निर्णय नं. १४८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३८/०६/१८ २२९७ निर्णय नं. १४८७ ने.का.प. २०३८ अङ्क ७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३३ सालको रिट नम्बर १४१३ आदेश भएको मिति : ०३८।६।१८।१ मा निवेदक : प्र.जि.अ. पदबाट गैरकानूनी किसिमसँग हटाइएको जि.सर्लाही मानपुर गा.पं.पिपरी भित्ता घर भई हाल जि. सर्लाही मलगंवा बस्ने रामनारायण सिंह विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्री परिषद् सचिवालयससमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निवेदकको चरित्र सम्बन्धी विवरणमा उल्लिखित कुराहरू लाई ध्यानमा राखी त्यसको आधारमा केही वर्ष यताको क्रियाकलाप हेर्दा भ्रष्ट देखिएको र भविष्यमा सुध्रने सम्भावना नदेखिएको भन्ने प्रस्तावमा उल्लेख गरेको उचित र पर्याप्त नै देखिने हुनाले यस्ता कर्मचारीलाई निजामती सेवामा राख्दा सेवामा स्वच्छता नआउने देखिएकोले स्पष्टीकरण लिन वाञ्छनीय र व्यवहारिक नभएको भनी प्रस्तावलाई पर्चा मानी निवेदकलाई नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को खण्ड (ख) अनुकूल निर्णय भएको देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : निजामती सेवा ऐन, ०१३ को दफा ६को उपदफा (१) को खण्ड (ख) बमोजिम पर्चा खडा गरी श्री ५ को सरकारले ०३२।१०।६को निर्णय अनुसार नि.से.नी.२१ को नियम १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको र त्यस उपर परेको पुनरावेदन पेश हुँदा कानूनबमोजिम नै भएको हुँदा श्री ५ को सरकारको मिति ०३२।१०।६को निर्णय कायमै राखी पुनरावेदन खारेज गर्ने गरी श्री ५ को सरकारबाट ०३३।८।११ मा निर्णय भएको समेत रहेछ । ३. उपरोक्त निर्णय बदर गरिपाउँ भनी निवेदकले दिएको रिट निवेदनमा म निवेदक स्थायी राजपत्रांकित तृतीय श्रेणी पदमा ०१८।८।१८ देखि स्थायी नियुक्ति भई द्वितीय श्रेणीमा पदोन्नती गरी ०२५ साल देखि दुर्गम तथा सुमग जिल्लामा गई प्रमुख जिल्ला अधिकारीको हैसितयले पूर्ण इमान्दारी तथा वफादारी साथ सेवा गर्दै आएको थिए यस्तैमा नि.से.नी.परिच्छेद १० को नियम १ (५) अनुसार किन सजाय नगर्ने स्पष्टीकरण पेश गर्नु भन्ने मिति ०३२।४।२३।६को पत्र निवेदकलाई बुझाइयो निवेदकले स्पष्टीकरण पेश गरेको कारवाई चली रहेको थियो सो कारवाई नटुंगीदै निजामती सेवा ऐन, ०१३ को दफा ६को उपदफा (१) को खण्ड (ख) बमोजिम पर्चा खडा गरी श्री ५ को सरकारले ०३२।१०।६को निर्णय अनुसार नि.से.नी.०२१ को नियम १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको भन्ने पत्र निवेदकलाई बझाइयो पुनरावेदन गरेकोमा कानूनबमोजिम नै भएको हुँदा श्री ५ को सरकारको मिति ०३२।१०।६को निर्णय कायमै राखी पुनरावेदन खारेज गर्ने गरी श्री ५ को सरकारबाट ०३३।८।११ मा निर्णय भएको भन्ने सूचना निवेदकलाई बुझाइयो निवेदकलाई नोकरीबाट हटाएको भन्ने पत्रमा निजामती सेवा ऐन, ०१३ को दफा ६को उपदफा (१) को खण्ड (ख) बमोजिम पर्चा खडा गरी भन्ने उल्लेख भएको छ ऐको दफा ६(१) को प्रतिबन्धात्म