निर्णय नं. १४८० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४८० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०७/१० २७५२ निर्णय नं. १४८० ने.का.प. २०३८ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रि.नं. ९४५ आदेश भएको मिति : २०३८।७।१० मा निवेदक : जि. रूपन्देही खुदावगर गा.पं. वडा ८ मौजा गुण्डा बस्ने नारायण थारु विरुद्ध विपक्षी : अध्यक्ष प्र.जि.अ.श्री थानेश्वरप्रसाद कोइरालासमेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) खोल्सा तथा पर्ति भएको जग्गा सरकारी वा सार्वजनिक जग्गाको परिभाषाभित्र नपर्ने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी विपक्षीको मिति २०३५।१२।२६ गतेको निर्णय बदर गराई पाँउ भनी मिति ०३६।७।२८।४ मा रिट निवेदन दर्ता हुन आएको रहेछ । २. रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : निवेदकका एकाघर सगोलका दाजु चिन्हु भन्ने राम थारुको नाउँमा साविकमा दर्ता रहेको जि.रूपन्देही गा.पं.सक्रार्ने पकडी वडा नं. १ को हाल जि.रूपन्देही खुदावगर गा.पं. वडा नं. ८ मौजा गुण्डामा पर्ने जग्गा जमीन मध्ये नापी हुँदा क्षेत्रीय किताब र (फिल्डबुक) मा किसानको महलमा कि.नं. १६८ को विगाह ५–१०–१५ जग्गा खोल्सो भनी जनिएको र कि.नं. २३९ को विगाह ०–५–० जग्गा पर्ति भनी जनिएको छ सोही फिल्डबुकको जग्गावालाको महलमा चिन्हुरामका नै नाउँ जनिएको छ । उक्त मौजाका जग्गाको जग्गाधनि दर्ता प्रमाणपूर्जा निवेदकका दाजु चिन्हुरामलाई प्राप्त हुँदा सो कि.नं. १६८ र २३९ को दुवै कित्ता जग्गाको जग्गाधनि दर्ता प्रमाण समावेश नभई छुट हुन गएको हुँदा सो छुट हुन गएको जग्गाको जग्गाधनि दर्ता प्रमाणपूर्जा समावेश गरी पूर्जा दर्ता पाउन निवेदकका दाज्यू चिन्हुरामले खुदावगर गा.पं.को मिति २०३३।५।२१ को सिफारीस सहित आखिर मिति ०३३।७।२३ मा समेत भूमिप्रशासन कार्यालय रूपन्देही भैरहवामा निवेदन दिएकोमा उक्त कि.नं. १६८–२३९ को जग्गा खोल्सो र पर्ति भन्ने भएको हाल पनि प्रति देखिन आएको र गाउँ सरजमीन समेतको विरोध हुँदा खारेज हुने ठहर्छ भनी मिति ०३५।१२।२६ मा विपक्षीबाट गरिएको निर्णयको निवेदकको दाज्यू चिन्हुराम ०३५ साल मार्ग महीनामा देहान्त भइसकेको हुँदा निवेदकले मिति ०३६।५।३१ मा सूचना प्राप्त गरे भन्ने समेत व्यहोराको रिट निवेदन रहेछ । ३. जिकिरः उल्लिखित जग्गा निवेदकका नाउँमा दर्ता हुन नसक्ने सरकारी वा सार्वजनिक जग्गा होइन निवेदकका नाउँमा दर्ता हुनसक्ने साविक अठसठ्ठा लगतमा लगत कायम भएको साविकमा निवेदकका दाज्यू चिन्हुराम थारुका नाउँमा दर्ता भई भोगचलन तिरो हुँदै आएको जग्गा हो । सरकारी वा सार्वजनिक वा गुठी भएमा मात्र जग्गा नापजाँच ऐन, ०१९ को पहिलेको दफा ८(२) ले र हालको संशोधित दफा ८(४) ले कसैको नाउँमा दर्ता हुन नसक्ने हो । सरकारी र सार्वजनिक जग्गाको परिभाषा उक्त ऐनको दफा २ को खण्ड (ङ) र (च) मा गरिएको छ र सरकारी र सार्वजनिक जग्गाको परिभाषाभित्र निवेदकको क्षेत्रीय किताबमा जनिएको खोल्सो र पर्ति जग्गा पर्दैन । बरु सो परिभाषा गरिएको बाहेकका अरू सबै जग्गा उक्त दफा २ को खण्ड (क) र (ख) अन्तर्गत पर्न आउने र व्यक्तिका नाउँमा उक्त ऐनको दफा ६ अन्तर्गत दर्ता गर्नुपर्ने र ऐ.दफा र अन्तर्गत जग्गा