निर्णय नं. १४८४ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४८४ - लिखत पास भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३८/०७/०२ २७११ निर्णय नं. १४८४ ने.का.प. २०३८ अङ्क ७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको दे.वि.नं. ५७ फैसला भएको मिति : २०३८।७।२।२ मा निवेदक : जि.सुनसरी खनार गा.पं. वडा नं. ४ बस्ने राजुबहादुर शाहासमेत विरुद्ध विपक्षी : का.जि.का.न.पं.वार्ड नं. २५ माली गाउँ बस्ने रामबहादुर खड्का क्षेत्री मुद्दा : लिखत पास (१) एकजनाले रुपैयाँ लिनुदिनु गरी लिखत गरेको भन्ने र एकजनाले पटक–पटक हिसाब गर्दा पुगेको रुपैयाँ“को लिखत लेखेको भन्ने भई लिखतका साक्षीहरूको कुरा परस्परमा मिलान नभई फरक परेको देखिने र उसमा पनि सो लिखत जाँच हुँदा उक्त लिखत छाप लगाइसकेपछि लेखिएको देखियो भनी रेखा तथा लेखा विशेषज्ञको राय भएको हुँदा राजीनामा लेखी रुपैयाँ लिनुदिनु गरी सहिछाप भई लिखत भएको भन्ने देखिन नआएकोबाट समेत वादी दावीको लिखत कीर्ते ठहराई सो लिखतको लेखक साक्षी निवेदक र लिखतमा साक्षी बस्ने निवेदकलाई समेत कीर्ते कागजको १४ नं. बमोजिम जरिवाना गर्ने ठहराएको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ९) निवेदकवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा पु.क्षे.अ.बाट भएको इन्साफ जाँच गरिपाउँ भन्ने निवेदक वादी राजुबहादुर शाह १ जालसाजीतर्फको प्रतिवादी बलबहादुर पाण्डे १ हरिचरण नेपाल १ शेरबहादुर भट्टराई १ समेतको परेको निवेदनमा यस्मा व्यहोरा साँचो भयो पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३३।१०।१२ गते छिनिएको लिखत पास मुद्दाको मिसिल झिकाई त्यस अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदकहरू लाई जनाउँ दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम देवानी विविधको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : रू.१२५०००। लिई खनार गा.पं.वार्ड नं. ७(ख) कि.नं. ८३।८४।८७। ९०।९१।९२।९३ समेत ७ कित्ताको ससीम जग्गा विगाहा १८।६।७ को २९ सालको बाली देखि खाने गरी ०२९।९।२५।२ मा राजीनामा लेखी दिएको पास गरी दिएन पास गरिपाउँ भन्ने समेत वादी । ३. प्र.ले विरोध नगरी शुरू म्याद गुजारी बसेकोले दावी लिखत पास हुने ठहर्छ भन्ने समेत सुनसरी जि.अ.का.०३०।९।४ को फैसला । ४. प्रतिवादी सरहको पुनरावेदन दिन आएको छु । वादीसँग कुनै बखत मैले कुनै रुपैयाँ नलिए नखाएको हुनाले मेरो जग्गा वादीलाई मैले राजीनामा लिखत गरी दिएको छैन अरू कुनै कामका निमित्त भनी अगाडि नै मलाई झुक्याई लिफा लिएको कागजमा हो वा मेरो सहिछाप कीर्ते गरी हो कीर्ते राजीनामा खडा गरी मेरा उपर झुठ्ठा फिराद दर्ता गरी टाँस गरेको भन्ने जालसालको प्रबन्ध मिलाई म्याद तालेम समेत गरेको रहेछ । १ पैसासम्म नखाएको कुरामा १२५०००।– खाएको ठहराई फैसला गरी दिएकोले सुनसरी जिल्ला अदालतको इन्साफ उल्टाई कीर्ते जालसाजीबाट खडा गरेको लिखत बदर गरिपाउँ भन्ने समेत प्रतिवादी रामबहादुर खड्का क्षेत्रीको पुनरावेदन । ५. मालपोत बुझाउँदा तिम्रो वारेसनामा चाहिन्छ भनी ठूला–ठूला कागजमा सही र पुछारमा खाली कागजमा ल्याप्चे सहिछाप गराई लिफा लिने गर्नु हुन्थ्यो । त्यसै लिफामा राजीनामा खडा गरेको रहेछ मेरो जग्गा वेदाममा लिनका लागि साहु हुने राजुबहादुर शाह राजीनामा लेख्ने ख.शेरबहादुर भट्टराई साक्षी हरिचरण नेपाल बलबहादुर पाण