निर्णय नं. १४७५-१ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४७५-१ - जबरजस्ती करणी भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०६/०६ २४५३ निर्णय नं. १४७५क ने.का.प. २०३८ अङ्क ६ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको फौ.पु.नं. २०४।२०५ फैसला भएको मिति : २०३८।६।६ मा वादी : श्री ५ को सरकार विरुद्ध प्रतिवादी : बा.अं. का.न.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने तीर्थबहादुर राना मगरसमेत मुद्दा : जवरजस्ती करणी (१) जबरजस्ती करणीको महलको ४ नं. मा उल्लेख भएको हुलहुज्जत गर्ने, जबरजस्ती लग्ने र समाउने इत्यादी जुनसुकै काम गरे पनि जबरजस्ती करणी गर्ने काममा सहयोग पुर्‍याएको मान्नु पर्छ । (प्रकरण नं. १४) वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा :  फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३६।३।२४ मा भएको फैसला उपर प्रतिवादीहरूको पुनरावेदन गर्न परेको अनुमतिबाट पुनरावेदन दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको पेश भयो मुद्दाको तथ्य यस प्रकार छ : प्रतिवादी मध्येको तीर्थबहादुरले मलाई २०२९।७।२४ गते जबरजस्ती करणी गरेको भन्ने ०२९।७।२५ को जाहेरवाला रमिलाको बयान कागज । २. म समेत भई मोटरमा राखी लगी मैले रमिलालाई करणी गरेको हुँ भन्ने प्र.तीर्थबहादुरको २०२९।७।२९ को कागज । ३. तीर्थबहादुर समेत भई रमिलालाई मैले चलाएको मोटरमा राखी धम्की दिएकोले मैले मोटर चलाई लाजिन्पाट पुर्‍याई दिएको हुँ भन्ने समेत प्र.राजेश खड्गीको कागज । ४. म समेत भई रमिलालाई मोटरमा राखी लगेको हुँ भन्ने समेत प्र.विष्णुबहादुर श्रेष्ठको कागज ०२९।७।२४ गते जय नेपाल चित्रघरबाट तीर्थबहादुर समेतले रमिलालाई आफ्नो घरमा ल्याई जबरजस्ती करणी गरे भन्ने कुरा सुन्यो, निजलाई जवरजस्ती करणी गरेकोमा पुरा विश्वास शंका लाग्छ निज तीर्थबहादुर र विष्णुबहादुर समेत खराब नियत चाल चलनका मानिसहरू हुन भन्ने समेत व्यहोराको २०२९।८।१३ को सरजमीन मुचुल्का । ५. विष्णुबहादुर समेतको मद्दतबाट तीर्थबहादुरले रमिलालाई जबरजस्ती करणी गरेको देखिनाले तीर्थबहादुर उपर जबरजस्ती करणीको १।३ र १० नं. बमोजिम र विष्णुबहादुर र राजेश र हाल पक्राउ नभएमा साने बस्नेत श्री प्याकुरेल रामकुमार उपर ऐ.ऐनको ४ नं. अनुसार कारवाही भई सजाय हुन ०२९।८।२६ को प्रहरी प्रतिवेदन । ६. रमिलालाई मेरो मोटरमा राखी लगेको होइन, प्रहरीमा भएको कागज डरले सहिछाप गरी दिएको हुँ भन्ने समेत राजेश खडगीको बयान । ७. मैले ट्याक्सीमा रमिलालाई राखी लगेको समेत होइन, प्रहरीले कुटपिट गरेकोले डरले प्रहरीमा भएको कागजमा सहिछाप सम्म गरी दिएको हुँ भन्ने समेत विष्णुबहादुरको बयान। ८. मैले रमिलालाई लगि करणी गरेको होइन, सो दिन बेलुका ६ देखि ९ बजेसम्म रात्री पाठशाला हाइस्कूल नक्सालमा पढन बसेको छु, प्रहरीमा मलाई कुटपिट गरी करेन्ट लगाई जबरजस्तीसँग कागजमा सहिछाप गराएको हो भन्ने समेत प्र.तीर्थबहादुरको ०३०।४।२५ मा बयान भएको । ९. २०२९।९।२८ मा प्र.श्री प्याकुराल, रामकुमार समेतको ३० दिने समाहृवान तामेल भएकोमा निजहरू हाजिर नभएको । १०. जबरजस्ती करणी गरेको सबूत वादी पक्षबाट पेश हुन नआएको र यस अदालतबाट निज रमिलालाई हाजिर गराउनु भनी लेखी गएकोमा वादी पक्षले हाजिर गराउन समेत नसकेको असप्तालको रिपोर्टमा शंका