर्न नहुनेमा जग्गाबाट जवरजस्ती हटक गरेमा भूमिसम्बन्धी ऐनको दफा १४ बमोजिम सजाय भई सुरक्षित किसान कायम गरी पाउँ भन्ने रामदत्त महत्त्वको ०२०।१२।२६ को वि.गो.मा दिएको फिराद । बाजे म महिपत्त र म एका सगोलमा बसी आएको नभई पहिले नै छुट्टी भिन्न भई आ–आफ्नु व्यवहार समाली आएको विपक्षी रामदत्त महत्त्वको सो जग्गाको मोही हैन जग्गा नापीबाट वडा भएको नभई साविकै जग्गा हो भन्ने समेत मेरो र बाजे महिपतको पृथक–पृथक प्रतिवादी । २. मिसिल प्रमाणबाट वादी रामदत्त महत्त्व थारु सो जग्गाको सुरक्षित किसान ठहर्छ भन्ने ०।१।७।१६।१ को फैसला । बिरगन्ज गोश्वारा पर्सामाल समेत भनी गठित भएको भूमि कमिटी भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को उपदफा ३ अनुरूप यथायोग्य स्थापित भएको अधिकारी हैन । उक्त ऐनको निर्देशको विरुद्ध अनुचित रूपले गठित भएको छ । सो उपदफाले शंका बिहिन तवरबाट सो उपदफामा दशिर्त उजुरीहरूको किनारा लगाउन जिल्ला वडाहाकिम वा मेजिष्ट्रेट वा निजले मनोनित गरेको सरकारी कर्मचारी र इलाका मालका हाकिमलाई अधिकार प्रदान गरेको छ । यसमा अर्थात ०२१।७।१६।१ को विरगन्ज गोश्वारा र पर्सामालको फैसालामा एकजना अधिकारीको विस्तार र बृद्धि गरेको छ जुन कानून विरुद्ध छ । फिरादपत्र दर्ता भई प्रतिउत्तर दिन ल्याउनु भनी सो किसिमबाट दायर भएको कारवाही भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ (३) अनुरूप र अनुकूल भएको भन्ने कतै मिल्दैन । त्यसरी बेरीतसँग दायर भएको उजुरी बेरीतको अधिकारीले निर्णय गर्न नपाउने । यस्ता उजुरी निवेदन लिई निर्