निर्णय नं. ३४८ - मोटर चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८ - मोटर चोरी भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१२/०१ ४२१३ निर्णय नं. ३४८ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री भैरवप्रसाद उपाध्याया न्यायाधीश श्री हेरम्वराज. फौ.अ.नं ७६१ अपीलाट, प्रतिवादी : नजुमुद्दिन मियाँ समेत विरुद्ध विपक्षी, वादी : श्री ५ को सरकार मुद्दा : मोटर चोरी (१) चोरीको १ नं.६ को भाषामा ‘ल्यायो’ भन्ने पदले कुनै ठाउँबाट उठाइनुलाई लग्यो भन्ने अर्थ हुने–लग्यो भन्ने उजुर नभई ल्याएको भन्ने भएको कसुरलाई चोरीको कसुरसँग राख्न नमिल्ने । यो चोरीको माल जानि जानि राखेको कसुरलाई चोरीको अपराधसँग भिन्न देखाउने चोरीको १ नं.६ चोरीको परिभाषा हेर्दा, लग्यो भन्ने पदको अर्थ बताउनु पर्छ कुनै ठाउँबाट उठाउनुलाई लग्यो भन्ने अर्थ हुन्छ : जुन ठाउँमा दाखिल भएको छ, त्यो ठाउँलाई लगेको ठाउँ चोरीको वारदाताको ठाउँ हुन्छ । नेपाल अधिराज्य भित्र कुनै ठाउँबाट लग्यो भन्ने उजुर होईन । यहाँ भित्र ल्याएकोमा सावित भएको कसूललाई चोरीको कसुरसँग राख्न सकिंदैन । (प्रकपरण नं.१६) फैसला १. जिल्ला अदालत महोत्तरीको फैसलामा उल्लिखित व्यहोरा छ कि नेपाल भारत बीच भएको सुपुर्दगी अपराधीहरु आदान प्रदानको ०१०।६।१६ को सन्धिपत्रको दफा ३ ले देहायका दफा १३ र सुपुर्दगी ऐन, २०२० को दफा ४ उपदफा २ बमोजिम र बक्स भई आएका हुकुम प्रमांगीबमोजिम कारवाई गरी पुलिस प्रसिक्यूटरको रिपोर्टबाट दायर भएको मिसिल हेर्दा, मिति ०१९।१०।६।३ मा आफ्नो एम्बेसेडर भारती बिना सिनेमा घरमा सिनेमा हेर्न गएको थिएँ । गाडी कम्पाउण्ड भित्र राखि इन्टरभल भएसम्म गाडी कम्पाउण्ड भित्रै थियो । ९ बजे राती सिनेमा खतम भई बाहिर आउँदा गाडी देखिंन । खोजतलास गर्दा नपाएकोले चारी भयो भनी पटना कोटवाली थानामा रिपोर्ट गरें । त्यसपछि जलेश्वरमा पक्राउ भएको कुरा थाहा पाई सुरसण्ड डागोराले जलेश्वर डि.एस.पी.अफिसबाट पक्राउ गरी दिएको रहेछ । पटना कोटवालीको दरोगा समेत आई हेर्दा, गाडी मेरो हो सनाखत गरें । सो मोटर भा.रु.१३६५५ मा किनेको हुँ । मोडल १९६२ हिन्दुस्थान एम्वेसेडर कार हो । चेसीच नम्बर । । ।३२८६० इन्जिन नम्बर ओ.ई.३३०१९ हर्सपावर १४ रङ्ग कालो कुंजी नम्बर एच.पी.६२८ व्याट्री नम्बर जि.१२०४८ एन.एच.नम्बर ओ.एच.भि.३३४०३ गियर बक्स नम्बर ३२९४२ बाडी सियन नम्बर एच.ओ.३८५९९ रजिष्ट्रेशन नम्बर बी.आर.बी.११११ को मैले खरिद गरेको गाडी हो । मेरो इन्जीन नम्बर ओ.ई.३३०१९ थियो । जसमा ९ लाई ८ बनाई १ को अंक थपी ओ.ई.३३०१८१ बनाएको चेसिस नम्र ।।।३२८६० थियो । सुन्यलाई ८ को अंक बनाई १ अंक थपी ।।३२८६८१ बनाएको हो । मरो नम्बर प्लेट वो.आर.पी.११११ को सट्टा डब्लु.जि.एक्स.१८९६ लगाएको रहेछ प्रतिवादीको बिक्रीनामा जाली हो । गाडी मेरो चोरी भएको हो भन्नेसमेत विरेन्द्र नारायण दासको बयान । २. वी.एन.पी.दासको मोटर पटनाबाट चोरी ल्याएको होइन । महेन्द्र कपुरसँग सेकेन्ड हाईन्ड मोटरसम्म सेडरबाट भा.रु.६५०० मा किनी निजले दिएको रसिदमा नम्वर भिडाई जाँचीमा रती ड्राइभरले हाँकी वोईरसम्म पुर्‍याई दिए पछि ताहाँबाट नेपाली लाईसेन्स भएका ड्राइभरले हाँकि भन्सारमा आई ५ दिने भन्सार कटाई जनकपुर जान लाग्दा रोडशेष कटाई उसै बखत डि.एस.पी.जलेश्वरको पुलिस आई साहेवले बोलाएको छ भनी भनेकाले मोटर लिई गएको साथमा आउने भारतीय ड्राइभरको नाउँ थाहा छैन । नेपाली ड्राइभरको नाम नलिनरत्न तुलाधर हो । इन्जीन नम्बर चेसीस नम्वर हामीले सच्याएको छैन । दार्जलिङ्गबाट खरिद गरी ल्याएको हुँ भन्ने समेत नजमुद्दि मियाँको बयान । ३. वी.एन.