निर्णय नं. १४८२ - निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४८२ - निखनाई पाउँ भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३८/०७/०४ २३५० निर्णय नं. १४८२ ने.का.प. २०३८ अङ्क ७ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला सम्वत् २०३७ सालको दे.फु.नं. ३५ फैसला भएको मिति : ०३८।७।४।३ मा निवेदक : का.जि.का.न.पं.वडा नं. १७ भोटाहिडी बस्ने द्वारिकानाथ श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने चिनीमाया श्रेष्ठनी मुद्दा : निखनाई पाउँ (१) प्रतिवादीले किनेको घरको एक किलासको थोरै गारो सँग वादीको घरको गाह्रो पश्चिमतर्फ जोडिँदैमा त्यत्तिकै नाताबाट वादीको घर देखि पूर्व, उत्तर, दक्षिण तिन तिर खुल्ला भई सो तिनै तिरबाट हावा प्रकाश घाम पाउन सक्ने नै हुँदा हुँदै वादीको घरमा हावा, प्रकाश, घाम बन्द हुने सन्धिसर्पन पर्ने कुरा देखिन आउँदैन, प्रतिवादीले किनेको घरको छिँडी तल्लामा वादीको घरको निकास छ भनी वादीमा उल्लेख गरेको तर भई आएको नक्सा मुचुल्काबाट प्र.ले किनेको घरमा वादीमा उल्लेख भए अनुसार वादीको धारा चोक तथा बलेसी समेतको पानी जाने निकास छ भन्ने कुरा देखिन आउँदैन यस्तो अवस्थामा प्र.ले किनेको घर वादीको सन्धिसर्पन पर्ने भन्न नमिल्ने हुँदा वादीले निखन्न नपाउने ठहराएको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ११) निवेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रतिवादी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा : फैसला न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक वादी द्वारिकानाथले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ को(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुमप्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकारको छ : विपक्षीले खड्ग कुमारीबाट रू.३९०००। मा ०३१।६।८ मा भोटाहिटीको घर राजीनामा गरी लिनु भएछ मलाई सन्धिसर्पन पर्ने हुँदा निखनाई पाउँ भनी थैली धरौट राखी उजूर गरेकोमा ३५ दिनभित्र अदालतमा नालेश गर्न जानु भनी सुनाउँकोले विपक्षीले किनेको घर मलाई सन्धीर्सपन पर्ने भएको निखनाई पाउँ भन्ने समेत द्वारिकानाथको फिराद । ३. विपक्षीको घरभित्र जाने आउने बाटो निकास मैले खरीद गरेको घरको दक्षिणतर्फको भाग खरीद गर्ने राजेन्द्रकुमारको खण्ड तर्फ छ । मेरो घरतर्फ विपक्षीको घर छैन मेरो घर निखन्न पाउने स्थिति हुँदैन नालिश खारिज गरिनु पर्छ भन्ने समेत प्रतिउत्तर पत्र । ४. भई आएको नक्साबाट वादीलाई सन्धिसर्पन पर्ने देखिएको हुँदा प्रतिवादीले निखन्न दिनुपर्ने र वादीले निखन्न पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने प्र.चिनीमाया श्रेष्ठको पुनरावेदन । ६. न.नं. ६ मा वादीको घर न.नं. ५ को घरमा निखन्ने दावी भएको न.नं. ७ वादीको घर जाने बाटो रहेको भन्ने देखिएको न.नं. ७ को घरमा निखन्न दावी भएको देखिएन न.नं. ५ को घरमा वादीको सन्धिसर्पन परेको मान्न मिलेन काठमाडौं जिल्ला अदालतले निखन्न पाउने ठहर्याएको इन्साफ उल्टी हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला । ७. म.क्षे.अ.को निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णय हुँदा न.नं. ५ र ७ को एउटै घर भएको सो घर खड्गकुमारीबाट एकै मितिमा प्र.चिनीमाया र राजेन्द्रकुमारले आधी–आधी