निर्णय नं. ३५७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०७/१६ २६३९ निर्णय.नं.३५७ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२२ सालको रीट नम्वर ३२/९० निवेदक : विष्णुप्रसाद थारु विरुद्ध विपक्षी : रूपन्देही उखडा ट्राइवुनल १ विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ (२) ले उखडा ट्राइवुनलको निर्णय अन्तिम नहुने–ट्राईबुनलको निर्णय उपर अपील लाग्ने । उक्त दफामा अन्तिम किनारा लगाउने भन्ने वाक्यांशले ट्राइवुनलको निर्णय अन्तिम हुने र त्यस उपर कुनै अपील नलाग्ने भन्ने कुरालाई जनाउछ कि भन्ने तर्क गर्न उक्त ऐनको दफा ८ को उपदफा २ ले नमिल्ने हुन आउँछ । उक्त उप दफा यस प्रकार छ : दफा ६ को उपदफा २ अन्तर्गत तोकिएको अधिकारीले वा सोहि दफाको उपदफा १ अन्र्तगत ट्राईव्युनलबाट गरेको सजायको आदेशमा रु.१०,०००।–भन्दा बढी बिगो भएको मुद्दामा ट्राइवुनलले गरेको फैसला वा निर्णय उपर सर्वोच्च अदालतमा अपील लाग्ने छ । उक्त उपदफाले दफा ६ को उपदफा १ र २ अन्र्तगतको सजायको आदेश मा रु.१०,००० भन्दा बढी बिगो भएका मुद्दामा ट्राइवुनल वा अधिकारीले गरेको निर्णय फैसला उपर सर्वोच्च अदालतमा अपील लाग्ने व्यवस्था गरेको पाइन्छ। (प्रकरण नं. ५) (२) उखडासम्बन्धी ऐन, २०२१ को दफा ६ (१) मा ट्राइवुनल शब्द उल्लेख नभएको, दफा ८ (२) मा दफा ६ (१) मा अन्र्तगत ट्राइवुनलबाट गरेको सजायको आदेश भन्ने वाक्यांशले दफा ५ (४) को मुद्दामा भएको निर्णयलार्ई संकेत गर्ने, दफा ८(२) ले दफा ७ बमोजिमको ट्राइवुनलले दफा ५ (४) को मुद्दाको निर्णयउपर अपीलको व्यवस्था गरेकै । दफा ७ को अन्तिम किनारा भन्ने वाक्यांशले अपीलै नलाग्ने भई अन्तिम हुने भन्न नमिल्ने । (प्रकरण नं. ६) ट्राइवुनल भन्ने शब्द कतै प्रयोग भएको देखिंदैन दफा ५ को उपदफा ४ मा मात्र सो शब्द प्रयोग भएको देखिन्छ । दफा ८ को उपदफा २ मा दफा ६ को उपदफा १ अन्र्तगत ट्राईव्युनलबाट गरेको सजायको आदेश भन्ने वाक्यांशले दफा ५ उपदफा ४ बमोजिमको मुद्दामा भएको ट्राईव्युनलको निर्णयलाई संकेत गरेको संकेत गरेको प्रष्ट छ । अतः दफा ८ को उपदफा २ ले दफा ७ बमोजिम गठित ट्राईव्यूनलले दफा ५ को उपदफा ४ बमोजिमको मुद्दा किनारा गरे र अपीलको व्यवस्था गरेको हामी पाउँछौं । यसबाट दफा ७ को अन्तिम किनारा लगाउने वाक्यांशले अपीलै नलाग्ने भई अन्तिम हुने भन्ने मनसायबाट सो वाक्यांश प्रयोग भएको भन्न मिल्दैनन । (प्रकरण नं. ६) (३) उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ (२) मा दफा ६ (१) र (२) को कुरामा अपीलको व्यवस्था दफा ९ को मुद्दाको हकमा अपील लाग्ने नलाग्ने भन्ने कुरा उल्लेख नभएको ट्राईव्युनलले नेपाल विशेष अदालत ऐन, २०१३ बमोजिम कार्यविधी अपनाउनु पर्ने हुँदा उखडासम्बन्धी ऐनको दफा ९ बमोजिमको मुद्दामा ऐनले प्रष्ट रूपले अधिकारबाट वञ्चित नगरेमा अपील दिन पाउने नै । दफा ९ बमोजिमको मुद्दाको लागी अपील लाग्ने नलाग्ने भन्ने कुराको कुनै उल्लेख भएको देखिंदैन । दफा ८ को उपदफा १ मा दफा ७ बमोजिम गठित ट्राईव्युनललाई र दफा ६ को उपदफा २ बमोजिम तोकिएको अधिकारीलाई नेपाल विशेष अदालत ऐन, २०१३ बमोजिम गठित विशेष अदालतलाई भएको सबै अधिकार प्राप्त हुने छ र सो ट्राईव्युनल वा अधिकारीका समक्ष पेश भएको मुद्दा मामिलामा सोही ऐनबमोजिमको कार्यविधि अपनाइनेछ भन्ने उल्लेख भएको छ । उक्त उखडासम्बन्धी ऐनमा दफा ९ बमोजिमको मुद्दामा ट्राइवुनलको निर्णयउपर अपील ल