निर्णय नं. ३५५ - गौबध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५५ - गौबध भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०१/१० ४५०२ निर्णय नं. ३५५ ने.का.प. २०२३ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत न्यायाधीश श्री कालीप्रसाद उपाध्याय २०२२ सालको पहिलो रिभिजन फौ.फु.नं.३६ निवेदक : हाल सदर भद्रगोल जेलका बन्दी गणेशलाल प्रजापति विरुद्ध विपक्षी : श्रीप्रसाद उपाध्यायको जाहेरीबाट श्री ५ को सरकार मुद्दा : गौबध (१) साविकको मुलुकी ऐनको चौपायाको १ नम्वर–मारौं भनी मतलव गरी गाई गोरु बाछा बाछी मारे मार्न लगाए बात लाग्ने । मारौं भन्ने मतलव नलिई चौपायाको धनीसँगको रिसइवी साधन गर्ने मनसायसम्म पनि नदेखिए र हानेको घाउ चोटबाट गोरु मर्न गएमा चौपायाको ६।१३ नम्वरबमोजिम सजाय गर्न नमिल्ने र चौपायाको २ नम्वरमा उल्लिखित अवस्थाको देखिने हुँदा चौपायाको १७ नम्वरबमोजिम सजाय हुने । तत्काल प्रचलित चौपायाको १ नं.मा मारौं भनी मतलव गरी गाई गोरु बाछा बाछी मारे मार्न लगाएमा बात लाग्छ भन्ने उल्लेख भएको । प्रस्तुत केशमा निज नेपाल भन्ने गणेशलालले मारौं भन्ने नै मतलव गरी चोट छाडेको भन्ने कुरा मिसिल प्रमाण कतैबाट देखिन नआएको र यदि मार्नाकै मतलव गरेको भए पहिले १ चोट हानी घाइते भईसकेको पशु जातीलाई अरू पनि चोट थपी तत्काल मार्न पनि सक्ने अवस्था परकै । तर सो अनुसार भए गरेको पनि नदेखिएको । गोरुको मालिक श्रीप्रसादसँग कुनै रिसइवी भएको कारणले सो रिस ईवी साधन गर्न चोट प्रहार गरेको भन्ने भनाइ पनि नभएकोले समेत मार्नाकै मतलव गरी चोट छाडेको रहेछ भन्न नहुने हुँदा उक्त चौपायाको १ नं.को कसुरमा मिल्न नआउने र मारौं भन्ने मतलवको अभावमा यस्तो कसुरमा ऐन ६।१३ नं.बमोजिमको सजाय लाग्न पनि नसक्ने समेत हुँदा निज नेपाल भन्ने गणेशलाललाई चौपायाको ६।१३ नं.लगाई कैद वर्ष १२ गर्ने गरेको मिलेको देखिएन । (प्रकरण नं. १८) (२) चौपायाको २ नं.मा मारौं भन्ने मतलव नगरी उपकारका निमित्त वा अरू केही कुरा गर्दा अकस्मात लाग्न गई वा केही भई गाई गोरु मर्न गएको भए भवितव्य ठहर्छ भन्ने उल्लेख भएको र प्रस्तुत केशमा उपकारका निमित्त गरेको भन्ने नभए पनि प्रतिवादी नेपाले भन्ने गणेशलालले आफूले मेहनत गरी लगाएको आफ्नो जग्गाको मकै बाली खाई दियो भन्ने कुराको तत्काल रिस थाम्न नसकी सो गोरुलाई धपाउन आफ्नो हातमा भएको खुर्पाले १ चोटसम्म हानेको । अकस्मात खुट्टामा लाग्न गई काटिई कडा चोट परी मर्न गएको भन्ने देखिएकोले उपरोक्त चौपायाको २ नं.मा उल्लेख भएबमोजिम केहि कुरा गर्दा अकस्मात लाग्न गई भन्ने भवितव्यकै परिभाषा भित्र पर्न आउने कसैका गाई गोरुलाई कुट्दा भवितव्य भई गाई गोरु मर्न गएमा बिगो भराई बिगोबमोजिम दण्ड गर्नु भन्ने चौपायाको १७ नं.उल्लेख भएको समेत हुँदा सोहि चौपायाको १७ नं.बमोजिम सजाय हुने भवितव्यको कसुर ठहर्छ । (प्रकरण नं. १८) निवेदक तर्फबाट : प्ली सुधानाथ पन्त वादी तर्फबाट : ग.ए.रतनलाल कनौडिया फैसला १. मैले यहि आषाढ २७ गते बस्तु चराउन लगेकोमा माले बहर गोरु बगालसँग छाडी हराएकोले खोजी गर्दा बिफे चौरमा फेला परेको । गोरुको पछाडिको खुट्टामा घुँडामाथि काटिएकोले कस्ले भनी हल्लाखोर गर्दा ५०।५१ बोट मकै खाएकोले मैले काटी दिएको हुँ भनी नेपाल भन्नेले भनेकाले सजाय गरी पाउँ भन्ने ०१८।३।३० को र गोरु श्रावण ११ गते मरेकाले लासजाँच बुझ गरी जुन सजाय गर्नु पर्छ गरी पाउँ भन्ने समेत ०१८।४।१२ को समेत श्रीप्रसादको दर्खास्त । २. गोरु मरी रहेको पछाडीको दायाँ खुट्टा घुँडामाथिको डढेल्ना