निर्णय नं. ३५८ - घुस खाने खुवाउने गरी झुट्टा बके जालसाज गरे भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५८ - घुस खाने खुवाउने गरी झुट्टा बके जालसाज गरे भन्ने भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१०/२८ ३०४१ निर्णय नं. ३५८ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवती प्रसद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री २०२१ सालको फौ.फु.नं.६७ निवेदक : देवी माया श्रेष्ठ विरुद्ध विपक्षी : पद्मनारायण श्रेष्ठ समेत मुद्दा : घुस खाने खुवाउने गरी झुट्टा बके जालसाज गरे भन्ने (१) घुस खायो र कर्जा खाने मानिस हो भन्ने कुराको सबुद सो खायो, त्यस्तो मानिस हो भन्नेले पुराउनु पर्ने । कृष्णबहादुर समेतले घुस लिएको र उमाकान्तले इन्द्रनारायणको दाजु बाबुसँग कर्जा खाएको समेत सबुद पुर्‍याउन नसकेकी र उमाकान्त आफू वादी खडा भई करणी गर्भ टाउकेको हो भन्ने पोल उजुर गरेको नभई देवीमायाको करणी गर्भ टाउकेको हो भनी बकपत्र गरेकोलाई झुट्टा पोल गरेको भन्न पनि नमिल्ने । (प्रकरण नं. ११) (२) अरुको सिक्लौटमा लागी रूपैया समेतको प्रलोभनमा परि नगरे नभएको कुरा गरे भएको भनेमा जालसाज गरेको ठहर्ने तिमीलाई केहि हुँदैन भनी कृष्ण दास श्रेष्ठले कागज गरी दिएको हुनाले म केही नजान्ने लाटो सुधो मानिस भई अड्डामा गई नमालुम के के कागजमा हो सहीछाप गरी दिएको हुदे वीमायालाई मैले करणी गरेको छैन भन्ने समेत १९।२।८।२ को दर्खास्तसाथ कृष्णदासले गरी दिएको भन्ने १०।९।२।४ रर्नी को घर छोप्राक मा बराबर महिनाको कागज पेश गरेको त्यसमा देवीमायाको गर्भ जातकको नुवारान गर्न निज टाउके भन्ने भीम नारायणले प्रतिवादी जोडी पेरवी गर्ने र प्रतिवादी जोडने काम गरी सकेपछि कृष्णदासले पद्म नायायनबाट निज टाउके भन्ने भीम नारायणले रु.३०० दिलाई दिन समेत शर्त लेखिएको सो कागज पद्मनारायणको सल्लाह समेतबाट कृष्णदासले गरी दिएकै र देवी मायाको गर्भ जातक गोविन्द भन्ने इन्द्रनारायण समेत ठहरी न्वारान गराई पाउँ भन्ने मुद्दापटि आजै यस बेञ्चबाट फैसला भएकोले आफूले वादी देवी मायाको करणी नगरेको कुरामा पद्मनारायण इन्द्रनारायणको जाल खामसमा लागी न्वारान गराई पाउँ भन्ने मुद्दामा म्यादमा हजारै नभई गुजारेको र उक्त कागजमा लेखिएको शर्तबमोजिम रु.३० आफूले पाउने लालचाबाट देवीमायाको करणी मैले गरेको भनी प्रस्तुत मुद्दामा प्रतिवादी दिएको समेत प्रष्ट हुन आएको हुँदा यस स्थितिमा निज टाउके भन्ने भिम नारायणले देवीमायाको करणी गरेको रहेछ भन्न समेत मिलेन । तसर्थ, उक्त कारणहरुबाट देवीमायाका गर्भजातक टाउके भन्ने भिमनारायणको नठहराएको समेत अपील दोश्राको अ.ख.दोयराजको राय पर्चा मनासिव र निज टाउके भन्ने भिमनारायण प्रतिवादी इन्द्रनारायण र पद्मनारायण समेतको जालखाम समालागी देवीमायाको करणी मैले गरेको भनी झुट्टा प्रतिवादी दिएको समेत ठहर्छ । (प्रकरण नं. १२) फैसला १. इन्द्र नारायणसँगको न्वारान गराई पाउँ भन्ने मुद्दामा प्रतिवादीका साक्षी ७ जना र पेटवोलीको टाउके नेवार वादीको साक्षी जीतबहादुर समेतले साँचो कुरा नबकी १०।४।२० गते बिहान ६ वजेको टायममा पद्मनारायणले जितबहादुर समेत ७ जना साक्षी लिई गोर्खा पोखरी चोक चाहान चौतारामा बसी ईज्जत जाने भो भारु.२ का दरले घुस दिन्छु भनी दिने, पद्मनारायण भई ०८ साल कार्तिक महिनामा नेपाल गएका ईन्द्र नारायणलाई भाद्रमा भएको हो । इन्द्रनारायणको करणी गर्भ होइन संख्या लाग्दैन भनी बकेको, टाउके नेवारको हो इन्द्र नारायणको होइन भन्ने टाउकेले पहिले टासेको म्यादमा हाजिर भई बयान गर्नुपर्ने जालखाममा लागी हाजिर नभई गुाजारी बसेको, उमाकान