निर्णय नं. ३५१ - घरबाट उठाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५१ - घरबाट उठाई पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०६/१८ २६७९ निर्णय नं. ३५१ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री लोकराज जोशी २०२२ सालको दे.फु.नं.१४४ निवेदक : टुंगकुमारी थपेनी क्षेत्रीनी विरुद्ध विपक्षी : यज्ञबहादुर विष्ट क्षेत्री समेत मुद्दा : घरबाट उठाई पाउँ (१) फैसलाबाट मात्र हक प्रदान गरेको नभई दान दातव्यको ४ नं.र अपुतालीको २ नं.बमोजिम अधिकार भएकोमा र जुन–जुन अवस्थामा जे जसले जस्तो अन्याय गर्छ, सो हटाउन नालेस दिनु अघि पछि फिराद परेको भनी र एक मुद्दाको रूप विचारगरी अर्को मुद्दा उठाएको भन्न नमिल्ने । एक मुद्दाको रूप विचार गरी अर्को मुद्दा उठाएको भन्ने प्रश्न उठाउन हुँदैन । आफू बेहकमा लिए बसेको घर समेतका सम्पत्तिहरू तत्कालैमा प्रतिवादीले छोड्नु पर्ने थियो, नछाडेको कुरा नै विवादको तथ्य हो । हक कायम हुने वादी उपर प्रतिवादीहरूले जुन–जुन अवस्थामा जे–जे मा अन्याय गर्छन, सो कुरा हटाउन निमित्त वादीले नालेस गर्न आएको देखिन्छ । वादीका आमाको शेष पछि ऐनले वादीको हक हुन्छ । सोहि कुरा फैसलाले कायम राखेको हो । कुनै अधिकार जुन–जुन श्रोतबाट हस्तान्तरण भएको हो, ती अधिकार पाएको हो होइन ? अदालतबाट प्रमाणित भएको देखिन्छ । अदालतबाट फैसला गरेर मात्र वादीलाई हक प्रदान गरेको हो । आमाको शेषपछि तत्कालिन दान दातव्यको ४ नं.र अपुतालीको २ नं.ले वादीको अधिकार भएको हो । त्यसको हक पाउने गरी पहिले डिभिजन बेञ्चबाट फैसला भएको हुनाले सो फैसला गर्दा अघि वा पछि फिराद परेकोमा केहि अन्तर हुदैन । (प्रकरण नं. १४) (२) मिसिल सामेल रहेको ०१९।८।१७।१ को नक्सा मुचुल्कामा वादीले दावी गरेको मध्ये आधी दक्षिणतर्फको भागमा आधा केशवप्रसाद बसेको घर भनी र आधा उत्तरतर्फकोमा हाल झगडा परेको घर भनी जनिएको हुनाले नन्दकुमारीको अपुतालीमा आधा र पेवामा जम्मै पाउने वादीको हक कायम हुन्छ । आफूले पाउने चिज खुलाई नालेस गर्नु भनी वादीलाई सुनाइ दिने भन्ने समेत माथि उल्लेख गरिएको ०१९।२।१९ को डिभिजन बेञ्चको फैसला हुँदा पहिलेको यो उजुर भए पनि फैसला प्रतिकूल पर्ने केहि नदेखिने समेत हुँदा र प्रेमकुमारीले केशवप्रसादलाई गरी दिएको माथि उल्लेख गरिएको ०५।९।१४।३ को लिखतमा सुव्बा देवीध्वज स्वयं साक्षी बसेको देखिएबाट माथि लेखिएबमोजिम जग्गा मेरो हकको भन्ने समेत क.प.उत्तमबहादुरको घर जग्गा देवी ध्वजका हकको भई हामीले भोग चलन गरी आएका छौं भन्ने समेत यज्ञबहादुरको जिकीर पुग्न नसक्ने र प्र.पूर्ण मगरले पनि इन्कारै गर्न नसकेको समेत हुनाले वादीहरूले उठी छाडी दिनु पर्नेमा वादी दावीबमोजिम उठी खाली गरी नदिएकै ठहर्छ । (प्रकरण नं. १५) निवेदक तर्फबाट : प्लि.कुलराज फैसला १. आमा नन्दकुमारी सौतेनी आमा प्रेमकुमारीलाई बाजे कृष्णकुमारी, जेठी आमा नैनकुमारीले आफ्नो धन सर्वश्व बकस लेखी दिनु भएकोले सो बकस मध्येको २७।१३। को ५ कवले २ नाले भुई तला समेत ४ तला भएको पक्की घर र त्यसले चर्केको बगैचा बारी मध्ये आधी दक्षिण तर्फबाट आमा प्रेमकुमारीको पर सारी आमा सुबेनी नन्दकुमारीको भाग उत्तरतर्फको आधी हो भन्ने कुरा यज्ञबहादुर, केशवराजको घर चलन चलाई पाउँ भन्ने मुद्दामा ०१६।३।२९ को रा.का.दे.दो.को फैसलाबाट देखिएको छ । आमा नन्दकुमारीको भाग जति मैले पाई ०१७।१।१३।२ मा जि.अ.तेस्राबाट अन्तिम फैसला भएको छँदाछदै मेरी आमाको मैले पाउने भएको घर जग्गाबाट उठी खाली गरी नदिएकोले सो घरबाट उठाई पाउँ । तवे