निर्णय नं. ३४९ - थैली बुझाई जग्गा थामी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४९ - थैली बुझाई जग्गा थामी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०८/०७ २७०१ निर्णय नं. ३४९ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी २०२२ सालको पहिलो रिभिजन दे.फु.नं.१४० निवेदक : मानबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : मायावती कमिनी मुद्दा : थैली बुझाई जग्गा थामी पाउँ (१) न्यायापालिकातर्फ प्रधानमन्त्रिज्यूको सिधा आदेशले कार्यवाही गर्न नमिल्ने, आवश्यक परेमा सर्वोच्च अदालत मार्फत आउन पर्ने, ऐन कानूनबमोजिम भन्नाले भईरहेको प्रचलनमा रहेको ऐन कानूनबमोजिम नै गर्नुपर्ने, अदालतको रिपोर्टमा आफ्नो अधिकार प्रयोग गरी ठाडै बुझिएको भन्ने नभएमा समेत कार्यपालिका (प्रधानमन्त्रि) कै आदेशबाट दायर भई कारवाई भएको देखिने । कानूनले भने प्रधानमन्त्रिज्यूका आदेशले कारवाही गर्न नमिल्ने, कारवाइ गर्नैपर्ने भए पनि न्यायपालिका सर्वोच्च अदालत मार्फत आदेश भई आउन पर्ने, सोझै यसै अदालतमा आएको सो आदेशले कारवाही गर्न कानूनले नमिल्ने समेत भनी ०१७।८।२७।२ मा जि.अ.धरानले रिपोर्ट जाहेर गरेकोमा कानूनी अधिकार प्राप्त न्यायापालीकाको अपील अड्डाबाट अधिकार प्रयोग गरी कारवाही चल्दै रहेको र केहि मुद्दा किनारा भईसकेको देखिँदा भन्ने उल्लेख गरे पनि आखिरी ऐन सवालबमोजिम गर्नु भन्ने पूर्वान्चल उच्च अदालतबाट ०१७।१०।२।१ मा आदेश भएको देखिएको । आफ्नै अधिकार प्रयोग गरी ठाडै बुझी कारवाही गरेको भनी उक्त रिपोर्टमा र त्यसपछिको कारवाहीमा पनि जिल्ला अदालतले उल्लेख गरे लेखेको नदेखिनाले समेत प्रस्तुत मुद्दा कार्यपालिका (प्रधानमन्त्रि) कै आदेशबाट दायर गरी कारवाही किनारा गरेको देखिन्छ) । (प्रकरण नं. ११) (२) हक बेहक सम्बन्धमा प्रधानमन्त्रिज्यूको आदेशबाट कारवाही गर्न नमिल्ने–त्यस्तो आदेशको आधारमा भए गरेको काम कारवाइ फैसला बदर हुने । मुद्दामामिलाको काम कानूनद्वारा व्यवस्थित हुँदा श्री माननीय प्रधानमन्त्रिज्यूद्वारा बुझी ऐन सवालबमोजिम गर्नु भन्ने आदेशबाट कारवाही गर्न नमिल्ने हुँदा कानूनको परिधी नाघि तत्कालीन श्री माननीय प्रधानमन्त्रिले दिएको आदेशले दायर गरी गरेको कारवाही र ०१७।१२।२१।२ को तत्कालीन धरान जिल्ला अदालतको फैसला समेतलाई समर्थन गरी ०१९।३।५।३ मा डिभिजन बेञ्चबाट भएको फैसला समेत सम्पूर्ण कारवाही फैसाला कानूनसङ्गत नदेखिनाले बदर हुने ठहर्छ। (प्रकरण नं. १२) निवेदक तर्फबाट : ए. होराप्रसाद जोशी विपक्षी तर्फबाट : प्लि.लवदेव भट्ट फैसला १. दिल महमदसँगको लेनदेन मुद्दामा मलाई हराई सो कर्जिमा मेरो नाउँको र मेरो छोराको नाउँको जग्गा विगाहा २।।०।१। कं.रु.६०० मा ०१४।१०।१६ मा डाक खतम गरी पठाईदिनु, बजारलाई नं.को १ कठ्ठाको रु.१००० मा बिक्री हुने जग्गा रु.६०० मा सबै मिली डाक खतम गरी गरीबको बासै उठाउने नियत गरेकोले निवेदन गर्न आएको छु । सो कर्जि रूपैया भिन्न भएकी जेठानीबाटै असुल गर्ने गरी मेरो नाउँको र छोरा गोरेका नाउँको जग्गा मेरै भोग चलन गराई पाउँ सो रूपैया मै तिर्नुपर्छ भने सो रुपैयाँ मै तिर्छु भन्ने समेत मायावती कमिनीको निवेदन माननीय प्रधानमन्त्रिज्यूका प्रमुख निजी सचिवबाट मायावती कामीनीको निवेदन बुझी ऐन सवालबमोजिम गर्न पठाउने आदेश अनुसार यसैसाथ पठाएको छ भन्ने ०१६।७।२४।३ को पत्रसाथ विराटनगर अपीलमा पठाएको रहेछ । २. अरु निवेदनपत्र मिलान र सो जग्गा मानबहादुर भन्नेले लिएको भन्ने सुन्दछु । साहुको रूपैया जेठानीबाटै असुल उपर गराई पाउँ । त्