निर्णय नं. १४७२-१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४७२-१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०६/१६ २४८१ निर्णय नं. १४७२ क ने.का.प. २०३८ अङ्क ६ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको रि.फु.नं. ४८ फैसला भएको मिति : ०३८।६।१६ मा निवेदक : श्री ५ को सरकार अर्थमन्त्रालय अन्तःशुल्क विभाग विरुद्ध विपक्ष : जि.ध.तुल्सीवाई जब्दी गा.प.वार्ड नं. ३ बस्ने बैजनाथ चौधरी विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) पट्टा कबुलीयत हुँदा ०३२ साल वैशाख १ गतेदेखि ०३२ साल चैत्र मसान्त तक वर्ष १ लाई रकम चलन गर्ने ठेक्का बन्दोबस्त भई सो अवधि समाप्त भएको सूचना नपाए सम्मलाई अमानतमा चलाउनु पर्ने पट्टा कबुलीयत भएको हुँदा दुवै विषयलाई एउटै पट्टा कबुलीयत भएकोले अमानतमा चलाएको अवस्थामा ठेक्काकर, बिक्रीकर र आयकर दिनु नपर्ने भए सो कुरा उक्त पट्टा कबुलीयतमा उल्लेख हुनुपर्ने तर सो नभई उक्त पट्टा कबुलीयतको तपसीलको ४ दफामा प्रचलित दरबन्दी बमोजिम ठेक्काकर, बिक्रीकर र आयकर समेत किस्ताको साथ साथै अग्रिम बुझाउने कबूल भएकोले ठेक्का र बिक्रीकर आयकरमा विपक्षी अन्तःशुल्क विभागले पक्रन पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. त्रिलोकप्रताप राणा : निवेदकले निवेदकले ०३२ साल बैशाख १ गते देखि ०३२ चैत्र मसान्त तक वर्ष १ को लागि जि. महोत्तरीको मद भट्टी लट नं. १,२,३ को मद भट्टी रकमको ठेक्का उक्त साल १ को रू.६,१४,०००। ठेक बुझाउने गरी लिएको रहेछ पट्टाको प्रकरण १ मा अन्य कुराको अतिरिक्त समयमा नै ०३२ साल चैत्र मसान्त पछिलाई ठेक्का बन्दोबस्त हुन नसकेमा वा कुनै व्यवस्था हुनसकेको सूचना नपाए सम्मलाई ०३२ साल वैशाख १ गते देखि ०३२ साल चैत्रमसान्त तकको ठेक्का चलाएको क्षेत्रको ठेकअकंको दामासाहीले हुनेरकममा ठेक्का चलाएको क्षेत्रको पछि ठहरे बमोजिम हुने गरी अस्थायी रूपमा अमानतबाट रकम चलाई नै रहनु पर्नेछ पछि लेखिएअनुसार अमानत नचलाएमा सरकारलाई हुने नोक्सानी तपाईंबाट प्रचलित कानूनबमोजिम असूल उपर गरिनेछ अमानत चलन गर्दा ७ दिनको दरले लाग्ने रकम अग्रिम किस्ता कार्यालयको धरौटी खातामा जम्मा गर्दै जानु होला भन्ने पनि रहेछ । २. विपक्षी कार्यालयबाट तपाईंको पट्टा कबुलीयतको शर्त अनुसार ०३२ साल चैत्रसम्म चलन गरेको लट क्षेत्रको ठेक अंकको दामासहीले ०३३ साल वैशाख १ गते देखि ०३३–३० र ०३३।४।२६ सम्मको हर्जाना रकम ठेक्काकर, अग्रिम आयकर तथा बिक्रीकर समेत जम्मा रू.३०९७५६।८६ दाखिल नगर्नुभएकोले ७ दिनभित्र दाखिल हुन नआए ऐन नियम बमोजिम असूल उपर हुने व्यहोरा जानकारी गराएको छ भन्ने समेत ०३३।३।५ मा र त्यसपछि ०३३।५।२५ मा ०३३।१।१ देखि पट्टा उठाएको मिति तक निम्न दिनको साविक ठेक अंकको दामासाहीले निम्न अनुसार हर्जाना रकम सोको लाग्ने सुद तथा बाँकी ठेक्काकर, आयकर साथै बिक्रीकर सहित यस कार्यालयमा दाखिल गर्न ल्याउनु होला अन्यथा प्रचलित कानूनबमोजिम हुने कुरा समेत अग्रिम सुचित गरिन्छ भन्ने समेत व्यहोराकोपत्र निवेदकलाई पठाएको रहेछ, सो समेत बदर गराई माग्न प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ । ३. रकम र ठेक्का ऐन, ०२० को दफा ११ मा