निर्णय नं. ३५९ - चोरी पैठारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५९ - चोरी पैठारी भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१०/०४ ३९८१ निर्णय नं.३५९ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री कालीप्रसाद उपाध्याय २०१२ सालको फौ.फु.नं.१ निवेदक : खा.इ.मीनबहादुर शाही विरुद्ध विपक्षी : शंकरलाल माडवारी समेत मुद्दा : चोरी पैठारी (१) लुकाई छिपाई चोरीबाट माल ल्याएको नदेखिए र दिनको समयमा नै रेल्वेबाट माल ल्याएको देखिएमा र बजार अड्डा खोलेको दिनैमा लाग्ने महशुल तिरे बुझाएको देखिए चोरी पैठारी गरेको भन्न नमिल्ने । चोरी पैठारीको नियतले अबाटो समेतबाट लुकाई छिपाई ल्याएको भन्ने कसैको भनाइ नभई दिनको टायम एन.जि.आर रेल्वे बाटै ल्याएको देखिन आएको र खा.इ. मिनबहादुरले पक्राउ गर्दा सो कार्तिक ६ गते बिदाको दिन परेकोले भोलीपल्ट ऐजन ७ गते बजार अड्डामा लगी लाग्ने महसुल तिरे बुझाएकै समेत देखिनाले यस्तोमा चोरी पैठारी गरेको भन्न मिलेन । (प्रकरण नं. १७) (२) कस्तो कुरामा अड्डाका कर्मचारीलाई दोषि ठहराउन नमिल्ने ? शंकरलालले कार्तिक ६ गते पक्राउ गर्ने खा.इ.मिनबहादुरलाई पनि भनेको हुनु पर्ने त्यस्तो भनेको भन्ने खा.इ.मिनबहादुरको रिपोर्टबाट नदेखिएको र कार्तिक ६ गते तेल पैठारी गरी ल्याएको बजार अड्डाका कर्मचारीहरूलाई थाहा थियो भन्ने कुरा पेश भएसम्मका कागजातहरू कतैबाट प्रमाणित हुन सकेको पनि नदेखिनाले बजार अड्डामा माल लगिएको कार्तिक ७ गते नै लाग्ने महसुल लिई रसिद काटेका यस्तो कुरामा बजार अड्डामा कर्मचारीहरू दोषि हुन्छन् भन्नसमेत मिलेन । (प्रकरण नं. १८) फैसला १. १० साल कार्तिक ६ गते बिहान ९ बजे रेल स्टेशनमा गएको दुर्गादत्त नथुमलहरूको करुवा तेल ड्राम ३० को मन १५० रेलबाट झिकी दोकानतर्फ लैजान लगेका बजार तिरेको रसिद देखाउन भन्दा आज अड्डा बिदा हुँदा भोली ७ बजे बजार अड्डामा गई महसुल तिर्ने भनी माल जिम्मा लिई शंकरलाले भरपाई गरेकोले उचित कारवाही हवस भन्ने १०।७।२ को खा.ई.मिनबहादुरको रिपोर्ट दोकानको मुख्य मालिक मै हुँ । तेल कार्तिक ५ गते रक्सौलबाट विरगन्ज आई पुग्यो ६ गते डिलेभरीलिये बजार अड्डाको हाकिमलाई महसुल बुझ भन्दा आज बिदा भएकोले भोली बुझाउनु भनेकाले माल घरमा लगी महसुल बुझाएकोछु भन्ने १०।७।७ शंकरलालको बयान । २. श्रेस्ता हेर्दा, कार्तिक ७ गते तेल मन १५० को रु.२२५ शंकरलाल हस्ते महसुल दाखेल भएको देखिन्छ । रेलवेबाट ६ गते तेल आएको ७ गते रसिद गरेको देखिंदैन भन्ने विरगन्ज बजार अड्डाकोपत्र । ३. ६ गते मिनबहादुरले पक्रेको माल हाकिमले जाँची छाडेको नभए पक्राउ भए पछि आज बिदा भएकोले भोलि रसिद ल्याउने छु भनी भरपाई गर्न नसक्ने र सो माल बाहेक अरू माल त्यस मिती भित्रमा आएको रेल्वेको जवाफबाट नदेखिएको रेल्वेबाट आएको मालको लगत रेल्वेमा रहने स्टेशन पनि गोश्वारा नगीचै हुनाले बिहानको ९ बजे रेलबाट आएको माललाई चोरी ल्याएको भन्न नहुने बजार अड्डाले आफ्नो गल्ती बचाउनसम्म त्यस्तो जवाफ दिएको भन्नु पर्ने हुनाले चोरी पैठारी गरेको ठहर्दैन । हाकिमलाई देखाई सोही मालको भोलीपल्ट रसिद कटाएको ठहर्छ बजार अड्डाले ऐन छाडेको भन्नु परी रु.१० जरिवाना गर्ने भन्ने विरगन्ज गोश्वाराको १०।१०।१२ को फैसला । ४. चोरी पैठारी ठहर्ने माललाई नठहराई फैसला गरे, मिसिल झिकी जाँची पाउँ भन्ने खा.ई.मीनबहादुरको अर्थ मन्त्रालनमा रिपोर्ट परेकोमा जो चाहिने मिसिल झिकाई ऐन सवालबमोजिम मुद्दा हेर्ना निमित्त भ्र.नि.वि.मा लेखी पठाउने निर्णय भई आएकोले सोबम