निर्णय नं. १४९३ - गैरकानूनी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४९३ - गैरकानूनी भाग: २३ साल: २०३८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३८/०४/०८ २६२७ निर्णय नं. १४९३ ने.का.प. २०३८ अङ्क ८ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३६ सालको फौ.पु.नं. १८४ फैसला भएको मिति : २०३८।४।८ मा पुनरावेदक : काठमाडौं जिल्ला का.न.पं.वडा नं. ९ अन्तर्गत बत्तिसपुतली बस्ने द्वारिकादास श्रेष्ठ विरुद्ध वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग) मुद्दा : गैरकानूनी (१) लगतबमोजिम मुआब्जा पाउने व्यक्तिले पाएको छैन भन्ने यो उजूरी नभएको भू–आर्जन कार्यालयले पठाएको लगतबमोजिम पाउने रुपैयाँको बैंकको चेकमा सहिछाप गर्ने कर्तव्य तोकिएको अफिसर यी प्रतिवादीहरू देखिन्छन् लियो खायो भन्ने यिनीहरू उपरको उजूरी नभई गुठी उपरको मुआब्जाको रुपैयाँ महत पुरुषोत्तम दासलाई दिएको भन्ने आरोप लागेकोमा भू–आर्जनको लगतलाई चेक गर्ने, बिना उजूरको निर्णय गर्ने अधिकार नभएको व्यक्तिले त्यो काम गरेन भनी दोष लगाउन हुँदैन तसर्थ पुनरावेदक प्रतिवादीलाई जरिवाना गर्ने गरेको बागमती विशेष अदालतको सदर गरेको क्षेत्रीय अदालतको फैसला मनासिव भएन । पुनरावेदकलाई जुन कसूरमा जरिवाना लागेको हो, त्यो जरिवाना नलाग्ने ठहर भएपछि त्यसै सरहको से.अ.लिलाप्रसादलाई पनि अ.बं.२०५ नं. ले सजाय नलाग्ने हुनाले निजसँग लिने गरेको जरिवाना पनि लाग्ने भएन । (प्रकरण नं. १३ र १४) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा फैसला न्या. हेरम्बराज : प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयउपर पुनरावेदन गर्ने अनुमति पाउभनी प्र.द्वारिकादास श्रेष्ठले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भए निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाका विवरण यस प्रकार छ : महन्त पुरुषोत्तम दासले जुन जग्गाको मुआब्जा पाए, उक्त जग्गा मौडीया त्रिखण्डी मठ्को जग्गा हो भन्ने कुरालाई निजले स्वीकार गर्नुका अतिरिक्त मठको जमीनदारी भएबाट नै मैडिया तथा पत्थरी मौजालाई मौडिया त्रिखण्डी तथा पत्थरी त्रिखण्डी भन्ने संज्ञा दिइएको देखिन्छ । त्रिखण्डी भन्नुको तात्पर्य जमीनदारीबाट आएको सम्पूर्ण आयस्तालाई तीन भाग लगाउने एक भाग श्री ५ को सरकारलाई राजस्वको रूपमा बुझाउने एक भागबाट मठको पुजाआजा चलाउने र एकभाग महन्तले पाउने भएको कारणले नै मौजाको नाम त्रिखण्डी रहन गएको र सो मठको महन्तको हैसियतले मठको सम्पत्तिको जिम्मेदारी महन्त पुरषोत्तम दासको भएको निर्विवाद छ । निजले मुआब्जा लिएको जग्गा आफ्नो नाउँमा दर्ता भएकोले नै पाउने हुनाले लिएको हुँ भनेका छन् र दुई नम्बर फाराम र पटवारीको लगत समेत सो जग्गाबाट आफ्नो नाउँमा दर्ता भएको प्रमाणसमेत पेश गरेका छन् तर अघि बालकृष्ण दास तथा बलभद्र दासका बीचका मठ सम्बन्धी विषयलाई लिएर चलेको मुद्दाहरूमा भएको फैसला र मठको सम्बन्धमा पटक–पटक भएका खड्गनिशाना सबूत समेतबाट मैडिया त्रिखण्डी मठ सरकारी मठ हो भन्ने कुरा प्रशासकीय रेखदेख श्री ५ को सरकार गुठी बन्दोबस्तबाट गरिएको र पुरुषोत्तम दासले हनुमाननगर मालबाट महन्त्याई बहाली पूर्जि लिएकोबाट श्री ५ को सरकारको अधिनस्थ हो, महत्याई बहाली पाउँदाको अवस्थामा निजको नाममा दर्ता भएको मैडिया तथा पत्थरी मौजाको जमीन निजको पिता महन्त बलभद्र दासका नाउँमा दर्ता भएको र बलभद्र दास मरी पुरुषोतम दासले महन्त्या