निर्णय नं. १४७४-१ - माना चामल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४७४-१ - माना चामल भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०५/०१ ३५७९ निर्णय नं. १४७४क ने.का.प. २०३८ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज गुरुघराना माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ साल दे.डि.पु.नं. ३१४ फैसला भएको मिति : २०३८।५।१ मा निवेदक : का.जि. का.न.पं. वडा नं. २६ कीलागल बस्ने प्राणमाया महजर्ननी विरुद्ध वादी : का.न.पं. वडा नं. २२ टेवहाल बस्ने सानु महर्जन मुद्दा : माना चामल (१) वादीलाई खान लाउन नदिई घरबाट निकाला गरेमा र निजको साथमा नावालक छोरासमेत भएकोले लोग्ने बाबु उपर फिराद परेको यस्तो अवस्थामा वादीले अंशबण्डाको १० नं. को आधारमा अंशमा दावी गर्न पाउने र वादीलाई प्रतिवादीले कुटपिट गरी घरबाट निकाला गरेको भन्ने तथ्य ठहर भएकोमा लोग्ने स्वास्नीको ४ नं. को ऐन लागू हुने । (प्रकरण नं. १०) वादी तर्फबाट :  पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त उल्लिखित मुद्दा :  फैसला न्या. हेरम्बराज : विपक्षी मध्ये नारायण महर्जन ससुरा प्राणमाया सासू बुद्धिनारायण पति हुनु हुन्छ । ०२१ सालमा विवाह गरी म घरमा बसेको थिए । ०२८ सालमा अष्टनारायण छोरा १ को जाय जन्म भएपछि सासू ससुरा समेतले मलाई खान लाउन नदिई कुटपिट गरी रहनु हुन्थ्यो । सही बसी रहेको थिए ०३१ साल भाद्र ४ गते नाबालक छोरा र मलाई समेत सासू ससुराले घरबाट निकाला गरिदिएकोले पिताको घरमा गई बसेको छु र पतिले मलाई समेत पन्छाई अर्को विवाह गर्ने उद्देश्यले सम्बन्ध विच्छेद मुद्दा चलाउनु भएको छ मलाई ०३१।५।४ गते देखि खान लाउन नदिई घरबाट निकाला गरेकाले सो मितिले आज ०३२।५।३ गते तक मलाई र नाबालक छोरालाई वर्ष १ को लागि खान लाउन चाहिने माना चामलको बिगो रू.२४००।२० दिलाई भराई पाउँ भन्ने सानु महर्जननीको फिराद दावी रहेछ । २. फिरद दावी झुठ्ठा हो । २०२१ सालमा विपक्षीलाई विवाह गरी घरमा ल्याए देखि नै नमिलेकीले ०२५।९।१० गते देखि हामीसँग मानो छुट्टि वेगल बसी आएकी र २०२७ सालमा नाति अष्टनारायण जन्मियो र २०४८।४।१ गते बुद्धिनारायण कामबाट आई छोरा स्वास्नीको खोजी गरे माईत गएको पत्ता लागे लिन जाँदा आइन भनी भन्यो र जानकारी पाएँ । विपक्षी एकाघरसँगमा नभई विपक्षीहरू पति पत्नीको झगडामा हामीलाई बिना कारण दुःख दिएको हो भन्ने नारायण महर्जन समेतको व्यहोरा र विपक्षी मेरा पत्नी हुन ०२१ सालमा विवाह भएपछि सगोलमा बस्दा दुःख भएकोले ०२५।९।१० गतेमा माता पितासँग छुट्टी अंश लिई भिन्न बसी र २०२७ सालमा छोरा जन्मियो । ०२८।४।१ मेरो मञ्जूर बेगर बराबर माईत जाने गरेकी र लिन जाँदा नआएकीले सम्बन्ध विच्छेदमा नालेस गरेको हुँ । विपक्षी माईत गई बसेकोमा सावितै भएकीले र म ज्याला मजूरी गरी खाने मानिस भएकोले मैले माना चामल दिनु पर्ने होइन भन्ने बुद्धिनारायण समेतको व्यहोराको संयुक्त प्रतिउत्तर रहेछ । ३. दशैंलाई घर जाँदा ढोका खोली नदिएको भनी वादीकै साक्षीले भन्न नसकेको र लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद मुद्दाको प्रकरण ३ मा घरमा जानु तयार छु भनी लेखेको आयस्ता यति नै हुन्छ भनी दुवै पक्षको साक्षीले बकपत्र गर्न नसकी निकालेको कुरासम्म वादीको साक्षीले बकेकोले लोग्नेका घरमा गई बस्नु मञ्जूर छँदैमा माना चामल दिलाउन नमिल्ने हुँदा लोग्नेको घर गई बस्नु भनी वादीलाई सुनाई दिनुभन्ने समेत काठमाडौं जिल्ला अदालको फैसला रहेछ । ४. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी सानु महर्जनको बा.अं.अ.मा पुनरावेदन परेको रहेछ । वादीको साक्षीले कुटपिट