निर्णय नं. १४७३-१ - दर्ता बदर समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४७३-१ - दर्ता बदर समेत भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०६/०४ २४४९ निर्णय नं. १४७३ क ने.का.प. २०३८ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको डि.दे.पु.नं. २६१ फैसला भएको मिति : ०३८।६।४ मा वादी : का.न.पं.वार्ड नं. १७ क्षेत्रपाटी बस्ने भवविक्रम राणा विरुद्ध प्रतिवादी : का.जि. क्षेत्रपाटी धोबीचौर बस्ने कोमलप्रसाद उपाध्याय मुद्दा : दर्ता बदर समेत (१) अ.बं.१३३ नं. को प्रयोग कुन हालतमा हुने हो भन्ने अधुरो कुरा खुलेकोलाई पुरा गर्न पर्‍यो भने मात्र नखुलेको कुरालाई खुलेको अंशबाट कागज गराउन हुन्छ । दर्तावालाको नाम, जग्गाको नाम नै खुल्दैन भने झगडा परेको जग्गा कुन दर्ताको हो वादीको हक कसरी भएको हो नखुलेकोले नै अर्को कागज गराउन पनि सोध्ने कुरा पाइँदैन । यस्तो अधुरो फिरादबाट इन्साफ हुन नसक्ने। (प्रकरण नं. ११) वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या. हेरम्बराज : विवादको चोक बाटो पहिले हाम्रो एकै पूर्वजको भई पछि बण्डा हुँदा बण्डावालाले बिक्री गर्दा बाहिरीयाको हातमा कुनै घर जग्गा पर्न सम्म गएको हो । सो खरीद बिक्री गर्दा कुनै किसिमबाट किल्ला गलत लेख्न गएको भरमा यथार्थ बस्तु स्थितिलाई फरक पारी लिखतमा लेखे पनि सो रजिष्ट्रेशनको १६ नं. ले कायम नहुने प्रष्ट छ । ३ नं. नापी गोश्वराले ०३५।८।६ मा निर्णय गर्दा कि.नं. ५२७ को जग्गा मनोहरप्रसादको नाममा कि.नं. ५२३ को माधवप्रसादका नाउँमा अस्थायी दर्ता गरी दिने र कि.नं. ५२५ भव विक्रमको घर मुनीको बाटो भनिएपनि सोबाटो कि.नं. ५२६, ६२८, ५२४, ५३५, र ५३६को मात्र बाटो हुँदा उल्लिखित कित्ताहरूको मात्र सगोलको हो कि.नं. ५२३ को सबैको दशै घरमा बलिदिने अर्थात सो कित्ता देखि पूर्वपट्टि दशैं घर छ र त्यसमा कि.नं. ५२५ को र ५२४ को काठको झ्याल खुल्ला राखी सो चोकको चलन गर्दै आएको र सो चोकको बीचमा बली गर्ने मौलाहरू समेत छन् । कि.नं. ५२७ को हकमा कि.नं. ५२५ को घर मुनीको बाटो सोही चोकबाट कि.नं. ५३४, ५३५, ५३६ र ५२८ मा जाने प्रष्ट हुनले कि.नं. ५२३ हाम्रो साझा चोक कायम गरी माधवप्रसादको नामको अस्थायी दर्ता बदर गरी र कि.नं. ५२३ को हकमा कि.नं. ५२५, ५२६, ५३४ र कि.नं. ५३५ मात्र भोग गरी हामीहरूको मात्र साझा एकलौटी चोक दर्ता गरी मनोहरका नाउँको अस्थायी दर्ता गर्ने गरेको निर्णय समेत बदर गरिपाउँ भन्ने फिराद दावी रहेछ । २. वादी दावीको घर जग्गामा निजहरूको कुनै हकछैन भन्ने कुरा फिराद प्रकरण ५ बाट प्रष्ट हुन्छ । त्यसकारण हकदैया नपुगेको नालेसबाट इन्साफ तहकीकात गर्नु अ.बं.८२ नं. ले मिल्दैन विवादग्रस्त जग्गाको मोल बिगो खुलाई कोर्टफी समेत दाखिल गरेको देखिन्न विवादास्पद जग्गाको हक बेहक नभई उसै जग्गाको दर्ता सदर बदर गर्ने प्रश्न उठदैन । हाम्रो दर्ताको घर जग्गालाई अर्कै क्षेत्रको गैरकानूनी लिखतबाट दावी गरेको अमान्य घोषित गरी सो हाम्रो चोक पटाङगीन अस्थायी दर्ता गर्ने गरी गरेको र सोको अभिन्न घर जग्गा इनारबाटो समेत सबै पूर्ववत हामै्र हकसदर कायम राखी झुठ्ठा पक्राउबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर जिकिर रहेछ । ३. कि.नं. ५२७ मनोहरप्रसादले आफ्नै नाउँमा र कि.नं. ५२३ माधवप्रसादले आफ्नै नाउँमा मात्र दर्ता गराएको देखिँदा बेगल–बेगल कित्तामा बेगल–बेगल व्यक्तिले दर्ता गराएको भन्ने देखिन आएबाट