निर्णय नं. ३६१ - परमादेशको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६१ - परमादेशको आदेश जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/११/२८ २६६१ निर्णय नं. ३६१ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२३ सालको रीट नम्वर २३२ निवेदक : गणेशप्रसाद भण्डारी विरुद्ध विपक्षी : त्रिभुवन विश्वविद्यालय विषय : परमादेशको आदेश जारी गरी पाउँ (१) युनिभरसिटि रेगुलेशनको परिच्छेद ८ को दफा ३९ सन् १९६५ देखि हुने एम.ए.द्वितीय खण्डको परीक्षामा भाइवा बोसी अनिवार्य विषयको हुने रेगुलेशनमा भएको कुरामा कर लगाइयो भन्न नमिल्ने । संशोधित रेगुलेशन प्रस्तावित भएको र सिडिकेटबाट २०२० साल भाद्र २० गते पारीत भएको रेगुलेशनको परिच्छेद ८ को दफा ३९ मा सन् १९६५ देखि शुरु हुने एम.ए.द्वितिय खण्डको परिक्षलाई भाइवा बोसी जाँच अनिवार्य हुने भन्ने प्रष्ट रूपमा उल्लेख भएको देखिएकोले अनिवार्य नभएको विषय भाइवा बोसीमा जाँच दिन कर लगाइयो भन्ने कुरा मिलेको देखिएन । (प्रकरण नं. ६) (२) प्रमाणको कागजातबाट पूर्वप्रकाशित देखिएमा र परीक्षार्थी स्वयं उक्त परीक्षामा सम्मिलित देखिएमा पूर्व सूचना नभएको भन्न नमिल्ने । पारीत भई भाइवा बोसी विषय राखिएको र सोबमोजिम गराउनको लागि सम्बन्धित कलेजहरूलाई २०२०।५।२४ गतेमा परिपत्र भएको र उक्त परिपत्रको आधारमा युनिभर्सिटि कलेजका प्रिन्सिपल सूर्यबहादुर शाक्यले ०२०।५।२७ गतेमा नोटिस वोर्डमा सो कुरा प्रकाशित गरेको मिसिल सामेल रहेको कागजहरूबाट देखिएको र निवेदकले स्वयं उक्त भाइवा बोसी परीक्षामा जाँच दिएको देखिएकोले निजले सो कुराको सूचना प्राप्त गरेको थिएन भन्ने निजको जिकीर पनि पुग्ने देखिएन । (प्रकरण नं. ७) निवेदक तर्फबाट : अधिवक्ता गणेश राज शर्मा । विपक्षी तर्फबाट : वरिष्ट अधिवक्ता देवनाथप्रसाद वर्मा । आदेश १. एम.ए.नेपाली परीक्षाको प्रथम खण्ड जाँच दिई पास भई सन १९६५ मा अन्तिम खण्डको समेत जाँच दिई द्वितिय श्रेण्ीमा उर्तिण भएको मेरो नाम रोल नं.पनि कार्तिक २।२०२२ को दिन गोरखापत्रमा प्रकाशित भयो १७ दिन पछि ०२२।७।१९ को गोरखापत्रमा भुलले उतिर्ण घोषित भएको भनी मलाई अनुतिर्ण धोषित गरियो । श्री ५ महाराजधिराज सरकारका जुनाफमा बिन्तीपत्र चढाउँदा निवेदकको चित्त बुझाई दिनु भनी हुकुम प्रमांगी पाएपछि विश्व विद्यालयले मलाई दिएको मेरो चित्त नबुझदो स्पष्टिकरण यस निवेदन पत्र साथै प्रस्तुत छ । विश्व विद्यालयद्वारा निर्धारीत एम.ए.नेपालीको सन् १९६२ को पाठ्यक्रम नै सन् १९६४।६५ को परिक्षाका लागी पनि कायम राखी त्यसमा केवल प्रथम र अन्तिम दुई खण्ड गराइएको कुरा मात्र त्रिभुवन विश्व विद्यालयको सूचना पाटीमा प्रकाशित गरियो भाइवा बोसी परीक्षा लिइने कुरा द्वितय खण्डको निमित्त परिक्षा समय तालिका प्रकाशित गर्दा मात्र जनाउ दिइयो पाठ्यक्रममा राख्दै नराखेको विषय मलाई जाँच दिन कर नलाग्ने यस्तो सूचना कसरी आयो भन्ने कुरा विश्व विद्यालयका अधिकारीहरूसँग बुझ्न जाँदा यस सम्बन्धमा हामी अहिले केहि भन्न असमर्थ छौ । पछि विचार गरिने छ जाँच दिदै जानुहोस् भन्ने मौखिक आश्वासनको भरमा जाँच दिए आफूलाई अनुर्तिण गरेको समाचार पाएपछि बुझ्न जाँदा भाइवा बोसीमा उर्तिण तुल्याउन नसकेको हुँदा अनुर्तिण भनी घोषित गरीएको हो भन्ने जवाफ पाइयो पाठ्यक्रमानुसार अध्ययन हासिल गरी डिप्री पाउनु पर्ने कानूनी अधिकारको हनन भएको कुरा प्रष्ट छ । पाड््यक्रममा समेत समावेश नभएको र अनिवार्य घोषित भएको भाइवा बोसी भनी मलाई अनुतिर्ण पार्नसक्ने अधिकार विश्वविद्