निर्णय नं. १४९१ - चेक कीर्ते गरी रुपैयाँ“ झिकी खायो भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४९१ - चेक कीर्ते गरी रुपैयाँ“ झिकी खायो भन्ने भाग: २३ साल: २०३८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३८/०८/२६ २७२६ निर्णय नं. १४९१ ने.का.प. २०३८ अङ्क ८ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको फौ.फु.नं. ७ फैसला भएको मिति : २०३८।८।२६ मा निवेदक : श्री ५ को सरकार (विशेष प्रहरी विभाग) विरुद्ध विपक्षी : का.जि.ठमेल १५।१०७ बस्ने केशवप्रसाद घिमिरे मुद्दा : चेक कीर्ते गरी रुपैयाँ“ झिकी खायो भन्ने (१) विशेषज्ञलाई झिकाई निजले गरेको बकपत्र हेर्दा निज विशेषज्ञले सो कुरा मिले भिडेको छ भनी जुन बकपत्रमा भन्नु भएको छ सो हेर्दा चेकमा लेखिएको मिति ०२९।११।२२।२ का वाक्यांशहरू मध्ये सो वाक्यांशमा प्रयोग भएको कुनै शब्दको लिपि र स्र्टाेक मिलेको भनी बकपत्र गर्नुभएको पाइन्छ उक्त वाक्यांशमा प्रयोग भएका सबै शब्दहरू नमिली कुनै शब्द समान भएको नाताबाट मात्र सम्पूर्ण लेखाई मिलेको भन्ने स्थितिमा पुग्ने अवस्था पर्दैन विशेषज्ञले आफ्नो बकपत्रमा र प्रतिवेदनमा समेत हस्ता मिलेको भरपर्दो आधार खोली दिनसकेको समेत नदेखिँदा त्यत्तिकै आधारबाट चेक कीर्ते गरेको भन्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १२) निवेदक वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी विपक्षीप्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री पद्मराज काफ्ले फैसला न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक वादी वि.प्र.वि.ले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : विफर उन्मुलन आयोजना केन्द्रीय कार्यालयका तत्कालिन मुखिया केशवप्रसाद घिमिरेले कार्यालयको नं. ५५२१४६ को खाली चेकमा खाता सञ्चालन गर्ने वेनीबहादुर, रामचन्द्रको कृतिम सही गरी गराई कृष्णप्रसाद श्रेष्ठको नामबाट कृतिम चेक तयार गरी नेपाल राष्ट्र बैंकबाट रू.१५२८ आफैंले भुक्तानी लिई खाइमासेका रहेछन् । विशेषज्ञको रायबाट चेकमा लेखिएको मिति अंक र लिपिहरू निज केवशप्रसादकै भएको कारणबाट निजउपर भ्र.नि.ऐन, २०१७ को दफा ७(१) र दफा २९ अन्तर्गत कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोपपत्र । ३. ततिम्बा सहितको २०३०।१।२२ को बयान देखाएको हेरें देखेँ, बयान गराउँदा मेरो हस्ताक्षरबाट जवाफ लेखेको हो । ततिम्बा गराउँदा पिटेर जवरजस्ती लेखिएबमोजिम भनी लेखिएकोले सावित भई हस्ताक्षरले लेखिएको हो । मैले कीर्ते गरी रुपैयाँ बैंकबाट झिकी लिए खाएको होइन कसले रुपैयाँ झिके थाहा छैन । विशेषज्ञले मेरो हस्ताक्षरसँग मिल्छ भनी किन राय दिए थाहा छैन भन्ने समेत केशवप्रसादले अदालतमा गरेको बयान । ४. कृतिम दस्तखतबाट वदनियत चिताई निज प्र.केशवप्रसादले बैंकबाट रुपैयाँ झिकी खाई आफूलाई गैरकानूनी फाइदा विफर उन्मुलन कार्यालयलाई हानी पुर्‍याएको ठहर्छ भन्ने समेत बागमती विशेष अदालतको ०३३।३।७।१ को फैसला । ५. वादी दावी बमोजिम चेक कीर्ते गरी बैंकबाट रुपैयाँ झिकी लिए खाएमा प्रतिवादी केशवप्रसादले विशेष प्रहरीमा बयान गर्दा सावित भई बयानको जवाफ आफैंले लेखेमा साविती र अदालतमा बयान गर्दा भने कुटपिट गरी