निर्णय नं. १४९० - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४९० - हक सफा भाग: २३ साल: २०३८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३८/०८/०५ ३८२१ निर्णय नं. १४९० ने.का.प. २०३८ अङ्क ८ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राण माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३६ सालको दे.फु.नं. ४० फैसला भएको मिति : २०३८।८।५ मा निवेदक : जिल्ला कपिलवस्तु गा.पं.सिद्धिपुर वार्ड नं. ८ बस्ने पिताम्बर भुसाल विरुद्ध वादी : ऐ.ऐ. बस्ने कृष्णराज उपाध्याय मुद्दा : हक सफा (१) लेनदेन व्यवहारको १६ नं. मा प्रयोग भएको थैली कस्तोलाई सम्झिने हो भन्नको लागि निखनी लिने सम्बन्धमा थैलीको प्रयोग भएको लेनदेन व्यवहारको १६,१७ नं. र रजिष्ट्रेशनको महलको ३५ नं. लाई समेत दृष्टिगत गर्दा थैलीको प्रयोग विभिन्न रूपमा भएको नदेखिई थैलीको तात्पर्य बेचे किनेको लिखतमा उल्लेख भएको थैलीलाई मानेको र खण्डे थैलीको व्यवस्था समेत नगरेको कानूनको बनावट देखिँदा थैली भन्नाले लेनदेन व्यवहारको १६ नं. मा उल्लेख भएको “थैली” नै किने बेचेको लिखतमा लेखिएको थैली सम्झनु पर्ने स्थिति छ । (प्रकरण नं. १२) (२) लेनदेन व्यवहारको १६ नं. को प्रथम वाक्यांशमा उक्त वाक्यांशले थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नुपर्ने कानूनी बन्देज गरेको पाइन्छ । थैली थाहा हुँदाहुँदै जालसाजी मुद्दाबाट थैलीमा विवाद उठाई थैली धरौट राख्न नपर्ने छुट वादीलाई उक्त वाक्यांशले प्रदान गरेको नपाइने । (प्रकरण नं. १३) (३) ऐनको व्याख्या गर्दा भाषा प्रष्ट (Letter of Law Clear) छ भने त्यसको सरल र स्वभाविक अर्थ जे निस्कन्छ सोही अर्थ गर्नुपर्ने हुनआउँछ । दुविधा नपर्ने किसिमसँग शब्दको प्रयोग भएको छ भने ति शब्दहरूले विद्यायिकाको मनसाय सबभन्दा राम्ररी व्यक्त गरेको सम्झनु पर्दछ । लेनदेन व्यवहारको १६ नं. मा थैली थाहा भएको र थैली थाहा नभएको दुई (२) अवस्थालाई दुई (२) स्वतन्त्र रूपमा विभाजन गरेको पाइन्छ । थैली थाहा भएको अवस्थामा लेनदेन व्यवहारको १६ नं. को दोश्रो वाक्यांश अर्थात थैली थाहा नभएको अवस्थामा भएको व्यवस्था आकृष्ट हुनसक्ने स्थित छैन । थैली थाहा भएकोमा थैली धरौट राख्नुपर्ने बाहेक अन्य विकल्प लेनदेन व्यवहारको १६ नं. ले गरेको पाइन्न । (प्रकरण नं. १५) (४) बेचे किनेको थैली बढी देखाई वास्तवमा कम रुपैयाँ लिनुदिनु गरी जालसाजी क्रिया हुन नसक्ने होइन । तर जालसाज क्रिया बेग्लै फौजदारी अपराध हो र त्यसको परिणाम बेग्लै हुने अवस्था छ, त्यस्तो जालसाजी क्रिया भएको गरेको अवस्थामा थैली थाहा पाएकोमा थैली धरौट राख्नु पर्दैन भनी लेनदेन व्यवहारको १६ नं. ले व्यवस्था गरेको पाइ“दैन । यस प्रकार जालसाजी मुद्दालाई लेनदेन व्यवहारको १६ नं. निखनाई पाउँ भन्ने मुद्दासँग गास्ने अवस्था छैन । (प्रकरण नं. १६) निवेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लिखित मुद्दा :  आदेश न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालतका प्रधान न्यायाधीश लगायतका सबै न्यायाधीशहरूको वृहत् फुल बेञ्चबाट २०३३।७।२०।६ मा भएको