निर्णय नं. १४८६ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४८६ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३८/०७/२४ २४३७ निर्णय नं. १४८६ ने.का.प. २०३८ अङ्क ७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३७ सालको रिट नं. १२४१ फैसला भएको मिति : २०३८।७।२४।२ मा निवेदक : मेची धान चामल निर्यात कम्पनी हाल खाद्यान्न नीति निर्माण तथा समन्वय समिति काठमाडौंमा काजमा रहेको अधिकृत मधुर कृष्ण श्रेष्ठ विरुद्ध विपक्षी : श्री सञ्चालकसमिति मेची धानचामल निर्यात कम्पनी लि.भद्रपुरसमेत विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) सञ्चालक समितिको निर्णय अनुसार भनी कम्पनीको सेवा पूर्वको नोकरी जोडिएको भनी ज्येष्ठता बापत नम्बर दिएको सामान्य सिद्धान्तको विपरीत देखिन आयो । यस अवस्थामा आफूले बढुवाको लागि अवलम्बन गरेको सामान्य सिद्धान्तको विपरीत हुने गरी कम्पनीको सेवा पूर्वको नोकरीको जेष्ठता बापतको नम्बर नदिएको आधारमा बढुवा गर्ने गरी सञ्चालक समितिले गरेको निर्णय त्रुटिपूर्ण भन्नु पर्ने हुन आयो (प्रकरण नं. १४) (२) बढुवाको कारवाहीमा चित्त नबुझ्ने अधिकृत स्तरका कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवमा उजूर गर्नसक्ने सामान्य सिद्धान्तको परिच्छेद ९ को १ मा व्यवस्था गरेको, सो सामान्य सिद्धान्तले व्यवस्था गरे अनुसार सम्बन्धित मन्त्रालयका सचिवमा लाग्ने उजूरी सञ्चालक समितिले सुनी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको छ । २. तथ्य र निवेदन जिकिर यस प्रकार छ : मेची धान चामल निर्यात कम्पनी लिमिटेड भद्रपुर झापाको सूचना अनुसार प्रबन्धक पदमा बटुवाको लागि मैले पनि प्रतियोगितामा भाग लिएकोमा ०३७।१।२७ को सुर्योदय पत्रिकामा बढुवाको सूचना प्रकाशित भएको थियो । सो सूचनामा पदपूर्ति उपसमितिको सिफारिशमा ०३७।१।२७ मा बसेको सञ्चालक समितिको बैठकले अधिकृत श्री मेघनाथ मुडवरी अधिकृत श्री कृष्णप्रसाद न्यौपानलेलाई प्रबन्धक पदमा बढुवा गर्ने निर्णय गरेकोले संस्थान तथा समिति हरूका लागि नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त २०३५ को परिच्छेद ९ को दफा २ को प्रयोजनको निमित्त यो सूचना प्रकाशित गरिएको छ । बढुवाको कार्यवाहीमा चित्त नबुझे सञ्चालक समितिमा उजूर गरी सक्नु पर्ने भन्ने समेत म त्यस उपर सञ्चालक समिति समक्ष उजूरी दिएकोमा निवेदकको उजूरी युक्ति संगत नदेखिएको भनी उजूरी खारेज हुने ठहराई सञ्चालक समितिबाट ०३७।५।२० मा निर्णय गरिएको कुरा ०३७।७।१२ मा थाहा भयो । ३. यो कम्पनी, कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित भएको हुँदा यस्को छुट्टै कर्मचारी नियमावलीको परिच्छेद २ को नियम ७ मा बढुवा गर्नु पर्दा सञ्चालक समितिले निर्धारण गरेको तरीका अनुसार गरिने छ भन्ने व्यवस्था भएको पाइन्छ । सञ्चालक समितिबाट बढुवा गर्ने तरीका निर्धारण वा पदपूर्ति उपसमितिलाई अधिकार प्रत्यायोजन गर्दा सो बढुवा गर्ने तरीका निर्धारण गरी तोकी दिएको देखिँदैन । पदपूर्ति उपसमितिले सामान्य सिद्धान्त अवलम्बन गरेकोलाई सञ्चालक समितिले समर्थन गरी सकेको भन्ने ०३७।५।२० को निर्णयबाट देखिएको प्रस्तुत केसमा सो अनुसार गरेको देखिँदैन । बढुवा