निर्णय नं. १४७७ - उत्प्रेषणयुक्त प्रतिशेध वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४७७ - उत्प्रेषणयुक्त प्रतिशेध वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०५/०८ २४०५ निर्णय नं. १४७७ ने.का.प. २०३८ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३७ सालको रिट नं. १२९४ फैसला भएको मिति : २०३८।५।८ मा निवेदक : जि.दाङ हल्वार गा.पं.वार्ड नं. ५ हलावारा जितपुर बस्ने ऋषिराज आचार्य विरुद्ध विपक्षी : श्री का.मु.प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय दाङसमेत विषय : उत्प्रेषणयुक्त प्रतिशेध वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ (१) अधिकार नभएको कुरामा अ.बं.१७ नं. अन्तर्गत परेको निवेदनबाट कैफीयत तलब गरी पुनरावेदन सुनेको जस्तो तरीका अपनाई भूमिप्रशासन कार्यालयबाट दाखिल खारेज गरी जग्गाधनी प्रमाणपूर्जा दिने गरी भएको ठहर निर्णयलाई बदर हुने ठहर्छ भनी गरेको प्र.जि.अ.जिल्ला कार्यालय दाङको निर्णयबाट अ.बं. १७ नं. को त्रुटि गरेको देखिने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल, विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना उल्लिखित मुद्दा : निवेदक नरबहादुर गुरुङ विरुद्ध श्री ५ को सरकार निर्माण सञ्चार तथा यातायत मन्त्रालय भएको सरकारी हानी नोक्सानी मुद्दामा प्रतिपादित सिद्धान्त, ने.का.प. २०२५ सालको निर्णय नं. ३३७ । आदेश न्या. धनेन्द्रबहादुर सिंह : विपक्ष का.मु.प्र.जि.अ.को ०३६।६।३ को निर्णय बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ । २. ऐनकुमारी रेग्मीबाट अदालतको फैसला अनुसार राजीनामा रजिष्ट्रेशन पास भई हक हुन आएको जि.दाङ डुरुवा गा.पं.वार्ड नं. १(ग) कि.नं. ५० ऐ.को कि.नं. ३२ र ऐ.पञ्चायत वार्ड नं. १(ख) कि.नं. १००९९ र ९८ को कित्ता फोड भई कायम हुन आएको जग्गाहरू समेत दा.खा.गरिपाउँ भनी जि.का.भूमिप्रशासन शाखा दाङमा मेरो निवेदन गरी विपक्ष ऐनकुमारी समेतलाई बुझी दावी अनुसारको जग्गा मेरो नाउँमा दा.खा.गरी जग्गाधनी प्रमाणपूर्जा दिने भनी भू.प्र.का.दाङबाट निर्णय भई जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरी सकेको छु । विपक्ष ऐनकुमारीले वेरीतसँग निर्णय गरेको भु.प्र.का.दाङको निर्णय अ.बं.१७ नं. बमोजिम बदर गरिपाउँ भनी विपक्ष जिल्ला कार्यालय दाङमा निवेदन गर्नुभएकोमा कि.नं. ३२,९८ को जग्गासम्म बिक्री गरी दिएको भन्ने कुरा निज ऐनकुमारीको बयानबाट देखिन्छ । सो बाहेक ३२,५०,३९ को जग्गा बिक्री गरी दिएको कुरामा इन्कार रहेपछि त्यसतर्फ सबूत प्रमाण खुलाई निज ऐनकुमारीलाई तारेखमा राखी ऐनबमोजिम कारवाई गर्नु पर्नेमा सोबमोजिम भए गरेको नदेखिँदा भू.प्र.का.दाङको ०३४।१२।१५ को निर्णय बदर हुने ठहर्छ । अब कानूनबमोजिम निर्णय गरी दिनु मिसिल मालपोत कार्यालयमा पठाई दिनु भनी जिल्ला कार्यालय दाङबाट निर्णय भएको रहेछ । ३. भइसकेको निर्णय अ.बं.१७ नं. बाट बदर हुन सक्तैन । काम कारवाई र आदेश सम्बन्धी त्रुटिको निराकरणको लागि मात्र अ.बं.१७ नं. को प्रयोग हुने हो । गैरकानूनी निर्णयको आधारमा विपक्ष मालपोत कार्यालयबाट कारवाई सञ्चालन गरिएको स्वतः गैरकानूनी र अनधिकृत रहे भएको छ । साथै ने.का.प. ०३० फु.बे.नि.नं. ७७७ मा प्रतिपादित सिद्धान्त अनुसार कानून विरुद्धको निर्णयको आधारमा सञ्चालन गरिएको कारवाइले मान्यता पाउन