निर्णय नं. १४८९ - उत्प्रेषण वा अन्य उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४८९ - उत्प्रेषण वा अन्य उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३८/०७/२३ २१८९ निर्णय नं. १४८९ ने.का.प. २०३८ अङ्क ७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको रिट नं. ११७९ आदेश भएको मिति : ०३८।७।२३।१ मा निवेदक : भ.पु.जि.न.पं. वडा नं. ८ तुलाछे तिबुकछे बस्ने नित्यनारायण कर्माचार्य विरुद्ध विपक्षी : श्री भूमिप्रशासन कार्यालय भक्तपुरको हाल मालपोत कार्यालय विषय : उत्प्रेषण वा अन्य उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) जुन निकायले बन्धकी निखनाई दिने निर्णय गर्छ सोही निकायले सो बनाएको थैली पाउने नपाउने भनी निर्णय गर्नु पर्ने हुन्छ । घर मर्मत गरी बनाएको थैलीको सम्बन्धमा मात्र अरू नै निकायमा उजूर गर्नु भनी निर्णय गर्न मिल्ने देखिँदैन लेनदेन व्यवहारको २४ नं. ले बन्धकी र मर्मत थैलीलाई गभाई एउटै थैली कायम गर्ने व्यवस्था गरेकोले दुवै कुराको दावी भएकोमा एकपटक निर्णय गर्नु पर्ने विषयलाई एउटा कुराको निर्णय गर्न मिल्ने अर्को कुराको निर्णय गर्न नमिल्ने भनी पृथकीकरण गर्न मिल्ने देखिँदैन । दुवै विषयको निर्णय गर्न सक्ने निकाय नै उक्त ऐन अन्तर्गतको मुद्दा निर्णय गर्न समक्ष हुन्छ । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय उल्लिखित मुद्दा :  आदेश न्या. धनेन्द्रबहादुर सिंह : उक्त रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : विपक्षलाई मैले ०१५।१२।५।४ मा रू.२५१२ लिई तत्कालिन रजिष्ट्रेशन अड्डा मार्फत लिखतमा लेखिएका ४ किल्ला भित्रको भ.पु.न.पं.वडा नं. तुलाछे टोलको पक्की झिंगटी छाना भएको घर भोगबन्धकी दिएको थिए । थैली बुझाउन जाँदा बुझी नलिएकोले उक्त रू.यसै साथ राखी निजलाई बुझाई लगत कट्टा गरिपाउँ भन्ने समेत कृष्णलाल नापितको निवेदन परेकोमा विपक्षीको घर जिर्ण भएको हुँदा निजलाई घर बनाई देउ भन्दा नबनाई दिएकोले टोल छिमेकीका संधियार भलादमी राखी रू.१६४०। खर्च गरी बनाएकोले सो रकम समेत थैलीमा गाभी बुझाउन ल्याएकोले बुझ्न मञ्जूर छैन भन्ने नित्यनारायण कर्माचार्य भएकोमा मुलुकी ऐन लेनदेन व्यवहारको २४ नं. अनुसार गरेको देखिन नआएबाट साहुले आसामीलाई हैरानी दिई थैली नबुझेको ठहर्छ भन्ने समेत भूमिप्रशासन कार्यालय भक्तपुरको निर्णय मर्मत खर्च समेत दिलाई निखन्न पाउने गरी निर्णय पाउँ भन्ने समेत पुनरावेदन परेकोमा मुख मिलेकोले निखनाई पाउने ठहर्छ मर्मत खर्च तर्फ अदालतमा जानु भन्ने समेत जिल्ला कार्यालय भक्तपुरको पुनरावेदन फैसला र न्या. प्र.सु.ऐन, २०३१ को दफा १३ को उपदफा (३) अनुसार पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश । ३. रिट निवेदन जिकिर यस प्रकार छ : ०१६।१२।१५ को मुचुल्कालाई मान्यता दिन नमिल्ने भनी आफैंले प्रमाणको मूल्यांकन गरी जिल्ला कार्यालयले निखन्न दिने भन्न रजिष्ट्रेशनको ३५ नं. विपरीत अनाधिकृत निर्णय गरेको छ आसामी र साहुको मुख नमिले पछि अ.बं.१८४ क.को अनुसार मुख नमिलेको कुरामा सबूत प्रमाण बुझी न्यायिक निर्णय गर्नु पर्ने हुन आउँछ त्यस्तोमा आफैंले हेरी निर्णय गर्नु अ.बं.१८४ क.को विपरीत छ । कानून व्यवस्था सम्बन्धी ऐनको दफा ४ को विपरीत प्रत्यक्ष कानूनी बुटिपूर्ण छ । तत्काल प