निर्णय नं. ३५४ - डाका खुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५४ - डाका खुन भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/११/१८ ३४५४ निर्णय नं. ३५४ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधी श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी २०१९ सालको फौजदारी फु.नं.४० निवेदक : सदर जेलमा थुनिएको डम्वरबहादुर कार्की क्षेत्री विरुद्ध विपक्षीको : देवथारु समेत मुद्दा : डाका खुन (१) कस्तो तर्क, कुरा असामयीक र अव्यवहरिक हुने ? तत्कालीन प्रधान न्यायाधीश समक्ष अघि पेश हुँदा पनि प्रस्तुत मुद्दाको कारवाहीमै कैयौ व्यक्तिले सफाइ र सजाय समेत पाइसकेका हकमा मुल्तवी समेत रहने भएको यस्तो सरकारवादी हुने खुन डाका मुद्दा कसरी किन कारवाही भयो ? भन्ने कुराको १३।१४ बर्ष पछि अहिले प्रश्न उठाई तत्कालीन अमिनी समेत बसी कारवाही गरेको यो मुद्दाको कारवाही बदर गर्न असामयीक र अव्यवहारिक हुन जाने देखिन्छ । (प्रकरण नं. ४३) (२) इच्छा विरुद्ध बयान गराए भन्ने जिकीर भएमा सो को सबुद गुजार्न सक्नु पर्ने । मौका वारदातमा चिनेको भन्ने समेत भई साविती बयान भएमा इच्छा विरुद्ध भएको बयान भन्न नमिल्ने । स्वयं सावित भई बयान गरेको देखिएको सो बयान कुटी पिटी मेरो इच्छा विरुद्ध गराएका हुन भन्ने जिकीर छ । तापनि सो कुरा कायम गराउन सकेको सबुद नदेखिएको र डाकाको वारदात मौकैमा निजलाई चिनेको भनी माल धनी नकछेदिको स्वास्नीले चिनें भनी निजले भन्थी भनी साविती गोहल चौधरी समेत ७ जनाले भनेको समेत देखिएबाट निज डम्वरबहादुरको साविती बयान निजको इच्छा अनुकुल साँचो व्यहोराको रहेछ भन्ने सिद्ध हुन आएकोले निज डम्बरले उक्त डाका वारदात गरेको होइन भन्न मिलेन । (प्रकरण नं. ४४) निवेदक तर्फबाट : सि.ए.कृष्णप्रसाद भण्डारी १. ०८ साल माघ ७।२ को राती नचिनेका डाकाहरू आई फेकंब दनुवारलाई बन्दुकले हानी मारी नगद समेत जम्मा बिगो ११८२।।। को धनमाल डाका गरी लग्यो भन्ने समेत विल्टकुमार दनुवार, ०८।१०।८।३ को राती नचिनेका डाकाहरू आई दाजु हेमन थारु रक्सु थारुलाई सलबाँधी जलाई मारी मेरो स्वास्नी र बुहारीले लगाई राखेको सुनको २ तोलाको अनि जोर २ को बिगो रु.२२० डाका गरी बिगो रु.१२१०३ बाह्रहजार एकसय तीनको घर धनमाल जलाई नोक्सान गरेको डाकाहरूले मो.वि.गो.नं.६५९ को बन्दुक १ र ग्रामोफोन १ समेत छाडी गए । डाका पत्ता लगाई नोक्सानी बिगो समेत दिलाई पाउँ भन्ने देव थारुको बयान । २. हामीहरूका घरमा पनि डाका आई लेखिएबमोजिम धनमाल डाका गरी लगे भन्ने समेत चोरन थारु, पल्ट थारु, सेपल थारु, धनीलाल दनुवार, पल्टादनुबार जोलाई दनुवार, बिन्चा दनुवार, नेबिलाल दनुवार, भरहनथामी, बुद्धिलाल, तनुलाल, रेशम लाल थारु, नकछेदी थारु समेत वादीहरूको उजुर बयान । ३. मंगला, रमा, गनपत मुसहर आई भनेबाट मैले हाथमा लाठी लिई गनपत्त मुसहर समेत चिनेका १२ जवान समेत भई नकछेदीको घरमा यो एकपटक डाका गरेको हुँ भन्ने समेत प्र.कर्मा मुसहरको बयान । ४. ०८।१०।८ गते राती गोहलले डर त्रास देखाए पछि गोहल समेत चिनेका १२ जवान र अरू नचिनेका समेत भई पहिले रेशमलाल कहाँ त्यसपछि नकछेदीको घरमा डाका गरेको हौं । सो डाका गरेपछि रु.२० हिस्सा लिएको हुँ भन्ने समेत प्रभरता कामीको बयान । ५. ०८।१०।८ गतेको रात गनपत्त मुसहर आई धम्की लगाएकोले चिनेको कर्मा मुसहर समेत चिनेका ८ जवान र अरू नचिनेका समेत भई डाका गरी गनपत्त मुसहरले दिएको रु.२० भाग लिएको हुँ । सजाय पाएको र अन्त डाका गर्न गएको छैन भन्ने समेत प्र.वावुराम थारुको बयान । ६. राधे थारुको डाका मुद्दा समेत