निर्णय नं. १४७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०५/१८ २२३९ निर्णय नं. १४७९ ने.का.प. २०३८ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रिट नं. १५४९ आदेश भएको मिति : २०३८।५।१८ मा निवेदक : रामेछाप जि.वेथाम गा.पं.वार्ड नं. ३ बस्ने यज्ञबहादुर पाण्डेसमेत विरुद्ध विपक्षी : प्रमुख जिल्ला, अधिकारी जि.का.काभ्रेपलाञ्चोकसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) रजिष्ट्रेशनको ३५ नं. को देहाय २ मा गरिएको व्यवस्था अनुसार अदालतबाट निर्णय गराउनु भनी सुनाई दिनुपर्नेमा मालपोत कार्यालयबाट सो अनुसार गरेको निर्णय उपर पुनरावेदन परी जाँदा जिल्ला कार्यालय काभ्रेपलाञ्चोबाट वादीले निखन्न पाउने ठहर गरेको देखिएको र रजिष्ट्रेशनको महल ३५ नं. को देहाय २ मा गरिएको व्यवस्था प्रतिकूल छ अतः आफ्नो अधिकारक्षेत्र नाघी जिल्ला कार्यालयबाट गरिएको निर्णय कानूनी त्रुटिपूर्ण देखिँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वानसरकारीअधिवक्ता श्री रमेश झा विद्वानअधिवक्ता श्री हरिहर दाहाल उल्लिखित मुद्दा : आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षको निर्णय बदर गरिपाउँ भनी मिति २०३८।१।४।५ मा रिट निवेदन दर्ता हुन आएको रहेछ । २. रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : म रामबहादुर खड्काले थैली रू.२५,०००।– मा केशरबहादुर पाण्डेबाट वहाँका हकको रामेछाप जि.बैथान गा.पं.वार्ड नं. ३ कि.नं. ७६को को.प.गुठी तथा खर्च कार्यालयमा तिरो तिर्नु पर्ने जग्गा रोपनी १०–२–०–२ को घरबारी जग्गा र सो जग्गामा बनेको ९,१७ को कच्ची दुई तल्ले खरको छाना घर १ र ७,१४ को दुईतले खरको छाना भएको गोठ समेत मालपोत कार्यालय काभ्रे मार्फत ०३७।२।३।६ मा राजीनामा रजिष्ट्रेशन पारित गराई लिएको थिए । म यज्ञबहादुरलाई मेरा पिताजी केशरबहादुरले बिक्री गरेको सो सबै जग्गा सन्धिसर्पन तथा आवश्यकता नभएकोले सन्धिसर्पन र आवश्यकता परे जतिको पूर्व तर्फबाट जग्गा रोपनी ३–०–०–० र त्यसमा बनेका उक्त घर गोठ समेत निखन्न हकसफा गर्न दिनुहोस भन्दा मञ्जूर गर्दा अड्डामा जाँदा खन्डे हकसफा गराई दिलाउन मिल्दैन राजीनामा लिनुदिनु होस भनेकोले दाताकै छोरा हुँदा ०३७।२।२०।२ मा राजीनामा रजिष्ट्रेशन पास गराई लियौं विपक्षी रामबाबुले उक्त पुरै जग्गा तथा घर निखनाई माग्न ०३७ साल कार्तिकमा थैली धरौट काभ्रेपलाञ्चोक मालपोत कार्यालयमा राख्नु भएछ । म रामबहादुरले खरीद गरी लिए मध्येका घरजग्गा दाताकै छोरा म यज्ञबहादुरलाई नै हक हस्तान्तरण गरी दिई सकेको छु । विपक्षीको उजूरी मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. को अनुरूप होइन सन्धिसर्पन पर्ने होइन भन्ने समेत प्रतिवादी गरे । यज्ञबहादुर पाण्डेलाई दिएको जग्गा हकसफा गर्न पाउने नपाउने के हो प्रमाण बुझी इन्साफ गर्नुपर्ने देखिएकोले रजिष्ट्रेशनको ३९(२) अनुसार यस कार्यालयको क्षेत्राधिकार भित्र नहुँदा अदालतमा फिराद दिन जानु भनी सुनाउन निर्णय ०३७।९।३।४ मा मालपोत कार्यालय काभ्रेबाट निर्णय भयो । विपक्षी रामबाबुले विपक्षी जिल्ला कार्यालय समक्ष पुनरावेदन गर्नुभएको आधार मलाई बुझ्दै नबुझी मैले खरीद गरेको उक्त जग्गा र घर मटान र म राम बहादुरसँग रहेको जग्गासमेत निखनाई पाउने