निर्णय नं. ९०८२ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०८२ - उत्प्रेषणयुक्त परमादेश भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/०८/२५ ३३३१ नेकाप २०७० अङ्क ११ नि.नं.९०८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती आदेश मिति : २०७०।८।२५।३ ०६९-WO-०३५५ विषय : उत्प्रेषणयुक्त परमादेश निवेदक : दार्चुला जिल्ला, खलङ्गा गा.वि.स वडा नं. ४ घर भई जिल्ला स्वास्थ्य कार्यालय, वैतडीमा दरबन्दी रही सडक विभागअन्तर्गत महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना दार्चुलामा काजमा कार्यरत् रमेश सिंह ओखेडा विरूद्ध विपक्षी : सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत § कार्यालयको कामकाज सुचारू गर्ने प्रयोजनको लागि आवश्यकताअनुरूप कानूनबमोजिम अधिकार प्राप्त अधिकारीले कुन कर्मचारीलाई कहाँ कति अवधिको लागि काज खटाउने भन्ने कुरा ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न स्वतन्त्र नै हुने । (प्रकरण नं.३) § कुनै पनि कर्मचारीको सरूवा तथा काजका विषयमा न्यायिक हस्तक्षेप गर्ने कुरामा अदालतले अत्यन्त नै न्यायिक संयम अपनाउनु पर्ने । § कर्मचारी सरूवा तथा काज जस्ता कुरा प्रशासन चलाउन र सुशासन कायम गर्न अपरिहार्य तत्त्व हुने । § जहाँ बसिएको छ त्यहाँबाट अन्यत्र जानै नपरोस् र जुन काममा आफूलाई संलग्न गरिएको छ त्यो छाड्नै नपरोस् भन्ने अभिप्रायलाई सेवा विधिशास्त्रले स्वीकार्न नसक्ने । § सरूवा गरिएको वा काज खटाइएको निर्णयका विरूद्ध वैकल्पिक उपचार छ र त्यो बाटो सम्बन्धित कर्मचारीले अवलम्बन नगरी सीधै अदालत प्रवेश गरेको छ भने त्यस्ता सरूवा वा काजका विषयमा दिइएको चुनौतीका विषयमा अदालतले विचार गर्नै नसक्ने । (प्रकरण नं.४) निवेदकतर्फबाट : विपक्षीतर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § निजामती सेवा ऐन, २०४९ को दफा १८ क (२) आदेश न्या. प्रकाश वस्ती : नेपाल अधिराज्यको संविधान, २०६३ को धारा ३२ तथा १०७ बमोजिम निवेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :- म निवेदक रा.प.अनं. प्रथम श्रेणीको ना.सु पदमा सेवा प्रवेश गरी जिल्ला स्वास्थ्य कार्यालय, वैतडीमा कार्यरत् रहेको अवस्थामा सामान्य प्रशासन मन्त्रालयको २०६८ साल माघ महिनाको निर्णयानुसार साविक कार्यालयबाट जिल्ला हुलाक कार्यालय, दार्चुलाको मिति २०६८।८।१४ को पत्रबमोजिम रिक्त रहेको ना.सु पदमा सरूवा गरिएको हुँदा रमाना लिई हाजीर हुन जाँदा जिल्ला हुलाक कार्यालय, दार्चुलाले मिति २०६९।१।१२ को पत्रबाट हाजीर गराउन इन्कार गरेकोले भौतिक योजना तथा निर्माण मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराउँदा केही दिनसम्म अतिरिक्त समूहमा हाजीर गराई भौतिक योजना तथा निर्माण मन्त्रालयको सिफारिशबमोजिम सामान्य प्रशासन मन्त्रालयको सरूवा अवधि नपुग्दै मिति २०६९।२।१० को निर्णयानुसार उक्त सरूवा संशोधन गरी साबिककै जिल्ला स्वास्थ्य कार्यालय, वैतडीमा मेरो दरबन्दी कायम रहने गरी महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना, दार्चुलामा २०६९ साल आषाढ मसान्तसम्म काज खटाएकोले रमाना लिई सो कार्यालयमा हाजीर भएको थिएँ । यसै क्रममा आ.व २०६९, २०७० का लागि म निवेदकको म्याद थपका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिश गरी दिन दार्चुला टिंकर सडक योजना, दार्चुलाले मिति २०६९।५।३ मा सडक विभाग बबरमहललाई पत्र लेखी सोही व्यहोराको पत्र लेखी २०६९।५।६ मा सामान्य प्रशासन मन्त्रालयलाईसमेत काज थप गरी दिन सिफारिश गरियो । त्यसपछि दार्चुला टिंकर सडक योजना, दार्चुलाले मि