निर्णय नं. १४८८ - उत्प्रेष्णको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४८८ - उत्प्रेष्णको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३८/०७/१६ २३६२ निर्णय नं. १४८८ ने.का.प. २०३८ अङ्क ७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३७ सालको रिट नम्बर ११०० आदेश भएको मिति : २०३८।७।१६।१ मा निवेदिका : जिल्ला रौतहट मलेहिया गा.पं. वडा नं. ६ बस्ने मिथिलेशदेवी भूमिहारनी विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय रौतहट गौरका भूमिसुधार अधिकारी विषय : उत्प्रेष्णको आदेश जारी गरिपाउँ (१) विदेशी नागरिक हो भन्ने कुराको विवाद खडा गरेपछि स्वदेशी या विदेशी को हुन तत्सम्बन्धमा अधिकार प्राप्त निकायबाट निर्णय भएपछि मात्र जग्गाको जोताहा वेदखली सम्बन्धमा कारवाही गरी निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नगरी अधिकारक्षेत्र ग्रहण गरी जोत वेदखलीतर्फ मात्र कारवाही गरी विपक्षीलाई मोही ठहराई गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. बासुदेव शर्मा : विपक्षी भूमिसुधार कार्यालयको मिति २०३५।११।२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तगरत मिति २०३७।६।२० मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ । २. संक्षिप्त तथ्य मिथिलेशदेवीका नाम दर्ताको सखुअवा गा.पं. वडा नं. ५ कि.नं. ३२ को जग्गा १।११ मा मेरो मोही कायम रही २०३४ सालको धान बाली कटनी मडनी गरी दाँई गरी घर लैजान ठिक पारेकोमा विपक्षी जग्गाधनी र निजका बाबु सिबाराम पाण्डे समेतले सो धान गाडामा राखी लगेको र रवि बाली देखि मोही वेदाखली समेत गरी दिएकोले भू.सं.ऐन, २०२१ को दफा ३२ १(ख) बमोजिम विपक्षीलाई सजाय गरी विपक्षीले भोगचलन गर्न नदिएसम्म साल सालको हजर्ना रू.२९४८ का दरले विपक्षबाट दिलाई पाउँ र जग्गामा हक दखल गरिपाउँ भन्ने समेत विपक्षी कारिमन मियाँको विपक्षी कार्यालय उजूरी परेको रहेछ । ज.ध.बुझ्दा ०३४ सालको धानबाली निज मोहीले नै लगाई काटी लगेका हुन मैले मोही हटक गरेको छैन भन्ने समेत निवेदकको बयान भएकोमा सर्जमिन बुझ्दा प्रतिवादी मिथिलेशदेवी सियाराम पाण्डे समेत भई लुट गरेको र जग्गाबाट मोही वेदखल गरेको भन्ने सर्जमिनका अधिकांश व्यक्तिले किटान नगरी लेखाई दिएको समेत आधारमा वादी दावी बमोजिमको बिगो रू.२९४७ प्र.बाट वादीलाई भराई मोहीलाई जग्गा कमाउन दिने भनी सम्बन्धित ज.ध.लाई पत्र लेखिएन र मोही वेदखली गरे गराए वापत मिथिलेशदेवीलाई भू.सं.ऐन, २०२१ को दफा ३२(ख) बमोजिम रू.९९९। जरिवाना हुने ठहर्छ भन्ने समेत गरी मिति २०३५।११।२३ मा विपक्षी भूमिसुधार कार्यालयबाट निर्णय भएको रहेछ । सो निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन दर्ता हुन आएको छ । ३. संक्षिप्त जिकिर : विपक्षी गैर नागरिक व्यक्ति हुँदा जग्गामा मोहियानी नलाग्ने भई कुनै आपत्ति नभई कमाउन दिएको थिएँ । निजले ढाँटी जोताहा अस्थायी निस्सा लिएको भए मलाई जानकारी छैन ०३४ सालको कूतमा मैले रौतहट जि.अ.मा नालेस गरेको थिए सो नालेस छल्नलाई उल्टो ०३४ सालको धान बाली लुट्यो जग्गा वेदखली गर्यो भनी म उपर झुठ्ठा व्यहोराको उजूर भू.सं.का.मा गरे मैले वारिस मार्फत प्रतिवादी बयान भयो । विपक्षीले मेरो वारेसलाई विपक्षमा मिलाई लिएकोले मुद्दा सम्बन्धमा मलाई कुनै जानकारी नदिएकोल