निर्णय नं. १४८५ - कूत बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४८५ - कूत बाली भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३८/०४/२१ २१५३ निर्णय नं. १४८५ ने.का.प. २०३८ अङ्क ७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् ०३६ सालको दे.फु.नं. २०४ फैसला भएको मिति : २०३८।४।११।१ मा पुनरावेदक : जि. पर्सा वगही गा.पं. वडा नं. २ बस्ने रमाकान्त सा तेली विरुद्ध विपक्षी : वीरगञ्ज बस्ने कमलादेवी मरी मु.स.गर्ने ऐ.ऐ.बस्ने रामबहादुर प्रधान मुद्दा : कूत बाली (१) लेनदेन व्यवहारको १७ नं. ले थैली बुझी नलिएको ठहर्‍यो भने अदालतमा धरौट राखेको मिति देखिको बालीमा साहुको हक नपुग्ने व्यवस्था भएकोले वादीले फार्छा गरी लिएको जग्गाको हकसफा गरी लिन ०३० साल भाद्रमा नै थैली धरौटी राखिसकेकोले यस स्थितिमा वादीलाई जग्गा फार्छा गरी दिने आसामी प्रतिवादीबाट वादीको ३० सालको बाली भरी पाउँछ भन्न मिल्ने नदेखिएकोले बाली भराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादी रमाकान्त सा तेलीको परेको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : विपक्षीले मबाट रू.५६२५। लिई निजको वगही गा.पं.वार्ड नं. १ कि.नं. १४७ को जग्गा विगाहा ४–०–० फार्छा लेखी दिएको रजिष्ट्रेशन पास भई मोहियानी समेत मेरा नाउँमा दर्ता भएको ०३० सालको बाली नदिएकोले कूतबाली भराई पाउँ भन्ने समेत वादी । ३. वादीले दावी गरेको जग्गा मैले फार्छे गरी दिएको हो भाइ केदारप्रसादले हकसफा गरी भोगचलन गरी आएको हुँदा मैले दावी बमोजिमको कूतबाली दिनुपर्ने होइन भन्नेसमेत रमाकान्त सा तेलीको प्रतिवादी । ४. ०३० सालको बाली वादीले खाएको छ भन्ने नसकेबाट दावी बमोजिमको कूत बाली वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेतशुरू पर्सा जिल्ला अदालतको ०३१।१०।२ को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्र.रमाकान्त सा तेलीको पुनरावेदन । ६. प्र.ले जग्गा बिक्री भएको मिति देखि मैले कमाउन छोडेको भन्न नसकी आफ्नो भाइ केदारप्रसादलाई सो हकनिखनाई पाउँ भनी दावी गर्दैछ निजलाई देखाएर पन्छीने अवस्था देखिन नआउने समेत कारण परिन्दबाट बाली भराई पाउने ठहराएको इन्साफ सदर हुने ठहर्छ भन्नेसमेत ना.अं.अदालतको ०३२।६।१७ को फैसला । ७. उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त भई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय हुँदा वादीलाई जग्गा बिक्री गरी सकेपछि निजलाई जग्गा कमाउन दिएको अथवा जग्गा कमाउन छाडी सकेको भन्ने प्र.ले जिकिर लिन नसकेको स्थितिमा साक्षी बुझ्ने अवस्था नदेखिँदा नारायणी अञ्चल अदालतको फैसला उल्टी हुने कानूनी त्रुटि देखिन नआएकोले सो फैसलामा परिवर्तन गर्न मिलेन भन्ने समेत ०३५।३।७ को म.क्षे.अ.को फैसला । ८. म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने प्र.रमाकान्त सा तेलीको निवेदन परी पुनरावेदनको अनुमति भएको डिभिजन बेञ्चको ०३५।९।२३ को आदेशमा म.क्षे.अ.ले फैसला गर्दा साक्षी प्रमाण बुझी निर्णय गरेको नदेखिई साक्षी बुझ्ने अवस्था नदेखिँदा भन्ने उल्लेख गरेको पाइन्छ