निर्णय नं. ३५० - गुठी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५० - गुठी भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०७/०६ २८५७ निर्णय नं. ३५० ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२१ साल पहिलो रिभिजन दे.फु.नं.२४२ निवेदक : चौ.डोर दण्ड जं.पराक्रम शाहा विरुद्ध विपक्षीको : प्र.पं.कृष्ण दास महर्जन मुद्धा : गुठी (१) राजगुठी बाहेकको अन्य गुठी श्री ५ स.अ.गुठी जाँच अड्डामा दर्ता हुन नसक्ने १९५० मार्ग ८ को सदनमा राजगुठी रहेको भन्ने समेत जनिएको र निवेदकले राजगुठी होइन भन्ने सबुद गुजार्न नसके राजगुठी नै देखिने । राजगुठी नभई यस अड्डामा दर्ता हुनै नआउने भन्ने श्री ५ स.त.गुठी लगत जाँच अड्डाले ०१३।९।१५ मा जवाफ दिएको समेत देखिन्छ । निवेदक वादीले नै मुख्य आधार लिएको १९५० साल मिति मार्ग वदी ८ रोज ६ के सनद भए पनि हाल बुझ्दा बिर्ता नठहरी राजगुठी कचहरीमा लगत राख्नु भन्ने बोली लेखिएको समेत पाइयो । निवेदक वादी तर्फबाट हाल बहस समेतमा राजगुठी होइन भन्नेतर्फ कुनै तथ्य जिकीर लिन र त्यस कुराको सबुद प्रमाण देखाउन समेत सक्नु भएन । तसर्थ, उपरोक्त कारणहरूबाट उक्त नन्दीकेश्वर गुठीराजगुठी नै रहेछ भन्ने सिद्ध हुन्छ । (प्रकरण नं. १०) (२) सरकारको निर्णयले गुठीतर्फ आधा नगदी र आधा जिन्सी लिने भएकोमा छुट गुठी भनी दर्ता भएको नाताले सम्पूर्ण जिन्सीले नै लिन पाउने । सबुद देखाउन नसके सरकारको निर्णयबमोजिम नै लिनु पर्ने । छुट गुठी भनी दर्ता भएको नाताले सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक वादीको वारेसले बहसमा मुख्य जिकीर लिएकोमा त्यस्तो छुट गुठीमा सबै जिन्सी नै लिन पाउने सबुद प्रमाण कुनै पनि देखाउन सक्नु भएन । अतः आधी जिन्सी आधी नगदी लिने सरकारले व्यवस्था गरी सकेको कुरामा सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक वादीको दावी जिकीर मनासिव देखिंदैन । (प्रकरण नं. ११) विपक्षी तर्फबाट : ए. कृष्णप्रसाद घिमिरे फैसला १. हामीहरूका पुर्खा बज्यैज्यूबाट राखी बक्सेको नक्साल श्री नन्दीकिशोर गुठी बिर्ताको जग्गा ५ मध्ये पञ्च प्रधान कृष्ण दास महर्जनले कमाएको नखु बेखाहिटी रोपनी ९ ।।ऽ।। को ०९।०१०।०११।०१२ सालको बाली जिन्सी दिए जिन्सी नै र नदिए त्यसको हुनै नगदी जम्मा मो.रु.२०३९।७९ दिलाई पाउँ भन्ने समेत वादी । २. प्रकाशित गजेट अनुसार अर्जि खबर गर्न र शुरु म्याद थाम्न नपाउने हुँदा अर्जि म्याद गुज्रि सकेको म्याद थामी दर्ता भएको प्रतिवादी बदर गर्ने ठहराई यस अड्डाबाट ०१२।९।१७ मा पर्चा भई प्रतिवादी बदर भएको र ०११ साल समेतको ७ दिन भित्र बुझाउने ०११।१०।४ मा भाखापत्र गरी दिएको देखिँदा वादीको दावीबमोजिम बालीको बिगो प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत ल.पु.मेजिष्ट्रेट अफिसको ०१३।४।१२।६ को फैसला । ३. वादी दाबीको जग्गा कमाएकोमा ०८ सालसम्म केहि खर खिचोला थिएन ०९ सालमा खोलो लागी खोलो कट्टी मुचुल्का भएकोमा खोला कट्टी मिन्हाबमोजिम बाली तिरी सकेको र ०१० सालको समेत द्वारे मोहि नाईकेलाई बुझाई साल सालको भरपाई गरी लिएको छु ०११ सालको बाली देखि श्री ५ ।३ स.गुठी सरह बाली बुझाए हुन्छ भनेका थिए तर मोहि नाइके समेतले बीचबाटोमा पक्रि थुनि जवरजस्तिसँग मेरो सहीछाप लिई भाखा पत्र गराएका हुन । भवानीदास समेतले यहि गुठीको बाली ५।३ स.गुठी सरह बुझाउन पाउँ भनी रा.का.दे.दो.मा दिएको नालेसमा पनि राजगुठी ठहरी फैसला भईसकेको छ र सवालले पनि ०९ सालदेखि श्री ५ ।३ स.गुठी सरह बुझाउन पाउने हुनाले मैले चौ