निर्णय नं. १४८१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४८१ - उत्प्रेषण भाग: २३ साल: २०३८ महिना: असोज अंक: ६ फैसला मिति :२०३८/०५/१२ २९०३ निर्णय नं. १४८१ ने.का.प. २०३८ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसादसिंह सम्वत् २०३७ सालको रिट नं. १४८१ आदेश भएको मिति : २०३८।५।१२ मा निवेदक : बा.अं. भक्तपुर नगरपञ्चायत वडा नं. ३ तचपाल टोल बस्ने सुर्यमान श्रेष्ठ विरुद्ध विपक्षी : महालेखा नियन्त्रक कार्यालय कौशी तोसाखाना त्रिपुरेश्वर समेत मुद्दा : उत्प्रेषण (१) पेन्सनको दावी निवेदकले गरेकोमा निजामती सेवा गरेबापत ऐन नियमबमोजिम पाएको पेन्सेनलाई अन्यथा गर्ने श्री ५ को सरकारको निर्णय सामथ्र्य प्राप्ति गर्न पर्याप्त हुँदैन भन्ने कुरा मिति ०३५।१।१ देखि लागू भएको निजामती सेवा नियमावलीको नियम ७ को प्रतिबन्धात्मक वाक्यांश ५ को नियम प्रकाश भएकोबाट प्रष्ट भएको छ । सो नियम लागू हुनुभन्दा अघिको पेन्सन निवेदकले पारिश्रमिक लिए पनि पाउने देखिएको हुँदा मिति ०३५।१।१ को अघिल्लो दिनसम्मको पेन्सन बापतको रुपैयाँ“ निवेदकलाई नदिने भनी गरेको कारवाई समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । पारिश्रमिक नलिएको समयको पेन्सन कानूनबमोजिम हुने हुनाले यस्मा दावी बेगर बोली रहन नपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. हेरम्बराज : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा विपक्ष कार्यालयको आदेश बदर गरी हनन् भएको संवैधानिक तथा कानूनी हकको प्रचलन गरिपाउँ भन्ने रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ । २. निवेदक सूर्यमान राष्ट्रिय बाणिज्य बैंकका कानून सल्लाहकारमा नियुक्ति गरी ०३६।६।१३ गते समाप्त भएको रहेछ सो अवधिमा काम गरेका बापतको निबृत्ति भरणमा दावी लिएकोमा बाणिज्य बैंकको कानूनी सल्लाहकारमा नियुक्ति भई काम गरेको देखिएकोले यस कार्यालयका नाउँमा भएको मिति ०३३।१।२९ को निर्णय बमोजिम तपाईंले निबृत्तिभरण खान नपाउने भई रोकिएकोले सो रकम कुनै निर्णय बेगर दिन नमिल्ने भएकोले व्यहोरा सुचित गरेको छ भन्ने महालेखा नियन्त्रक कार्यालयको मिति ०३७।१०।२१ गतेको आदेश रहेछ । ३. डोटी तथा बाजुरा जिल्ला अदालतको न्यायाधीशबाट मिति ०२७।५।१७ देखि अवकास पाएपछि कानून सल्लाहकारको रूपमा मासिक रू.४५०। खाने गरी नियुक्ति पाएपछि ०३६ कार्तिक १ गते अवकाश दिएपछि मैले निबृत्तभरणमा दावी गर्दा अर्थमन्त्रालयको आदेशले मेरो निबृत्तभरण रोक्का राखियो । त्यसमा निबृत्तभरण समेत खान पाउने गरी नियुक्ति भएको कर्मचारीलाई विपक्षहरूले रोक्का राख्न मिल्दैन मैले ०३०।४।१० गतेदेखि नियुक्ति पाएको र निबृत्तिभरण रोक्का आदेश ०३२।८।२८ को निर्णयले असर पार्दैन । मेरो जस्तो अवस्थामा निबृत्तिभरण नपाउने भन्ने कुनै खास कानूनै छैन । यसरी विपक्षहरूले गैरकानूनी आदेशको पालन गरी मेरो संवैधानिक हकको हनन् भएको छ । साथै राष्ट्रिय बाणिज्य बैंक कर्मचारी नियमावलीको दफा ८६ मा आवश्यकता अनुसार सल्लाहकार नियुक्ति गर्न सक्ने र त्यस सल्लाहकारको सेवाको शर्त सञ्चालन समितिले समय–समयमा सल्लाहकार नियुक्त गर्न सक्ने र त्यस सल्लाहकारको सेवाको शर्त सञ्चालक समितिले समय–समयमा निर्धारण गरे बमोजिम हुनेछ भन्ने व्यवस्था छ र दफा ८७ मा कुनै कर्मचारी वा सल्लाहकारको नियुक्ति हुँदा पाएको सुविधाबाट निजलाई मर्का पर्ने गरी बदलीन सकिने छैन भन्ने प्रष्ट व्यवस्था हुँदा हुँदै सो कर्मचारी