निर्णय नं. १४७६-१ - अनियमित रूपले मदिरा सञ्चालन गरे भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४७६-१ - अनियमित रूपले मदिरा सञ्चालन गरे भन्ने भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०५/२१ ३६२६ निर्णय नं. १४७६क ने.का.प. २०३८ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३७ सालको फौ.पु.नं. १८,३,१,८४ फैसला भएको मिति : ०३८।५।२१ मा प्रतिवादी/ पुनरावेदक : मनासलु होटलका मेनेजिङ डाईरेक्टर का.जि.लाजिम्पाट बस्ने हृदयदास श्रेष्ठसमेत विरुद्ध प्रत्यर्थी/वादी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय काठमाडौं मुद्दा : अनियमित रूपले मदिरा सञ्चालन गरे भन्ने (१) मदिरा ऐन, २०३१ प्रारम्भ भएको ऐनले मदिरा राख्नलाई पनि इजाजतपत्र लिनुपर्छ भन्ने कुनै व्यवस्था गरेको देखिएन । मदिरा राख्नु अपराधजन्य कार्य हो भनी उक्त ऐनले दण्डनीय बनाएको नपाइने । (प्रकरण नं. २०) प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा उल्लिखित मुद्दा : फैसला न्या. धनेन्द्रबहादुर सिंह : न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अन्तर्गत पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. वि.जि.एसोसिएटेड ईन्टर प्राईजेज कम्पनी बागबजारको मदिरा स्टक जाँच गर्न बागमती अञ्चलाधिश कार्यालय अं.शु.का.काठमाडौंको कर्मचारी खटिई गई सोधनी गर्दा यस वर्ष विदेशी कुनै पनि मदिरा तथा वियर स्टक नभएको र यस आर्थिक वर्षमा पैठारी र निकासी गर्न इजाजत समेत लिएको छैन भन्ने पार्टनर विष्णुलालाको कागज । ३. यस फर्मको आ.व.०३१।३२ सम्म विदेशी मदिरा पैठारी गरी बिक्री गर्ने गरी बिक्री गरी आएको पत्ता नपरेकोले इजाजत नवीकरण नगराएको मदिरा स्टक नभएको सम्बन्धमा बा.अं.का.र अं.शु.का.बाट खटि आउनु भएका कर्मचारीलाई कागज गरी दिइसकेको पुनः सोधनी हुँदा मदिरा हामीले होटल मनासलुका लागि डिलर रूपमा झिकाई दिएको हो । यस्को भन्सार महसूल हामीले तिरी ल्याएको छ । चुक्ता गरेपछि निजहरू लाई नै माल जिम्मा दिन्छौ हामी बिक्री गर्दैनौं । उक्त मदिरा बेल्जियमबाट ल्याएको हो भन्ने समेत व्यहोराको चिनीकाजी श्रेष्ठको बागबजारको घरमा रहेको मदिरा बारे विष्णुलालले गर्नुभएको कागज । ४. मैले गरेका कागजहरू ठिक छ । वि.जी.एसोसिएटेडले आ.व.०३१।३२ मा कम्पनीको नामबाट यस कार्यालय र अं.शु.विभागबाट विदेशी मदिरा पैठारी र बिक्री गर्ने इजाजत लिएको थियो । सो व्यापारबाट पर्ता नपरेकोले व्यापार गर्ने मनसाय नभई ०३२।३३ को लागि इजाजत लिएनौ मदिरा स्टक पनि छैन । यस कम्पनीको अफिस रहेको बागबजारको चिनीकाजीको घरको ग्राउण्ड फलोरको भारत रक्सौलमा आएपछि सो होटलको मानिस रक्सौलमा कोही नरहेको हाम्रो फर्मको मानिस वीरगञ्जमा रहने हुँदा उक्त होटलले सो भन्सार तिरी काठमाडौं ल्याउन हाम्रो कम्पनीलाई ०३२।७।१८ मा अनुरोध गरेको मदिरा २७ को रू.१०० पाइप हुस्की मिति ०३२।७।२३ मा रू.१०४,८०७।४६ महसूल तिरी ल्याएका छौ । सो होटलबाट हामीले तिरेको भन्सार महसूल र ढुवानी भाडा भुक्तान भई नसकेकोले चिनीकाजीको कोठामा दिएको रू.५। का दरले भाडाली मनासलु होटेलको नाममा गोदाम गरी राखेको हो । हाम्रो हिसाब चुक्ता गरेपछि सो माल उक्त होटलले नै लिने छ । ०३२।७।२७ मा माल आई पुगेको हो लिनु पर्ने हिसाब फछर्यौट गरी माल लिनु होस भन्दा पैसा छैन तपाईं कै गोदाममा राख्नु होस भनेपछि लाग्ने भाडा मह