निर्णय नं. १४९४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४९४ - उत्प्रेषण भाग: २३ साल: २०३८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३८/०७/०६ २२८८ निर्णय नं. १४९४ ने.का.प. २०३८ अङ्क ८ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको रिट नं. १२६१ आदेश भएको मिति : २०३८।७।६ मा निवेदक तर्फबाट : ल.पु.जिल्ला चापा गा.पं.वार्ड नं. ७ मुडडोल बस्ने ओमप्रसाद दुलाल विरुद्ध विपक्षी तर्फबाट : श्री प्र.जि.अ.जिल्ला कार्यालय ललितपुर, श्री भूमिप्रशासक भूमिप्रशासन कार्यालयको हाल भूमिसुधार कार्यालय ललितपुर, ललितपुर जिल्ला ठेचो गाउँ परिषद् वार्ड नं. १ मालीगाउँ बस्ने चक्रबहादुर ज्यापु विषय : उत्प्रेषण (१) रजिष्ट्रेशनको ३५ नं. को देहाय २ बमोजिम नालेस गर्नु भनी सुनाउनु पर्नेमा भू.प्र.का.ललितपुरले त्यसरी नसुनाई आफैं अधिकार ग्रहण गरी सन्धिसर्पन पर्ने ठहराई निखनाई दिने ठहराई गरेको निर्णयलाई प्र.जि.अ.ललितपुरले सदर गरेको निर्णय अधिकारक्षेत्र बाहिर भई अधिकार क्षेत्रात्मक त्रुटि देखिनाले भू.प्र.का.को र प्र.जि.अ.ललितपुरको दुवै निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री केदारनाथ विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल उल्लिखित मुद्दा :  आदेश न्या. त्रिलोकप्रताप राणा : विपक्षी भूमिप्रशासकको ०३४।४।६ को र प्रमुख जिल्ला अधिकारीको ०३७।७।२९ को निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा रिट निवेदन पर्न आएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : ल.पु.जि.चापागाउँ पञ्चायत वार्ड ७ बस्ने मिश्रीदेवी र भक्तबहादुर तामाङ समेत २ जनाले निजहरूको नाउँमा जि.का.ल.पु.मा सगोल दर्ता भएको ल.पु.जि.चापागाउँ पञ्चायत वडा नं. (ख) कि.नं. २५ को क्षेत्रफल १४–२–० मध्ये ७–१–० कि.नं. २६ को ५–२–० मध्ये २–९–० र कि.नं. ३० को ६–१–० मध्ये ३–०–२ जग्गा उत्तर तर्फबाट विपक्षी शान्तप्रसाद न्यौपानेलाई यसै कार्यालय मार्फत मिति ०३३।२।२५।२ मा र द.नं. १९४९ बाट रू. ६५० मा र दक्षिणतर्फबाट विपक्षको ओमप्रसाद दुलाललाई र द.नं. १९५० बाट रू.६५००। मा गरी जम्मा रू.१३,०००। मा कित्ताकाट गर्ने गरी राजीनामा पास गरिएको जग्गा म चक्रबहादुरको नाममा यसै कार्यालयमा दर्ता भएको ७ (ख) कि.नं. २३ को पा.आ.२०–१२–२ जग्गा भएको र सो कुरा र द.नं. १९५० को राजीनामा लिखतमा दक्षिण कि.नं. २३ को जग्गा भनी स्पष्ट गरी लेख्नु भएको छ । उल्लिखित कि.नं. २५,२६ र ३० समेत ३ कित्ता जग्गाहरू एकै चकला परेको जग्गा छ सो कुरा नक्साबाट छर्लङ्ग देखिन्छ । मलाई साह्रै सन्धिसर्पन पर्ने भएकोले लेनदेन व्यवहारको ११ नं. बमोजिम ऐनका म्यादभित्र जग्गा राजीनामा गर्नेहरूका हकवालाले निखनी नलिएमा सो १२ नं. बमोजिम मैले निखनी लिन पाउने भएकोले सन्धिसर्पन निखनाई पाउँ भनी भु.प्र.का.ल.पु.मा ०३३।१०।२७ मा चक्रबहादुर ज्यापुले रू.१३,०००। धरौट राखी निवेदन दिएको रहेछ । ३. उल्लिखित कित्ता मध्ये दक्षिणतर्फका जग्गाहरू राजीनामा गरी लिएको हुँ दक्षिण देखि उत्तरतर्फको जग्गा आधा जग्गा शान्तप्रसादले लिएको सन्धिसर्पनको नाताबाट निखनी पाउँ भनी चक्रबहादुरले म शान्तप्रसाद २ जनाउपर एउटै निवेदन दिई दावी लिनु भएको अ.बं.७२ नं. ले जतिसुकै कुरा लेखी ल्याएको भए पनि एउटै उजूरी लिन नहुने, निखनाई दिन मञ्जूर छैन भन्ने समेत व्यहोराको ०३३।१२।