निर्णय नं. १४७६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४७६ - ज्यान भाग: २३ साल: २०३८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३८/०५/०५ २३७५ निर्णय नं. १४७६ ने.का.प. २०३८ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको फौ.सा.नं. ८८ फैसला भएको मिति : ०३८।५।५ मा निवेदक : श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि. बारा झिटकया पञ्चायत वार्ड ३ मा बस्ने शान्ति गोसाई सरमेगीनी मुद्दा : ज्यान (१) इनारमा डुबी मरेको बालक प्रतिवादीकै हो भन्ने कुरा वादीबाट प्रमाणित हुन नसकेकोले प्रमाणको अभावमा प्रतिवादीले आफ्नो छोरीलाई इनारमा डुबाई कर्तव्य गरी मारेको होला भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. १५) फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा साधक निकाशाको लागि साधकको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसार छ । २. भवानीपुर पञ्च वार्ड नं. ७ औथापुर चौरमा भएको इनामा बच्चा डुबी मरेको लाश इनारमै हुँदा कानूनबमोजिम होस् भन्ने समेत चौरमा हजाराको ०३१।७।२१ को दर्खास्त । ३. पानीमा डबुी स्वासप्रश्वास बन्द भई मर्नगएको देखिन्छ भन्नेसमेत ०३१।७।२१ को लास जाँच प्रतिवेदन । ४. दुखि सरमंगीको स्वास्नी शान्ति सरमंगनीले लोग्नेले बच्चालाई राख्दीन भनी निकालिदिएबाट छोरीलाई इनारमा डुबाई मारेको पत्ता लागेको भन्ने समेत हे.क.विष्णुप्रसाद भट्टको ०३७।७।२४ को प्रतिवेदन । ५. लोग्ने चोरी मुद्दामा जेल थुनामा भएको भिख मागी हिंड्दा र सरमंगीहरूको संसर्गबाट गर्भ रहन गई लोग्ने जेलबाट छुटकारा भई आएपछि पञ्चको सहयोगले लोग्नेले मञ्जूर गरी घरमा बसेको ०३० साल पौष महीनामा छोरी जन्मेकीले छोरी जस्को हो उसलाई जिम्मा लगाई आऊ भनी घरबाट निकाली दिएकीले १०।११ महीनाको शारदा नामकी छोरीलाई इनारमा रातको १२ बजेतिर खसाली डुबाई ज्यान मारेकी हुँ भन्ने समेत प्रतिवादी गोसाई सरमंगनीले प्रहरीमा गरेको बयान । ६. स्वास्नीले अर्काको गर्भ बोकी आएकोबाट छोरी जन्मेकीले जसकोबाट जन्मेको हो उसैलाई बुझाएर आएपछि मात्र राख्छु भनी निकाली दिएको पछि स्वास्नी खाली घर फर्केकीले राखेको पछि प्रहरीले इनारबाट लास बरामत गरेको र सो कुरा गाउँमा चर्चा भई स्वास्नीलाई समाती लगेकोले मेरो स्वास्नी कर्तव्य गरी मारेको यकिन भयो भन्ने समेत दुखि सरमंगको प्रहरीमा भएको बयान । ७. बालिकाको इनारमा डुबी मरेको लास प्रहरीले निकाली राखेको देखेका हौ निज शान्ति सरमंगनीलाई नचिन्हेको हुँदा के कारणबाट मारेको हो निजै जानोस भन्ने समेत सरजमीन मुचुल्का । ८. अभियुक्त शान्ति सरमंगनीले शारदा नाबालक छोरीलाई कर्तव्य गरी ज्यान मारेको सिद्ध हुन आएकोले ज्यान सम्बन्धीका १३।३ नं. बमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत स.स.अ.र प्रहरीको प्रतिवेदन । ९. मैले आफ्नो नाबालक छोरीलाई इनारमा डुबाई मारेको होइन शारदा नाम गरेकी ६–७ वर्षकी छोरी आफ्नो बाबु दुखि गोसाइको साथ घरमा छ । मर्ने बच्चा मेरो होइन । मर्ने छोरी मेरै हो मैले इनारमा डुबाई मारेको हुँ भन्ने भनी प्रहरीले मलाई भनेको मर्ने छोरी मेरो होइन । प्रहरीले कागज नसुनाई सहि गराई लिएका हुन भन्ने प्र.शान्ति सरमंगनीको अदालतमा भएको बयान । १०. म चोरी मुद्दामा थुनामा थिए मेरो पत्नी शान्ति देवीले गर्‍या गोसाईसँग सम्बन्ध कायम गरी निजको विर्यबाट गर्भ बोकी १ वर्षको शान्ति नाम गरेकी छोरी भएको र मसँग सम्बन्ध कायम गर्न छोरी समेत लिई आएकी मैले नमानी पत्नी शान्ति देवी भन्ने पार्वती देवीलाई घरबाट निकाली दिएको २–३ दिनभित्र इनार