निर्णय नं. १४८३ - सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४८३ - सम्बन्ध विच्छेद भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३८/०५/१२ ३२४१ निर्णय नं. १४८३ ने.का.प. २०३८ अङ्क ७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको फौ.फु.नं. ९ फैसला भएको मिति : २०३८।५।१२।६ मा पुनरावेदक : जि. कास्की लामा चौर गा.पं.वार्ड नं. ८ बस्ने कृष्णकुमारी खत्री क्षेत्री विरुद्ध विपक्षी : जि. स्याङजा कृस्तीनाच्ने चौर गा.पं. वार्ड नं. ६ बस्ने वि.मानबहादुर खत्रीक्षेत्री मुद्दा : सम्बन्ध विच्छेद (१) मुद्दा सार्न सक्ने कानूनको अभावमा सर्वोच्च अदालतबाट आदेश भई आएको भनी कास्की जि.अ.मा परेको मुद्दा बेइलाकाको तनहुँ जि.अ.मा सारी तनहुँ जि.अ.बाट हेरी गरेको निर्णय र सो इन्साफ सदर गरेको प.क्षे.अ.को निर्णय समेत अ.बं.२९ नं. बमोजिमको अधिकार क्षेत्रात्मक त्रुटि गरी निर्णय भएको देखिएकोले सो शुरू तनहुँ जिल्ला अदालत र प.क्षे.अ.को निर्णय समेत अ.बं.३५ नं. ले बदर हुने । (प्रकरण नं. ९) फैसला न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३७ साल मार्ग १५ गेत निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी राय बाझिएकोले निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : विपक्षी खसमसँग मेरो २४ सालमा विवाह भएको छोरी १ छोरा १ समेत जाय जन्म भएको खसम र म सरकारी नोकरीमा बहाल रहेको खसमले अर्को विवाह गर्न कुदृष्टि लिई कुटपिट गर्ने र खानलाउन समेत नदिई घरबाट निकाला गरेकोले सम्बन्ध विच्छेद गरिपाउँ भन्ने कृष्णकुमारी क्षेत्रीनीको निवेदन । ३. कृष्णकुमारी मेरो श्रीमती हुन निजका र विष्णुकुमारको अनुचित प्रेम रहेछ नीज कृष्णकुमारी र विष्णकुमारको जागिर बहाल रहेको अवस्था ३३ साल आषाढ ९ गते र १० गते टेलिफोन गर्ने बहाना गरी आ–आफ्नो कोठाबाट निष्की जि.न्या. को अनुपस्थितिमा क्याम्बरबाट शौचालयमा पसी निज २ जनाको करणी लिनु दिने भएको अघि पनि भागी माइत जाने गरी आएकीले मैले यस अदालतमा निजहरूको नाउँमा जारीमा नालेस दिएकोले मैले सम्बन्ध विच्छेद गरी दिन पर्ने होइन भन्ने समेत वि.मानबहादुरको प्रतिउत्तरपत्र । जारी मुद्दामा वादी कृष्णकुमारी विष्णुकुमारको स्वास्नी कायम भई फैसला भएकोले अर्कोसँग पोइल गएकी कृष्णकुमारीले साविकको लोग्ने मानबहादुरसँग सम्बन्ध विच्छेद गराई पाउँ भन्ने दावीतर्फ इन्साफ गर्न नपरी खारेज हुने ठहर्छ भन्ने समेत तनहुँ जि.अ.को फैसला । ४. उक्त इन्साफमा चित्त बुझेन भन्ने कृष्णकुमारीको पुनरावेदन । ५. जारी मुद्दामा कृष्णकुमारीलाई विष्णुकुमारले जारी गरेको ठहराई छिनेको मनासिव ठहरी आजै फैसला भएको हुँदा जारी मुद्दाबाट सम्बन्ध विच्छेद भइसकेकोले यो मुद्दा खारेज हुन्छ भनी शुरूले गरेको मनासिव छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला । ६. पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने कृष्णकुमारीको निवेदनमा कास्की जि.अ.मा वादी प्रतिवादी परेकोमा तनहुँ जि.अ.ले निर्णय गरेको त्रुटि हुँदा अनुमति दिइएको छ भन्ने समेत डिभिजन बेञ्चको आदेश । ७. प्रस्तुत मुद्दा तेह्रौ जि.अ.मा सार्ने भन्ने सर्वोच्च अदालतबाट आदेश भई आएको भनी कास्की जि.अ.बाट सरी गई तनहुँ जि.अ.बाट निर्णय भएको देखिन आयो त्यसरी आदेशानुसार सरी गई आफूलाई भएको अधिकार प्रयोग गरी तनहुँ जि.अ.बाट निर्णय गरेको सदर गरी प.क्ष.अ.बाट भएको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटि भए