निर्णय नं. ३५३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०९/१२ २६७९ निर्णय नं. ३५३ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा २२ सालको रीट नम्वर ४५ निवेदक : किस्मतबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : रूपन्देही जिल्ला, उखडा ट्राईब्युनल (भैरहवा) मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) नेपाल विशेष अदालत ऐन, २०२३ को अधिकार प्रयोग गर्ने ट्राईव्युनलले किनारा गरे उपर अपील नलाग्ने भन्न नमिल्ने । उखडा ऐन, २०२१ को दफा ७ मा उल्लेख अन्तिम किनारा भन्ने वाक्याशंले अपील नपरेसम्म जुनसुकै तहको अदालतले गरेको फैसला वा आदेश अन्तिम नै हुने भन्ने न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १० मा उल्लेख हुँदा उखडा ऐन, २०२१ को दफा ७ ले नेपाल विशेष अदालत ऐन, २०१३ को अधिकार प्रयोग गर्ने ट्राईव्युनलको आदेश फैसला अन्तिम हुने भन्न नमिल्ने । अपील लाग्ने । त्यस्तो गठित ट्राईव्युनलले कार्यविधि अपनाउँदा नेपाल विशेष अदालत ऐन, २०१३ को कार्यविधि अपनाउने सबै अधिकार उक्त ऐनको दफा ८ को उपदफा (१) ले किटान गरेको देखियो । उक्त दफा ८ को उपदफा (२) मा ट्राईव्युनलले गरेको केही आदेश वा फैसला उपर स.अ.मा अपील लाग्ने व्यवस्था भएको देखियो । तर ऐ ऐनको दफा ९ बमोजिम गरी आएको मुद्दामा अपील नलाग्ने भनी किटानी व्यवस्था कतै भएको देखिन्न । यस्तो स्थितिमा नेपाल विशेष अदालत ऐन, २०१३ को अधिकार प्रयोग गर्ने ट्राईव्युनलले किनारा गरे उपर अपील नलाग्ने भन्न मिलेन । उखडा ऐन, २०२१ को दफा ७ मा उल्लेख भएको अन्तिम किनारा भन्ने वाक्याशंले अपील नलाग्ने होकि भन्न केहि शंका गुज्रन आउँछ । तर अपील नपरेसम्म जुनसुकै तहको अदालतले गरेको फैसला वा आदेश अन्तिम हुने नै भएको भन्ने न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १० बाट देखिएकोले उक्त वाक्यांशबाट ऐनमा प्रष्ट व्यवस्था नभएसम्म अपील नलाग्ने भनी भन्न मिलेन । अतः कानूनबमोजिमको अपीलको म्याद दिनु भनी रूपन्देही उखडा ट्राईव्युनलाई आदेश दिनु पर्ने ठहर्छ । (प्रकरण नं. ११) निवेदक तर्फबाट : एडभोकेट मधुप्रसाद विपक्षी तर्फबाट : सि.एडभोकेट रमानन्दप्रसाद सिंह आदेश १. उखडासम्बन्धी ऐन, २०२१ को दफा ९ को उखडा जग्गाको हक बेहक मुद्दा यो ऐन प्रारम्भ भए पछि दफा ७ अनुसार गठित ट्राईब्यूनलमा सरी कारवाही हुनेछ भन्ने छ । २. उक्त जग्गामा यही हालको उजुरवाला थगनीका लोग्ने मोनल ईनलका बाबु विदेशीले पोत नबुझाई बाँकी राखेमा मेरो परासी ई.अ.मा नालेस परेकोमा ई.अ.बाट र जि.अ.तौलिहवाबाट जिती पाएबमोजिम जग्गा चलन समेत पाएको छु । ३. सो विदेशीसँगको पोत मुद्दामा हामी गंगालक्ष्मी किस्मतबहादुरको जग्गाबाट निष्काशित गरी पाउँ घर बनाउन नपावस् भन्ने म किस्मतबहादुरको र ईन्साफ दोहराई पाउँ भन्ने विदेशीको समेत निवेदन परी हदमुनीको हुँदा इन्साफ जाँच हुने श्री प्र.न्यायाधीशका आदेशबमोजिम स.अ.मा मुद्दा दायर छ र विष्णुकुमारी विदेशीको मुद्दामा विदेशीको अपील परेबाट मुद्दा ऐ.मा दायर छ । ४. मालमा रु.२३२।७५ को विदेशीले धरौट राखी चलेको मुद्दा ०२०।५।२३ मा आयकर अदालतबाट फैसला भएको । हाल सर्वोच्च अदालका आदेशबमोजिम आयकर अदालतमा छ । ५. उक्त लेखिए मुताविक मुद्दा चल्दै आएको अन्तिम निर्णय हुन बाँकी नै भएको कुरामा लोग्ने बाबु विदेशी र जि.किस्मतबहादुर मिली हारजित गरेबाट ०१२ सालमै बन्डा पाई हाम्रो हक भएको उखडा जग्गा हुँदा हाम्रो हक होस । सो फैसला बदर होस भन्ने समेत मोनल ईन