निर्णय नं. १४९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३८/१०/०२ २३३१ निर्णय नं. १४९२ ने.का.प. २०३८ अङ्क ८ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको रि.फु.नं. ५१ आदेश भएको मिति : २०३८।१०।२ मा निवेदक : जि.सुनसरी भोक्राहा गा.पं. वडा नं. ८ बस्ने महादेव महतोकोइरी विरूद्ध विपक्षी : जि.सुनसरी वविया गा.पं.वार्ड ४ बस्ने भगीयादेवी कोइरीन विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अंश भागमा परी चलन पाइसकेको जग्गामा विपक्षीको भूस्वामित्व नै रहने भएन त्यस्तो भूस्वामित्व नै नरहेको विपक्षीले कबुलीयत गरी मोहियानीमा कमाउन दिएको कायम हुनसक्ने पनि देखिँदैन, यस्को अतिरिक्त ३२ सालमा जग्गाधनी भनेकोले कबुलीयत गरी जग्गा मोहियानीमा कमाउन दिएको भनी गरेको कबुलीयतको दुवैको सहिछाप परेको १ प्रति कबुलीयत भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम स्थानीय पञ्चायतमा जग्गाधनीबाट दाखिल भएको भन्ने देखिन आएको छैन, यस स्थितिमा उक्त दफा ३४ को कार्य पुरा नभएको जग्गा कमाउन दिएको भनेको कबुलीयतको कानूनी मान्यता दिन मिल्ने पनि देखिँदैन त्यस्तो कानूनी मान्यता दिन नमिल्ने कबुलीयतको आधारमा मोही कायम हुनसक्ने पनि नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक महादेव महतो कोइरी समेतले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : तोफी कोइरीको नाउँमा दर्ता भएको निजको हकवाला भगीया कोइरीनको जग्गा वविया गा.पं.वार्ड नं. ४ क.को कि.नं. ६० जग्गा मध्ये ०–५–० समेत १–०–० मोही भई कमाई आएको जग्गाको मोही कायम गरिपाउँ भन्ने समेत रामकृष्ण यादवको निवेदन परेकोमा जग्गाधनीले पनि दावी गरे बमोजिमको जग्गाको मोहियानी दिएमा मञ्जूर छ भनी मञ्जूरनामा समेत दिएको वविया गा.पं.वार्ड नं. ४क.को कि.नं. ६० मध्ये ०–१५–० कि.नं. ९ मध्ये ०–५–० समेत १–०–० को २ नं. अनुसूची प्रकाशित गर्दा समेत उजूर नपर्दा रामकृष्णलाई मोही कायम गरी मोहीया हकको स्थायी प्रमाणपूर्जा दिन मनासिव देखी पेश गरेको छु भन्ने टिप्पणींमा सदर गरी ०३५।५।२१ मा जि.भू.सु.कार्यालय सुनसरीबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक महादेव महतो कोइरी समेतले दिएको रिट निवेदनपत्रमा अंश मुद्दा अन्तिम निर्णय भई जि.सुनसरी वविया गा.पं.वार्ड नं. ४(क) कि.नं. ९ को मध्ये ०–१३–६ कि.नं. ३७ मध्ये ०–१५–१६ कि.नं. ६० को मध्ये २–१४–१२ समेत ४–३–१४ अदालतबाट चलन चलाई पाई दा.खा.भई ज.ध.पूर्जा समेत पाएका छौ अंश मुद्दाको विपक्षी भगीया कोइरीनले अंश चलन भइसकेपछि विपक्षी रामकृष्ण यादवलाई वेरीतको कबुलीयत र भर्पाई समेत कीर्ते गरी दिएका छन् उक्त अनधिकृत व्यक्तिले खडा गरेको प्रमाण लिई मोही हक कायम गरिपाउँ भनी विपक्षी रामकृष्णले निवेदन दिएको र भू.सु.का.बाट टिप्पणीं सदर गरी मोहियानीको स्थायी प्रमाणपूर्जा समेत दिएको रहेछ । विपक्षी भगीया कोइरीनले जग्गाजोत्